#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
पोखरा ।पर्यटकीय नगरी पोखरा स्थित फेवातालमा लामो समयपछि डुंगा सञ्चालनमा आएको छ ।लकडाउनका कारण लामो समयदेखि बन्द डुंगा असोज २ गतेबाट सञ्चालनमा आएको हो । कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी भएको लकडाउनका कारण ६ महिनादेखि बन्द रहेको थियो ।सरकारले असोज १ गतेबाट नै डुंगा सञ्चालनको अनुमति दिए पनि मर्मत सम्भारको काम बाँकी रहेकाले असोज २ गतेबाट सञ्चालनमा आएको फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए । उनले सरकारले दिएको निश्चित मापदण्ड अनुसार डुङ्गा सञ्चालन शुरु गरिएको बताए।डुङ्गामा सवार गर्दा अनिवार्य मास्क लगाउनु पर्ने, सेनिटाइजरको प्रयोग गर्नु पर्ने, लाइनमा बस्दा भौतिक दुरी कायम गर्नुपर्ने लगायतको मापदण्ड तयार पारिएको उनले बताए। डुङ्गा सञ्चालनका लागि यात्रुसँग लिने भाडा समेत नबढाइएको उनले बताए ।

फेवातालमा ६ महिनादेखि बन्द डुंगा सञ्चालनमा

पोखरा ।

पर्यटकीय नगरी पोखरा स्थित फेवातालमा लामो समयपछि डुंगा सञ्चालनमा आएको छ ।

लकडाउनका कारण लामो समयदेखि बन्द डुंगा असोज २ गतेबाट सञ्चालनमा आएको हो । कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी भएको लकडाउनका कारण ६ महिनादेखि बन्द रहेको थियो ।

सरकारले असोज १ गतेबाट नै डुंगा सञ्चालनको अनुमति दिए पनि मर्मत सम्भारको काम बाँकी रहेकाले असोज २ गतेबाट सञ्चालनमा आएको फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए । उनले सरकारले दिएको निश्चित मापदण्ड अनुसार डुङ्गा सञ्चालन शुरु गरिएको बताए।

डुङ्गामा सवार गर्दा अनिवार्य मास्क लगाउनु पर्ने, सेनिटाइजरको प्रयोग गर्नु पर्ने, लाइनमा बस्दा भौतिक दुरी कायम गर्नुपर्ने लगायतको मापदण्ड तयार पारिएको उनले बताए। डुङ्गा सञ्चालनका लागि यात्रुसँग लिने भाडा समेत नबढाइएको उनले बताए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार