#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व414948191136463944086930917487
नेपाल1448727914447699605
काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशैं अगाडि नै सम्पन्न हुने बताएका छन् । काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशैं अगाडि नै सम्पन्न हुने राज्यमन्त्री मानन्धरले बताए । निर्माणस्थलको अनुगमनपछि राज्यमन्त्री मानन्धरले करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको बताए । कोरोनाका कारण जारी भएको लकडाउनका कारण समस्या देखिए पनि दशैं अगाडि नै काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणको काम अघि बढिरहेको उनले बताए ।सिसडोल ल्याण्डफिल्ड साइड निर्माण आयोजनाका सुपरभाइजर कमल पोखरेलले ८५ प्रतिशतसम्म काम सकिएको बताए । बर्खाको समय र लकडाउनका कारण केही ढिला भए पनि अहिले काम तिव्र गतिमा अगाडि बढीरहेको उनले बताए । ल्याण्डफिल्डसँग जोडिएका अरु क्षेत्रमा पनि काम अगाडि बढेकाले छिटोभन्दा छिटो काम सम्पन्न गर्ने गरी अगाडि बढिरहेको उनले बताए। आयोजनाका फिल्ड सुपरभाइजर प्रतिक तामाङले लकडाउन खुलेपछि रफ्तारमा काम अगाडि बढीरहेको बताए । असोज अन्तिमसम्म फिल्ड निर्माणको काम सक्ने र कात्तिक पहिलो हप्ता सम्म सबै काम सम्पन्न गर्ने गरी अगाडि बढीरहेको उनले बताए।बन्चरेडाँडाँमा काठमाडौं उपत्यकाका २ महानगरपालिका र १६ नगरपालिकाको फोहोर व्यवस्थापन हुनेछ । बन्चरेडाँडाँमा ल्याण्डफिल्ड साइड निर्माणका लागि संघीय सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नुवाकोटकै सिसडोलमा २ वर्षका लागि अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने भनिए पनि वर्षौंसम्म फोहोर व्यवस्थापन नगरिदा ल्याण्डफिल्ड साइड भरिएको छ । स्थानीयले सोही समस्या दोहोरिन सक्ने भन्दै यसअघि पटक पटक निर्माणमा अवरोध गर्दै आएका थिए ।

बञ्चरेडाँडा ल्याण्डफिल साइडको करिब ९० प्रतिशत काम भयाे– राज्यमन्त्री मानन्धर

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशैं अगाडि नै सम्पन्न हुने बताएका छन् । काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशैं अगाडि नै सम्पन्न हुने राज्यमन्त्री मानन्धरले बताए । निर्माणस्थलको अनुगमनपछि राज्यमन्त्री मानन्धरले करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको बताए । कोरोनाका कारण जारी भएको लकडाउनका कारण समस्या देखिए पनि दशैं अगाडि नै काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणको काम अघि बढिरहेको उनले बताए ।

सिसडोल ल्याण्डफिल्ड साइड निर्माण आयोजनाका सुपरभाइजर कमल पोखरेलले ८५ प्रतिशतसम्म काम सकिएको बताए । बर्खाको समय र लकडाउनका कारण केही ढिला भए पनि अहिले काम तिव्र गतिमा अगाडि बढीरहेको उनले बताए । ल्याण्डफिल्डसँग जोडिएका अरु क्षेत्रमा पनि काम अगाडि बढेकाले छिटोभन्दा छिटो काम सम्पन्न गर्ने गरी अगाडि बढिरहेको उनले बताए। आयोजनाका फिल्ड सुपरभाइजर प्रतिक तामाङले लकडाउन खुलेपछि रफ्तारमा काम अगाडि बढीरहेको बताए । असोज अन्तिमसम्म फिल्ड निर्माणको काम सक्ने र कात्तिक पहिलो हप्ता सम्म सबै काम सम्पन्न गर्ने गरी अगाडि बढीरहेको उनले बताए।

बन्चरेडाँडाँमा काठमाडौं उपत्यकाका २ महानगरपालिका र १६ नगरपालिकाको फोहोर व्यवस्थापन हुनेछ । बन्चरेडाँडाँमा ल्याण्डफिल्ड साइड निर्माणका लागि संघीय सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नुवाकोटकै सिसडोलमा २ वर्षका लागि अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने भनिए पनि वर्षौंसम्म फोहोर व्यवस्थापन नगरिदा ल्याण्डफिल्ड साइड भरिएको छ । स्थानीयले सोही समस्या दोहोरिन सक्ने भन्दै यसअघि पटक पटक निर्माणमा अवरोध गर्दै आएका थिए ।

सम्बन्धित समाचारहरु