#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4381719411651051045179532200294
नेपाल15983086243293115675
फाइल फोटो
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।गत २ असोजमा कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि पहिलो पटक पेरिसडाँडामा बैठक बोलाइएको हो ।गत २६ भदौमा बसेको स्थायी समिति बैठकका निर्णयहरू कार्यान्वयनबारे सचिवालय बैठकमा छलफल हुने र सरकारका कामकारवाहीबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।आजकाे सचिवालयमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने, सांगठनिक एकीकरणको बाँकी काम पूरा गर्ने र संवैधानिक निकायहरूमा राजनीतिक नियुक्ति गर्ने लगायतका विषयमा छलफल हुने बताइएकाे छ ।

आज नेकपा सचिवालय बैठक बस्दै

फाइल फोटो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

गत २ असोजमा कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि पहिलो पटक पेरिसडाँडामा बैठक बोलाइएको हो ।

गत २६ भदौमा बसेको स्थायी समिति बैठकका निर्णयहरू कार्यान्वयनबारे सचिवालय बैठकमा छलफल हुने र सरकारका कामकारवाहीबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

आजकाे सचिवालयमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने, सांगठनिक एकीकरणको बाँकी काम पूरा गर्ने र संवैधानिक निकायहरूमा राजनीतिक नियुक्ति गर्ने लगायतका विषयमा छलफल हुने बताइएकाे छ ।

सम्बन्धित समाचारहरु