#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व410224881128899927457330619016
नेपाल1391297654175596609
file photo
काठमाडौं ।उपभोक्ताको भान्सामा धेरै खपत हुने अधिकांश हरियो तरकारीको मूल्य प्रतिकिलो १ सय रुपैयाँमाथि पुगेको छ । लकडाउन खुकुलो भएर ढुवानी सहज भए पनि मागको तुलनामा आपूर्ति २५ देखि ३० प्रतिशत कम भइरहेको तरकारीको मूल्य वृद्धि भएको व्यवसायीहरू बताउँछन् । ११ चैतदेखिको निरन्तर लकडाउनले आम्दानी खुम्चेका वेला भान्सा महँगो हुँदा उपभोक्ता मारमा परेका छन् ।दैनिक औसतमा ७–८ सय टन तरकारी आउने कालीमाटी फलफूल तथा तरकारी बजारमा निषेधाज्ञा यता ५ सयदेखि ५ सय ५० टनसम्म मात्र आपूर्ति भइरहेको तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए । ‘अहिले नेपाली किसानले सबै तरकारी उत्पादन घटाएका छन्, आपूर्ति नै करिब २ सय टनका दरले घटेका कारण मूल्यमा चाप परेको हो,’ उनले भने । ललितपुर भैँसेपाटीकी गृहिणी उर्मिला महर्जनले शनिबार साँझ घर नजिकैको चोकमा तरकारीको भाउ सुन्दा अतालिएको बताइन् । उनी भन्छिन्, ‘मुला, स्कुस जस्ता तरकारीको भाउ पनि १ सय रुपैयाँ भन्छन् । कमाइ कम भएका वेला यस्तो महँगी भएपछि कति दिन धान्न सकिएला ?’सरकारी निकायले भने तरकारी बजारमा अनुगमन तीव्र पारिएको र दोषी व्यवसायीलाई कारबाही गरिरहेको जनाएको छ । अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उपभोक्तालाई असहज हुने गरी भएका व्यापारिक क्रियाकलापमा अनुगमन केन्द्रित गरिएको बताए । उनले आलु, प्याज लुकाउने, बढी मूल्य असुल्ने व्यवसायीलाई कारबाही थालिएको बताए ।लकडाउन लगत्तै उत्पादनमा गिरावटकोरोना भाइरस नियन्त्रणका लागि ११ चैतदेखि सरकारले लकडाउन गर्दा धेरै किसानको उत्पादन बारीमै सड्यो, कतिपय किसानले लागत मूल्यभन्दा पनि सस्तोमा बिक्री गर्न बाध्य भए । चैत र वैशाखमा किसानले उचित मूल्य नपाएको र निरन्तर लकडाउन जारी भएपछि तरकारी नै लगाउन नसकेको व्यवसायीको भनाइ छ । ‘काउली, गोलभेँडा जस्ता धेरै खपत हुने तरकारीको त बिउ नै आयात हुन सकेन र किसानले लगाउन पाएनन्,’ घिमिरेले भने, ‘यहाँ उपलब्ध बिउबाट पनि धेरै किसानले खपत नहुने र मूल्य घट्ने त्रासका कारण खासै तरकारी लगाएनन् ।’ उनका अनुसार अहिले ३०–३५ प्रतिशत तरकारी उत्पादनमा गिरावट आएको छ ।उपत्यकाको गोलभेँडा तराई जान थाल्योअहिले उपत्यकामा गोलभेँडाको चरम अभाव भएपछि मूल्य उकालो लाग्न थालेको छ । शनिबार ललितपुरको भैँसेपाटीको खोकना दोबाटोस्थित ठेलागाडा व्यापारीले गोलभेँडा १ सय ५० रुपैयाँ प्रतिकिलोमा बिक्री गरेका छन् । व्यवसायीका अनुसार काठमाडौंमा नै आपूर्ति कम भइरहेका वेला उपत्यकाआसपासबाट गोलभेँडा तराई जान थालेको छ ।‘नेपाली किसानले गोलभेँडा धेरै फलाएको पाएपछि कृषि मन्त्रालय र अन्य सरकारी कर्मचारीसँगको समन्वयमा भारतबाट गोलभेँडा आयात नगर्ने भनियो,’ घिमिरेले भने, ‘त्यसैले भदौको केही समय गोलभेँडा भारतबाट खासै आएन । तर, यहाँ पनि उत्पादन बढ्न सकेन ।’नयाँ पत्रिकाबाट

उपत्यकामा अधिकांश तरकारीको मूल्य प्रतिकिलो १ सय रुपैयाँमाथि

file photo

काठमाडौं ।

उपभोक्ताको भान्सामा धेरै खपत हुने अधिकांश हरियो तरकारीको मूल्य प्रतिकिलो १ सय रुपैयाँमाथि पुगेको छ । लकडाउन खुकुलो भएर ढुवानी सहज भए पनि मागको तुलनामा आपूर्ति २५ देखि ३० प्रतिशत कम भइरहेको तरकारीको मूल्य वृद्धि भएको व्यवसायीहरू बताउँछन् । ११ चैतदेखिको निरन्तर लकडाउनले आम्दानी खुम्चेका वेला भान्सा महँगो हुँदा उपभोक्ता मारमा परेका छन् ।

दैनिक औसतमा ७–८ सय टन तरकारी आउने कालीमाटी फलफूल तथा तरकारी बजारमा निषेधाज्ञा यता ५ सयदेखि ५ सय ५० टनसम्म मात्र आपूर्ति भइरहेको तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए । ‘अहिले नेपाली किसानले सबै तरकारी उत्पादन घटाएका छन्, आपूर्ति नै करिब २ सय टनका दरले घटेका कारण मूल्यमा चाप परेको हो,’ उनले भने । ललितपुर भैँसेपाटीकी गृहिणी उर्मिला महर्जनले शनिबार साँझ घर नजिकैको चोकमा तरकारीको भाउ सुन्दा अतालिएको बताइन् । उनी भन्छिन्, ‘मुला, स्कुस जस्ता तरकारीको भाउ पनि १ सय रुपैयाँ भन्छन् । कमाइ कम भएका वेला यस्तो महँगी भएपछि कति दिन धान्न सकिएला ?’

सरकारी निकायले भने तरकारी बजारमा अनुगमन तीव्र पारिएको र दोषी व्यवसायीलाई कारबाही गरिरहेको जनाएको छ । अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उपभोक्तालाई असहज हुने गरी भएका व्यापारिक क्रियाकलापमा अनुगमन केन्द्रित गरिएको बताए । उनले आलु, प्याज लुकाउने, बढी मूल्य असुल्ने व्यवसायीलाई कारबाही थालिएको बताए ।

लकडाउन लगत्तै उत्पादनमा गिरावट

कोरोना भाइरस नियन्त्रणका लागि ११ चैतदेखि सरकारले लकडाउन गर्दा धेरै किसानको उत्पादन बारीमै सड्यो, कतिपय किसानले लागत मूल्यभन्दा पनि सस्तोमा बिक्री गर्न बाध्य भए । चैत र वैशाखमा किसानले उचित मूल्य नपाएको र निरन्तर लकडाउन जारी भएपछि तरकारी नै लगाउन नसकेको व्यवसायीको भनाइ छ । ‘काउली, गोलभेँडा जस्ता धेरै खपत हुने तरकारीको त बिउ नै आयात हुन सकेन र किसानले लगाउन पाएनन्,’ घिमिरेले भने, ‘यहाँ उपलब्ध बिउबाट पनि धेरै किसानले खपत नहुने र मूल्य घट्ने त्रासका कारण खासै तरकारी लगाएनन् ।’ उनका अनुसार अहिले ३०–३५ प्रतिशत तरकारी उत्पादनमा गिरावट आएको छ ।

उपत्यकाको गोलभेँडा तराई जान थाल्यो

अहिले उपत्यकामा गोलभेँडाको चरम अभाव भएपछि मूल्य उकालो लाग्न थालेको छ । शनिबार ललितपुरको भैँसेपाटीको खोकना दोबाटोस्थित ठेलागाडा व्यापारीले गोलभेँडा १ सय ५० रुपैयाँ प्रतिकिलोमा बिक्री गरेका छन् । व्यवसायीका अनुसार काठमाडौंमा नै आपूर्ति कम भइरहेका वेला उपत्यकाआसपासबाट गोलभेँडा तराई जान थालेको छ ।

‘नेपाली किसानले गोलभेँडा धेरै फलाएको पाएपछि कृषि मन्त्रालय र अन्य सरकारी कर्मचारीसँगको समन्वयमा भारतबाट गोलभेँडा आयात नगर्ने भनियो,’ घिमिरेले भने, ‘त्यसैले भदौको केही समय गोलभेँडा भारतबाट खासै आएन । तर, यहाँ पनि उत्पादन बढ्न सकेन ।’नयाँ पत्रिकाबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार