#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4346713011606491034599831960483
नेपाल15983086243293115675
सोलुखुम्बु । सोलुखुम्बुमा धमाधम विद्यालय खुल्न थालेका छन् । लामाे समयकाे लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेकाे विद्यालय प्रत्येक स्थानीय तहले विद्यालय खोल्न थालेका छन् ।सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका विद्यालयहरू आजबाट सञ्चालन भएका छन् । आजबाट पालिका भित्रका सबै विद्यालयहरू सञ्चालन भएको शिक्षा संयोजक प्रेम कुमार तामाङले जानकारी दिए ।विद्यालय खुलेको पहिलो दिन बालबालिकाहरूको उपस्थिति समेत राम्रो रहेको गाउँपालिकाले जनाएको छ । करिब ६ महिनापछि विद्यालय सञ्चालन गर्दा बालबालिकाहरू उत्साहका साथ विद्यालय आएको संयोजक तामाङले बताउनुभयो । विद्यालयले स्वास्थ्य मापदण्ड अपनाएर एउटा कक्षाकोठामा १० जनाले १५ जनासम्मलाई राख्ने गरेको छ । थुलुङ दुधकोशी गाउँपालिकामा ५० वटा सामुदायिक विद्यालय २ वटा धार्मिक विद्यालय र एउटा निजी विद्यालयमा करिब ५ हजार विद्यार्थी अध्ययनरत छन ।यस्तै सोलुखुम्बुकाे महाकुलुङ गाउँपालिकाकाे सबै विद्यालय ६ गते मंगलबारदेखि खुल्ने गाउपालिकाले जनाएकाे छ । सबै विद्यालयमा भर्ना र शैक्षिक सामग्री वितरण भइरहेकाे छ ।यता लिखुपिके गाउँपालिका सोलुखुम्बुले असोज ११ गते देखि कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाको शिक्षा शाखाको बैठले सोमबार (भोली) देखि भर्ना सुरु गर्ने र ११ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेको गाउँपालिका शिक्षा शाखा संयोजक प्रेम बहादुर बस्नेतले जानकारी दिए ।विद्यार्थी संख्या धेरै भएका विद्यालयमा जोर विजोर प्रणालीमा कक्षा सञ्चालन गरिने संयोजक बस्नेतको भनाइ छ । जसमा जोर कक्षाको विद्यार्थी जोर र विजोर कक्षाको विद्यार्थी विजोर गते विद्यालयमा आउनु पर्ने छ ।

धमाधम खुल्दै सोलुखुम्बुका विद्यालय

सोलुखुम्बु । सोलुखुम्बुमा धमाधम विद्यालय खुल्न थालेका छन् । लामाे समयकाे लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेकाे विद्यालय प्रत्येक स्थानीय तहले विद्यालय खोल्न थालेका छन् ।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका विद्यालयहरू आजबाट सञ्चालन भएका छन् । आजबाट पालिका भित्रका सबै विद्यालयहरू सञ्चालन भएको शिक्षा संयोजक प्रेम कुमार तामाङले जानकारी दिए ।

विद्यालय खुलेको पहिलो दिन बालबालिकाहरूको उपस्थिति समेत राम्रो रहेको गाउँपालिकाले जनाएको छ । करिब ६ महिनापछि विद्यालय सञ्चालन गर्दा बालबालिकाहरू उत्साहका साथ विद्यालय आएको संयोजक तामाङले बताउनुभयो । विद्यालयले स्वास्थ्य मापदण्ड अपनाएर एउटा कक्षाकोठामा १० जनाले १५ जनासम्मलाई राख्ने गरेको छ । थुलुङ दुधकोशी गाउँपालिकामा ५० वटा सामुदायिक विद्यालय २ वटा धार्मिक विद्यालय र एउटा निजी विद्यालयमा करिब ५ हजार विद्यार्थी अध्ययनरत छन ।

यस्तै सोलुखुम्बुकाे महाकुलुङ गाउँपालिकाकाे सबै विद्यालय ६ गते मंगलबारदेखि खुल्ने गाउपालिकाले जनाएकाे छ । सबै विद्यालयमा भर्ना र शैक्षिक सामग्री वितरण भइरहेकाे छ ।

यता लिखुपिके गाउँपालिका सोलुखुम्बुले असोज ११ गते देखि कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाको शिक्षा शाखाको बैठले सोमबार (भोली) देखि भर्ना सुरु गर्ने र ११ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेको गाउँपालिका शिक्षा शाखा संयोजक प्रेम बहादुर बस्नेतले जानकारी दिए ।

विद्यार्थी संख्या धेरै भएका विद्यालयमा जोर विजोर प्रणालीमा कक्षा सञ्चालन गरिने संयोजक बस्नेतको भनाइ छ । जसमा जोर कक्षाको विद्यार्थी जोर र विजोर कक्षाको विद्यार्थी विजोर गते विद्यालयमा आउनु पर्ने छ ।

सम्बन्धित समाचारहरु