#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4611996711967881154452933378650
नेपाल17074393738584131222
दोहा कतार ।लगभग एक वर्ष पहिले कतारको कर्नेसमा भएको धकेला धकेलको एउटा भिडियो त्यो समय सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । भिडियोमा सामाजिक अभियन्ता सागर नेपालले मनोरञ्जनका नाममा केही नेपालीहरूले गरेको गलत गतिविधिविरुद्ध गएर सम्झाई बुझाई गर्दा हातपात हुनुका साथै मुक्कामुक्की समेत भएको देखिएको थियो । दोहामा सागर नेपालको उक्त कार्यको सराहना र आलोचना दुवै भयो । सामाजिक सञ्जालका ईनवक्सहरुमा निकै शेयर भयो त्यो विवादको क्लिप ।त्यसको केही समय लगत्तै एक होटेलमा सोही विषयमा सूचना दिन तथा कतारका सङ्घ संस्थाका साझा धारणा बनाउन गैर आवासीय नेपाली सङ्घ कतारको समन्वयमा औपचारिक छलफल कार्यक्रम आयोजना गरियो । कार्यक्रमले केही निचोड निकाल्यो र केही समयलाई उक्त भिड नियन्त्रण गर्न सफल पनि भयो । त्यहाँका अराजक गतिविधि नियन्त्रण गर्न कतारको सामुदायिक प्रहरीको सहयोगमा केही समय रोकिए पनि पूर्ण रूपमा हुलदङ्गा नियन्त्रण हुन सकेन । नेपालीलाई कसले रोक्ने ? आखिर गोर्खे पावर देखाउन पुनः सुरु गरी हाले ।कतार अहिले कोरोनासँग चरम बिन्दुबाट नियन्त्रणको अन्तिम बिन्दुतर्फ लडिरहेको छ । लकडाउनदेखि हरेक सुरक्षाको मापदण्ड अपनाउँदै सेप्टेम्बर एकदेखि केही प्रतिबन्धहरू खुकुलो बनाएको छ कतारले । प्रतिबन्ध हट्न नपाउँदै नेपालीहरूको ‘कर्नेस मोह’ ह्वात्तै बढ्यो । न कोरोनाको डर छ, न कतारको ४५-४८ डिग्रीको घामले नै पोल्छ नेपालीलाई । कहीँ कतै कोरोनाको न्यूनतम सुरक्षा पनि अपनाइएको पाईंदैन । मुखमा मास्क समेत लगाउँदैनन् भने छाडापनको पराकाष्ठा देखिन्छ कर्नेसमा ।हुन त कर्नेस धेरै गुनिलो पनि छ । कतिपय युवायुवती त्यहीँ टिकटक खिचेरै स्टार बनेका छन् भने कतिले विविध सामाग्री बेचेर गुजारा चलाउने पैसा समेत कमाएका छन् । कर्नेसले कहिल्यै कसैलाई भेदभाव गरेन, सधैं आकर्षित गर्‍यो तर कर्नेसको स्वतन्त्रताको दुरुपयोग गर्दै सुन्दर कर्नेसलाई नेपालीहरुले कुरूप बनाइरहे ।हप्ता दिनमा हुने कामको थकान मेट्न तथा केही मनोरञ्जन गर्न कर्नेस पुग्ने गर्छन् युवायुवती । पर्यटकीय आकर्षणको केन्द्र पनि हो यो ठाँउ । क्षितिजबाट अस्ताउँदै गरेको सूर्य, पारिपट्टि अग्ला अग्ला घर, लस्करै पार्किङ गरिएका आकर्षक डुङ्गाहरू, चर्को स्वरमा बज्ने नेपाली हिन्दी गीतहरू उक्त स्थानमा युवायुवती तथा पर्यटकलाई लोभ्याउने मुख्य स्रोत हुन् ।किनारैमा रहेको हरियो दुवो र चर्को घामलाई छेकेर ओझेल पार्दिने खजुरका रुख । यही मुनि नेपालीहरूको हाट बजार लाग्छ । कतिले त कर्नेसलाई नेपालीको ठमेल नामकरण गरेका छन् । ठमेल यसकारण पनि भनेका हुन् कि यहाँ नपाउने कुनै बस्तु हुँदैन । चटपट, पानीपुरी, मम, चाउमिन, सेल रोटी, अचार, टिम्मुर हालेको चटनी, सुकुटी र पानीको बोतलमा अवैधानिक झम्के झोल । यी बेच्न बस्ने अधिकांश युवतीहरू हुन्छन् भने तिनका ग्राहक तिनै डुङ्गामा थकान मेटन नाच्न जाने युवायुवतीहरु ।बङ्गाली डुङ्गा मालिकहरू धेरै बाठा छन् । युवतीलाई डुङ्गा सम्म ल्याउन सके युवाहरूको भिड लाग्छ भन्ने उनीहरूलाई प्रस्ट थाहा छ । अझ नाच्न सिपालु युवतीलाई त पैसा तिरेरै डुङ्गामा नाच्नको लागि मात्र राखेका हुन्छन् । कुनै पनि युवतीलाई डुङ्गामा लगभग भाडा लाग्दैन, युवाहरूलाई ५/१० रियाल लाग्छ ३० मिनेटको । पार्कबाट मुख बङ्गाउँदै घुटुक्कू पारेको झम्के झोल, युवती र सङ्गीतको तालजोडिए पछि कुनै पनि ताकतले गोर्खेको छोरालाई रोक्न सक्दैन ।
उनीहरूको झगडाको बीउ साह्रै सानो हुन्छ । खुट्टा कुल्चिएको निहुँ, गर्लफ्रेन्डलाई फर्की फर्की हेरेको निहुँ लगायत अति भन्दा अति सामान्य कुरामा समेत दाँतमा हानाहान गर्छन् बहादुर युवाहरू ।
उनीहरूको झगडाको बीउ साह्रै सानो हुन्छ । खुट्टा कुल्चिएको निहुँ, गर्लफ्रेन्डलाई फर्की फर्की हेरेको निहुँ लगायत अति भन्दा अति सामान्य कुरामा समेत दाँतमा हानाहान गर्छन् बहादुर युवाहरू । मेरो खुट्टामा किन टेकीस् देखि मेरो कान्छी मयालुलाई किन हेरिस् जस्ता बहानाले घचेटाघचेट सुरु भई हाल्छ । कतिपय डुङ्गाका साहुले युवतीहरूलाई डान्सरका रूपमा हायर गरेका हुन्छन् । ती युवतीहरू ठमेलको क्लबमा नाच्ने जस्तै आकर्षक तथा भल्गर पहिरनमा उत्रिन्छन् कला पस्किदिन्छन् ।कोरोनाले आक्रान्त पारेको भए पनि डुङ्गाको मनोरञ्जनमा दुरी कायम, नियम कानुनको न्यूनतम पालना भन्ने के हो कसैले मतलब गरेकै देखिँदैन । म कतारमा कामदारको हैसियतमा छु भन्ने समेत भुलेर गरिने कर्नेसको बैसालू मनोरञ्जनले कतारको कानुनको धज्जी मात्र उडाएको छैन नेपाल र कतारको कूटनीतिक सम्बन्धमै असर पार्ने पक्कापक्की जस्तै छ । नाच्नु गाउनु रमाउनु मानवीय गुण र आवश्यकता हुन तर पछिल्लो तीन हप्ताका गतिविधि हेर्ने हो भने ती डुङ्गामा नेपाली नाचिरहेका छैनन् । नेपालीको गुण्डागर्दी नाचिरहेको छ र अनुशासनहिनता सलवलार्इ रहेको छ । कुनै दिन नराम्रो दुर्घटना घटना सक्छ, त्यो भिड र त्यो अराजक नृत्य हेर्दा लाग्छ त्यहाँ इमान्दार नेपालीको इज्जत होइन कुनै दुःखी बाबुआमाको सन्तानको काल नाचिरहेको छ ।सेप्टेम्बरको पहिलो शुक्रवार गोधुली साँझमा डुङ्गामा अचानक ५/७ जनाको समूह पस्छ र एक जनामाथि निर्घात लात मुक्का बजार्छ । त्यसपछि डुङ्गा नै उत्तानो पर्ला झैँ गरी नेपालीले बहादुरी देखाउँछन् केही बेरको युद्धस्तरको माया प्रेमपछि सामुदायिक प्रहरी आईपुग्छ भिड आफैं तितर बितर हुन्छ ।दोस्रो शुक्रबार सोही प्रकृतिको माया प्रेमका कारण रगताम्य बनेको डुङ्गाबाट एक जना नेपाली समुन्द्रमा खसेको भिडियो टिकटकमा अपलोड हुन्छ र केही समयमा डिलिट हुन्छ । उक्त दिनको लडाईं डुङ्गाबाट सुरु भएर रोडसम्मै आई पुग्छ । फ्लाइङ किक र राउन्ड किक हुँदै केही व्यक्ति अचेत भएर लडे पछि मात्र साम्य हुँदै भिड समालिदै जान्छ ।तेस्रो शुक्रवार पनि त्यही हो प्रकृति तथा प्रवृत्ति । झिसमिसे साँझमै डुङ्गामै हानाहान सुरु हुन्छ । अघिल्लो २ पटकको भिडन्तमा देखिएका अनुहार नै यो पटक दोहोरिएका छन् भने केही नयाँ अनुहार पनि देखिन्छन । राम्रैसँग कुटानी पिसानी गरेर बाघझैँ गर्जँदै घरजाने त गए तर तेल कता गयो भनेर पिनाले नसोधे जस्तै हालतमा लडिरहन्छन् केही युवाहरू ।यहाँ घाइतेलाई छुन र उद्धार गर्न नपाइने हुँदा दर्शकहरू न्यायाधिश बन्छन् । यसको गल्ती हो नि किन अरूको गल्फ्रेन्डलाई हेर्ने र जिस्काउने भन्दै न्यायधिश बन्नुको बेग्लै खाले रमाइलो होला । तर पनि न ती सबै कार्य गलत हुन् भनेर बुझ्नेहरू त्यहाँ जान छोड्छन् न कुटानी पिसानी गर्नेहरू नै जान छोड्छन् न लात मुक्का खानेहरू नि जान बन्द गर्छन् ।नेपालीका यी हर्कतहरु पछिल्ला ३ हप्ताका प्रतिनिधि उदाहरण हुन यी हुनुका मुख्य कारण झम्के झोल र आकर्षक युवती र देखावटी पश्चिमा संस्कार नै हुन् । तर यस्तै प्रकृतिको आचरण नेपालीले पहिल्यैबाट देखाई रहेका छन् । मैले यो लेखी रहँदा मेरो मुटु र हात सँगै काँपीरहेको छ किनकि म त्यो निर्मम घटनाको प्रत्यक्षदर्शी हुँ । त्यो भिडमा मेरो आवाज कसैले सुन्दैन, तर कलमले दिने आवाजले पो सुन्छन् कि हामी कतारमा छौ र हामीले गरेका ती गतिविधिले कतारको आन्तरिक मामिलामा हस्तक्षेप गरेको, सामाजिक शान्ति सुरक्षामा खलल पुर्‍याएका छौं भनेर । त्यसकारण मैले यो लेख्ने दुस्साहस गरेको हो । कर्नेसका ती सबै गतिविधि यहाँको कानुन अनुसार गैरकानुनी मात्र हैन कानुनको गम्भीर अवहेलना हो । यस्तो कार्य गर्दै गर्दा तपाईं पक्राउ पर्नु भयो भने तपाईं लाई जेलसहित डिपोर्ट समेत गर्न सक्ने व्यवस्था कतारको कानुनमा छ ।गत साल जुर्मुराएका सागर नेपाल, नेपाली समाजको नजर अहिले त्यहाँ पुग्न सकेको छैन । तपाईं र मलाई कतारले धेरै कुरा दिएको छ। सन्तान कतारमा छन् भनेर बाले घर एक गाँस भात बढी खाए । एउटा कुखुरोको चल्लो किने । आमाले भरी बिर्को ओखती खाइन् । मझेरीमा बाले खर फेरे । भाइले एक जोर नयाँ जुत्ता किन्यो । श्रीमानको दीर्घायूको कामना गर्दै साउन महिना भरी तपाईंको श्रीमती ब्रत बसिन् । लालावालाले एक पोका चाउचाउ बढी खाए । आमैले फाटेको धरो फेरिन किन थाहा छ त्यो सबै तपाईहरू प्रतिको विश्वास, भरोसा लगानीले हो ।हाम्रा अभिभावकले सन्तान परदेश गएर गैर कानुनी कार्यमा संलग्न होलान्, झम्के झोल पिएर अर्को नेपालीलाई समुन्द्रमा खसाउला र बिदेशको जेलमा सड्लान् भनेर शिक्षा दीक्षा दिएर हरियो पासपोर्ट थमाएर पठाएका हुन र ? नेपाली नियोग पनि यो बारेमा अनभिज्ञ अवश्य छैन तर उसलाई पनि कूटनीतिक दायराले थिचेको अवस्था छ । हामी यो देशको कानुनको पालना गर्न कहिले सिक्ने ? हामी जिम्मेवार आप्रवासी कामदार कहिले हुने ? के हामी अनभिज्ञ हौं ? चेतना नै छैन हामीमा ? कहिले सुध्रिने तपाईं हामी ? एक पटक जिम्मेवारी पूर्णरुपमा गम्भिर भएर सोच्न समेत ढिला भएको अवस्था छ ।

कतारको कोर्नेसमा नेपालीका अराजक गतिविधि, स्थानीय कानुनको ठाडो उल्लंघन

दोहा कतार ।

लगभग एक वर्ष पहिले कतारको कर्नेसमा भएको धकेला धकेलको एउटा भिडियो त्यो समय सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । भिडियोमा सामाजिक अभियन्ता सागर नेपालले मनोरञ्जनका नाममा केही नेपालीहरूले गरेको गलत गतिविधिविरुद्ध गएर सम्झाई बुझाई गर्दा हातपात हुनुका साथै मुक्कामुक्की समेत भएको देखिएको थियो । दोहामा सागर नेपालको उक्त कार्यको सराहना र आलोचना दुवै भयो । सामाजिक सञ्जालका ईनवक्सहरुमा निकै शेयर भयो त्यो विवादको क्लिप ।

त्यसको केही समय लगत्तै एक होटेलमा सोही विषयमा सूचना दिन तथा कतारका सङ्घ संस्थाका साझा धारणा बनाउन गैर आवासीय नेपाली सङ्घ कतारको समन्वयमा औपचारिक छलफल कार्यक्रम आयोजना गरियो । कार्यक्रमले केही निचोड निकाल्यो र केही समयलाई उक्त भिड नियन्त्रण गर्न सफल पनि भयो । त्यहाँका अराजक गतिविधि नियन्त्रण गर्न कतारको सामुदायिक प्रहरीको सहयोगमा केही समय रोकिए पनि पूर्ण रूपमा हुलदङ्गा नियन्त्रण हुन सकेन । नेपालीलाई कसले रोक्ने ? आखिर गोर्खे पावर देखाउन पुनः सुरु गरी हाले ।

कतार अहिले कोरोनासँग चरम बिन्दुबाट नियन्त्रणको अन्तिम बिन्दुतर्फ लडिरहेको छ । लकडाउनदेखि हरेक सुरक्षाको मापदण्ड अपनाउँदै सेप्टेम्बर एकदेखि केही प्रतिबन्धहरू खुकुलो बनाएको छ कतारले । प्रतिबन्ध हट्न नपाउँदै नेपालीहरूको ‘कर्नेस मोह’ ह्वात्तै बढ्यो । न कोरोनाको डर छ, न कतारको ४५-४८ डिग्रीको घामले नै पोल्छ नेपालीलाई । कहीँ कतै कोरोनाको न्यूनतम सुरक्षा पनि अपनाइएको पाईंदैन । मुखमा मास्क समेत लगाउँदैनन् भने छाडापनको पराकाष्ठा देखिन्छ कर्नेसमा ।

हुन त कर्नेस धेरै गुनिलो पनि छ । कतिपय युवायुवती त्यहीँ टिकटक खिचेरै स्टार बनेका छन् भने कतिले विविध सामाग्री बेचेर गुजारा चलाउने पैसा समेत कमाएका छन् । कर्नेसले कहिल्यै कसैलाई भेदभाव गरेन, सधैं आकर्षित गर्‍यो तर कर्नेसको स्वतन्त्रताको दुरुपयोग गर्दै सुन्दर कर्नेसलाई नेपालीहरुले कुरूप बनाइरहे ।

हप्ता दिनमा हुने कामको थकान मेट्न तथा केही मनोरञ्जन गर्न कर्नेस पुग्ने गर्छन् युवायुवती । पर्यटकीय आकर्षणको केन्द्र पनि हो यो ठाँउ । क्षितिजबाट अस्ताउँदै गरेको सूर्य, पारिपट्टि अग्ला अग्ला घर, लस्करै पार्किङ गरिएका आकर्षक डुङ्गाहरू, चर्को स्वरमा बज्ने नेपाली हिन्दी गीतहरू उक्त स्थानमा युवायुवती तथा पर्यटकलाई लोभ्याउने मुख्य स्रोत हुन् ।

किनारैमा रहेको हरियो दुवो र चर्को घामलाई छेकेर ओझेल पार्दिने खजुरका रुख । यही मुनि नेपालीहरूको हाट बजार लाग्छ । कतिले त कर्नेसलाई नेपालीको ठमेल नामकरण गरेका छन् । ठमेल यसकारण पनि भनेका हुन् कि यहाँ नपाउने कुनै बस्तु हुँदैन । चटपट, पानीपुरी, मम, चाउमिन, सेल रोटी, अचार, टिम्मुर हालेको चटनी, सुकुटी र पानीको बोतलमा अवैधानिक झम्के झोल । यी बेच्न बस्ने अधिकांश युवतीहरू हुन्छन् भने तिनका ग्राहक तिनै डुङ्गामा थकान मेटन नाच्न जाने युवायुवतीहरु ।

बङ्गाली डुङ्गा मालिकहरू धेरै बाठा छन् । युवतीलाई डुङ्गा सम्म ल्याउन सके युवाहरूको भिड लाग्छ भन्ने उनीहरूलाई प्रस्ट थाहा छ । अझ नाच्न सिपालु युवतीलाई त पैसा तिरेरै डुङ्गामा नाच्नको लागि मात्र राखेका हुन्छन् । कुनै पनि युवतीलाई डुङ्गामा लगभग भाडा लाग्दैन, युवाहरूलाई ५/१० रियाल लाग्छ ३० मिनेटको । पार्कबाट मुख बङ्गाउँदै घुटुक्कू पारेको झम्के झोल, युवती र सङ्गीतको तालजोडिए पछि कुनै पनि ताकतले गोर्खेको छोरालाई रोक्न सक्दैन ।

उनीहरूको झगडाको बीउ साह्रै सानो हुन्छ । खुट्टा कुल्चिएको निहुँ, गर्लफ्रेन्डलाई फर्की फर्की हेरेको निहुँ लगायत अति भन्दा अति सामान्य कुरामा समेत दाँतमा हानाहान गर्छन् बहादुर युवाहरू ।

उनीहरूको झगडाको बीउ साह्रै सानो हुन्छ । खुट्टा कुल्चिएको निहुँ, गर्लफ्रेन्डलाई फर्की फर्की हेरेको निहुँ लगायत अति भन्दा अति सामान्य कुरामा समेत दाँतमा हानाहान गर्छन् बहादुर युवाहरू । मेरो खुट्टामा किन टेकीस् देखि मेरो कान्छी मयालुलाई किन हेरिस् जस्ता बहानाले घचेटाघचेट सुरु भई हाल्छ । कतिपय डुङ्गाका साहुले युवतीहरूलाई डान्सरका रूपमा हायर गरेका हुन्छन् । ती युवतीहरू ठमेलको क्लबमा नाच्ने जस्तै आकर्षक तथा भल्गर पहिरनमा उत्रिन्छन् कला पस्किदिन्छन् ।

कोरोनाले आक्रान्त पारेको भए पनि डुङ्गाको मनोरञ्जनमा दुरी कायम, नियम कानुनको न्यूनतम पालना भन्ने के हो कसैले मतलब गरेकै देखिँदैन । म कतारमा कामदारको हैसियतमा छु भन्ने समेत भुलेर गरिने कर्नेसको बैसालू मनोरञ्जनले कतारको कानुनको धज्जी मात्र उडाएको छैन नेपाल र कतारको कूटनीतिक सम्बन्धमै असर पार्ने पक्कापक्की जस्तै छ । नाच्नु गाउनु रमाउनु मानवीय गुण र आवश्यकता हुन तर पछिल्लो तीन हप्ताका गतिविधि हेर्ने हो भने ती डुङ्गामा नेपाली नाचिरहेका छैनन् । नेपालीको गुण्डागर्दी नाचिरहेको छ र अनुशासनहिनता सलवलार्इ रहेको छ । कुनै दिन नराम्रो दुर्घटना घटना सक्छ, त्यो भिड र त्यो अराजक नृत्य हेर्दा लाग्छ त्यहाँ इमान्दार नेपालीको इज्जत होइन कुनै दुःखी बाबुआमाको सन्तानको काल नाचिरहेको छ ।

सेप्टेम्बरको पहिलो शुक्रवार गोधुली साँझमा डुङ्गामा अचानक ५/७ जनाको समूह पस्छ र एक जनामाथि निर्घात लात मुक्का बजार्छ । त्यसपछि डुङ्गा नै उत्तानो पर्ला झैँ गरी नेपालीले बहादुरी देखाउँछन् केही बेरको युद्धस्तरको माया प्रेमपछि सामुदायिक प्रहरी आईपुग्छ भिड आफैं तितर बितर हुन्छ ।

दोस्रो शुक्रबार सोही प्रकृतिको माया प्रेमका कारण रगताम्य बनेको डुङ्गाबाट एक जना नेपाली समुन्द्रमा खसेको भिडियो टिकटकमा अपलोड हुन्छ र केही समयमा डिलिट हुन्छ । उक्त दिनको लडाईं डुङ्गाबाट सुरु भएर रोडसम्मै आई पुग्छ । फ्लाइङ किक र राउन्ड किक हुँदै केही व्यक्ति अचेत भएर लडे पछि मात्र साम्य हुँदै भिड समालिदै जान्छ ।

तेस्रो शुक्रवार पनि त्यही हो प्रकृति तथा प्रवृत्ति । झिसमिसे साँझमै डुङ्गामै हानाहान सुरु हुन्छ । अघिल्लो २ पटकको भिडन्तमा देखिएका अनुहार नै यो पटक दोहोरिएका छन् भने केही नयाँ अनुहार पनि देखिन्छन । राम्रैसँग कुटानी पिसानी गरेर बाघझैँ गर्जँदै घरजाने त गए तर तेल कता गयो भनेर पिनाले नसोधे जस्तै हालतमा लडिरहन्छन् केही युवाहरू ।

यहाँ घाइतेलाई छुन र उद्धार गर्न नपाइने हुँदा दर्शकहरू न्यायाधिश बन्छन् । यसको गल्ती हो नि किन अरूको गल्फ्रेन्डलाई हेर्ने र जिस्काउने भन्दै न्यायधिश बन्नुको बेग्लै खाले रमाइलो होला । तर पनि न ती सबै कार्य गलत हुन् भनेर बुझ्नेहरू त्यहाँ जान छोड्छन् न कुटानी पिसानी गर्नेहरू नै जान छोड्छन् न लात मुक्का खानेहरू नि जान बन्द गर्छन् ।

नेपालीका यी हर्कतहरु पछिल्ला ३ हप्ताका प्रतिनिधि उदाहरण हुन यी हुनुका मुख्य कारण झम्के झोल र आकर्षक युवती र देखावटी पश्चिमा संस्कार नै हुन् । तर यस्तै प्रकृतिको आचरण नेपालीले पहिल्यैबाट देखाई रहेका छन् । मैले यो लेखी रहँदा मेरो मुटु र हात सँगै काँपीरहेको छ किनकि म त्यो निर्मम घटनाको प्रत्यक्षदर्शी हुँ । त्यो भिडमा मेरो आवाज कसैले सुन्दैन, तर कलमले दिने आवाजले पो सुन्छन् कि हामी कतारमा छौ र हामीले गरेका ती गतिविधिले कतारको आन्तरिक मामिलामा हस्तक्षेप गरेको, सामाजिक शान्ति सुरक्षामा खलल पुर्‍याएका छौं भनेर । त्यसकारण मैले यो लेख्ने दुस्साहस गरेको हो । कर्नेसका ती सबै गतिविधि यहाँको कानुन अनुसार गैरकानुनी मात्र हैन कानुनको गम्भीर अवहेलना हो । यस्तो कार्य गर्दै गर्दा तपाईं पक्राउ पर्नु भयो भने तपाईं लाई जेलसहित डिपोर्ट समेत गर्न सक्ने व्यवस्था कतारको कानुनमा छ ।

गत साल जुर्मुराएका सागर नेपाल, नेपाली समाजको नजर अहिले त्यहाँ पुग्न सकेको छैन । तपाईं र मलाई कतारले धेरै कुरा दिएको छ। सन्तान कतारमा छन् भनेर बाले घर एक गाँस भात बढी खाए । एउटा कुखुरोको चल्लो किने । आमाले भरी बिर्को ओखती खाइन् । मझेरीमा बाले खर फेरे । भाइले एक जोर नयाँ जुत्ता किन्यो । श्रीमानको दीर्घायूको कामना गर्दै साउन महिना भरी तपाईंको श्रीमती ब्रत बसिन् । लालावालाले एक पोका चाउचाउ बढी खाए । आमैले फाटेको धरो फेरिन किन थाहा छ त्यो सबै तपाईहरू प्रतिको विश्वास, भरोसा लगानीले हो ।

हाम्रा अभिभावकले सन्तान परदेश गएर गैर कानुनी कार्यमा संलग्न होलान्, झम्के झोल पिएर अर्को नेपालीलाई समुन्द्रमा खसाउला र बिदेशको जेलमा सड्लान् भनेर शिक्षा दीक्षा दिएर हरियो पासपोर्ट थमाएर पठाएका हुन र ? नेपाली नियोग पनि यो बारेमा अनभिज्ञ अवश्य छैन तर उसलाई पनि कूटनीतिक दायराले थिचेको अवस्था छ । हामी यो देशको कानुनको पालना गर्न कहिले सिक्ने ? हामी जिम्मेवार आप्रवासी कामदार कहिले हुने ? के हामी अनभिज्ञ हौं ? चेतना नै छैन हामीमा ? कहिले सुध्रिने तपाईं हामी ? एक पटक जिम्मेवारी पूर्णरुपमा गम्भिर भएर सोच्न समेत ढिला भएको अवस्था छ ।

सम्बन्धित समाचारहरु