#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4585472511926091146622433195892
नेपाल16823592038357128958
काठमाडौं ।नेपाल प्रहरीका तीन हजार ६ सय २६ कर्मचारीमा कोरोना संक्रमण भएको छ । यो संख्या प्रहरीको कुल जनशक्तिको पाँच प्रतिशतभन्दा बढी हो । आइतबारसम्म आधा संक्रमित निको भइसकेका छन् ।प्रहरीमा ७९ हजार दरबन्दी छ । तर, अहिले कार्यरत भने करिब ६७ हजार छन् । संक्रमितमध्ये एक हजार आठ सय १७ जना उपचाररत रहेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए । ‘संक्रमण बढ्दो छ । अब उच्च मनोबलका साथ जुधेर अघि बढ्नुको विकल्प भएन,’ उनले भने, ‘आधा प्रहरी निको भएर ड्युटीमा फर्किएकाले ठूलो समस्या छैन ।’उपत्यकामा करिब १० हजार प्रहरी कार्यरत रहेकोमा १३ प्रतिशतभन्दा धेरै संक्रमित भइसकेका छन् । उपत्यकामा मात्र एक हजार तीन सय ३० प्रहरी संक्रमित भएका छन् । जसमध्ये ६ सय ५२ जना निको भइसकेको महानगरीय प्रहरी कार्यालयका एसएसपी सुशील यादवले बताए । उपत्यकाका सबैजसो कार्यालयका प्रहरीमा संक्रमण देखिएको छ ।भिड नियन्त्रणदेखि अभियुक्त पक्राउ पर्नेसम्मका काममा खटिँदा संक्रमण सरेको प्रहरीले जनाएको छ । भिडमा हिँड्ने र साँघुरो ब्यारेकमा बस्ने भएकाले एक प्रहरीलाई संक्रमण भएमा केही दिनमै धेरैलाई सर्ने गरेको छ । प्रहरीमा संक्रमण हुँदा प्रहरीबाट समुदायमा संक्रमण फैलने जोखिम पनि बढ्दो छ ।सेना र सशस्त्र प्रहरीमा पनि संक्रमण बढ्दो छ । सेनामा दुई हजार एक सय ७५ संक्रमित भएका छन् । उनीहरूमध्ये चार सय एकजना निको भइसकेका छन् । त्यस्तै, सशस्त्र प्रहरीमा एक हजार ३६ संक्रमित भइसकेका छन् । तीमध्ये तीन सय ६६ निको भइसकेको सशस्त्र प्रहरीले जनाएको छ ।नयाँ पत्रिकाबाट

प्रहरीमा ३ हजार ६२६ जना कोरोना संक्रमित, आधा निको भए

काठमाडौं ।

नेपाल प्रहरीका तीन हजार ६ सय २६ कर्मचारीमा कोरोना संक्रमण भएको छ । यो संख्या प्रहरीको कुल जनशक्तिको पाँच प्रतिशतभन्दा बढी हो । आइतबारसम्म आधा संक्रमित निको भइसकेका छन् ।

प्रहरीमा ७९ हजार दरबन्दी छ । तर, अहिले कार्यरत भने करिब ६७ हजार छन् । संक्रमितमध्ये एक हजार आठ सय १७ जना उपचाररत रहेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए । ‘संक्रमण बढ्दो छ । अब उच्च मनोबलका साथ जुधेर अघि बढ्नुको विकल्प भएन,’ उनले भने, ‘आधा प्रहरी निको भएर ड्युटीमा फर्किएकाले ठूलो समस्या छैन ।’

उपत्यकामा करिब १० हजार प्रहरी कार्यरत रहेकोमा १३ प्रतिशतभन्दा धेरै संक्रमित भइसकेका छन् । उपत्यकामा मात्र एक हजार तीन सय ३० प्रहरी संक्रमित भएका छन् । जसमध्ये ६ सय ५२ जना निको भइसकेको महानगरीय प्रहरी कार्यालयका एसएसपी सुशील यादवले बताए । उपत्यकाका सबैजसो कार्यालयका प्रहरीमा संक्रमण देखिएको छ ।

भिड नियन्त्रणदेखि अभियुक्त पक्राउ पर्नेसम्मका काममा खटिँदा संक्रमण सरेको प्रहरीले जनाएको छ । भिडमा हिँड्ने र साँघुरो ब्यारेकमा बस्ने भएकाले एक प्रहरीलाई संक्रमण भएमा केही दिनमै धेरैलाई सर्ने गरेको छ । प्रहरीमा संक्रमण हुँदा प्रहरीबाट समुदायमा संक्रमण फैलने जोखिम पनि बढ्दो छ ।

सेना र सशस्त्र प्रहरीमा पनि संक्रमण बढ्दो छ । सेनामा दुई हजार एक सय ७५ संक्रमित भएका छन् । उनीहरूमध्ये चार सय एकजना निको भइसकेका छन् । त्यस्तै, सशस्त्र प्रहरीमा एक हजार ३६ संक्रमित भइसकेका छन् । तीमध्ये तीन सय ६६ निको भइसकेको सशस्त्र प्रहरीले जनाएको छ ।नयाँ पत्रिकाबाट

सम्बन्धित समाचारहरु