#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4584756211924891146347633191597
नेपाल16823592038357128958
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक असोज ६ गते बस्ने भएको छ । आइतबार दिउँसो बसेको राप्रपा अध्यक्षद्वयको बैठकले असोज छ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको हो ।बैठकले राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिका रूपमा स्थापित गर्न पार्टी एकता सुदृढ तुल्याउने विषयमा समेत छलफल गरेको छ । यसका साथै पार्टीमा देखिएका सबै समस्याहरु समझदारीबाट समाधान गर्ने निर्णय समेत गरेको बताइएको छ ।अध्यक्ष थापाले ट्वीटरमा उल्लेख गरेका छन्–‘राप्रपा त्रय अध्यक्षहरूको आज बसेको बैठकले राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिकारूपमा स्थापित गर्न पार्टी एकता सुदृढ तुल्याउने र सबै समस्याहरु समझदारीबाट समाधान गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक असोज ६ गते गर्ने निर्णय पनि गरेको छ ।’राप्रपामा लामाे समयदेखि चुनाव चिन्ह हलो राख्ने कि गाई भन्ने विषयमा विवाद रहेकाे छ ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक असोज छ गते बस्दै, लामो समयदेखिको विवाद साम्य हुने संकेत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक असोज ६ गते बस्ने भएको छ । आइतबार दिउँसो बसेको राप्रपा अध्यक्षद्वयको बैठकले असोज छ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकले राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिका रूपमा स्थापित गर्न पार्टी एकता सुदृढ तुल्याउने विषयमा समेत छलफल गरेको छ । यसका साथै पार्टीमा देखिएका सबै समस्याहरु समझदारीबाट समाधान गर्ने निर्णय समेत गरेको बताइएको छ ।

अध्यक्ष थापाले ट्वीटरमा उल्लेख गरेका छन्–‘राप्रपा त्रय अध्यक्षहरूको आज बसेको बैठकले राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिकारूपमा स्थापित गर्न पार्टी एकता सुदृढ तुल्याउने र सबै समस्याहरु समझदारीबाट समाधान गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक असोज ६ गते गर्ने निर्णय पनि गरेको छ ।’

राप्रपामा लामाे समयदेखि चुनाव चिन्ह हलो राख्ने कि गाई भन्ने विषयमा विवाद रहेकाे छ ।

सम्बन्धित समाचारहरु