#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4294644611548571011858331673006
नेपाल15523384246057108334
फाईल फोटो
काठमाडौं ।विद्यार्थीको उज्ज्वल भविष्यका लागि ज्ञान र आदर्श बाँड्ने निजी विद्यालयका शिक्षक ६ महिनासम्म तलब नपाउँदा गुजारा चलाउन नसक्ने अवस्थामा पुगेका छन् । निजी विद्यालयमा कार्यरत करिब दुई लाख शिक्षक–कर्मचारीमध्ये ९५ प्रतिशतले कोरोना प्रसार रोक्न लकडाउन घोषणा भए यता तलब पाएका छैनन् ।मिहिनेतपूर्वक ज्ञान र आदर्श सिकाउने शिक्षक नै चरम पीडामा छन् । कतैबाट सहयोग नहुँदा झनै खिन्न छन् । कतिपय निजी विद्यालय आफैँ बन्द हुने अवस्थामा पुगेका छन् भने आर्थिक अवस्था राम्रो भएका विद्यालयले समेत शिक्षक–कर्मचारीलाई गुजारा चलाउन सक्ने गरी तलब दिएका छैनन् । विद्यालय सञ्चालकले भने सरकारले शुल्क उठाउन नदिएका कारण शिक्षक, कर्मचारी र सञ्चालककै अवस्था नाजुक भएको बताउँदै आएका छन् ।तलब नपाएपछि कतिपय शिक्षकले आफ्ना वृद्ध बाबुआमाको सहारा लिनुपरेको छ । काठमाडौंको एक निजी विद्यालयमा लामो समयदेखि पढाउँदै आएका प्रकाश कार्की तिनैमध्येका हुन् । उनले वैशाखयता तलब पाएका छैनन् । त्यसैले गुजारा चलाउन वृद्ध अभिभावकको सहारा लिनुपरेको छ, उनले । शिक्षक कार्कीले भने, ‘म संयुक्त परिवारमा बसेको छु, मेरो स्कुलबाट वैशाखयता तलब आएको छैन, बुबाको पेन्सनले म र मेरो परिवार चलेको छ, अरू साथीको झनै बिजोग छ ।’ उनमा शिक्षण पेसाप्रति नै निराशा पैदा हुन थालेको छ ।केही विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका थिए । राम्रो मोबाइल र ल्यापटप नभएका कतिपय शिक्षकले गाँस काटेर र कसैले ऋण खोजेर उपकरणको जोहो गरे । तर, अनलाइन कक्षा लिएका शिक्षकले पनि पारिश्रमिक पाएनन् ।डडेल्धुराबाट काठमाडौं आएर निजी विद्यालयमा पढाइरहेका दिवस बिष्टले पनि विद्यालयबाट तलब नपाएको पाँच महिना भयो । विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्ने भनेपछि उनले घरबाट पैसा मागेर मोबाइल किने, तर पारिश्रमिक नपाउँदा गुजारा चलाउन कठिन भएको छ । उनले भने, ‘अनलाइन कक्षा लिनुपर्ने भएपछि घरबाट पैसा मागेर मोबाइल फोन किनेँ, तर घरबेटीलाई बहाल तिर्न सकेको छैन । तलब आउने÷नआउने, कहिले आउने निश्चित छैन ।’नयाँ पत्रिकाबाट

निजी विद्यालयका ९५ प्रतिशत शिक्षक-कर्मचारीले ६ महिनादेखि पाएनन् तलब

फाईल फोटो

काठमाडौं ।

विद्यार्थीको उज्ज्वल भविष्यका लागि ज्ञान र आदर्श बाँड्ने निजी विद्यालयका शिक्षक ६ महिनासम्म तलब नपाउँदा गुजारा चलाउन नसक्ने अवस्थामा पुगेका छन् । निजी विद्यालयमा कार्यरत करिब दुई लाख शिक्षक–कर्मचारीमध्ये ९५ प्रतिशतले कोरोना प्रसार रोक्न लकडाउन घोषणा भए यता तलब पाएका छैनन् ।

मिहिनेतपूर्वक ज्ञान र आदर्श सिकाउने शिक्षक नै चरम पीडामा छन् । कतैबाट सहयोग नहुँदा झनै खिन्न छन् । कतिपय निजी विद्यालय आफैँ बन्द हुने अवस्थामा पुगेका छन् भने आर्थिक अवस्था राम्रो भएका विद्यालयले समेत शिक्षक–कर्मचारीलाई गुजारा चलाउन सक्ने गरी तलब दिएका छैनन् । विद्यालय सञ्चालकले भने सरकारले शुल्क उठाउन नदिएका कारण शिक्षक, कर्मचारी र सञ्चालककै अवस्था नाजुक भएको बताउँदै आएका छन् ।

तलब नपाएपछि कतिपय शिक्षकले आफ्ना वृद्ध बाबुआमाको सहारा लिनुपरेको छ । काठमाडौंको एक निजी विद्यालयमा लामो समयदेखि पढाउँदै आएका प्रकाश कार्की तिनैमध्येका हुन् । उनले वैशाखयता तलब पाएका छैनन् । त्यसैले गुजारा चलाउन वृद्ध अभिभावकको सहारा लिनुपरेको छ, उनले । शिक्षक कार्कीले भने, ‘म संयुक्त परिवारमा बसेको छु, मेरो स्कुलबाट वैशाखयता तलब आएको छैन, बुबाको पेन्सनले म र मेरो परिवार चलेको छ, अरू साथीको झनै बिजोग छ ।’ उनमा शिक्षण पेसाप्रति नै निराशा पैदा हुन थालेको छ ।

केही विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका थिए । राम्रो मोबाइल र ल्यापटप नभएका कतिपय शिक्षकले गाँस काटेर र कसैले ऋण खोजेर उपकरणको जोहो गरे । तर, अनलाइन कक्षा लिएका शिक्षकले पनि पारिश्रमिक पाएनन् ।

डडेल्धुराबाट काठमाडौं आएर निजी विद्यालयमा पढाइरहेका दिवस बिष्टले पनि विद्यालयबाट तलब नपाएको पाँच महिना भयो । विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्ने भनेपछि उनले घरबाट पैसा मागेर मोबाइल किने, तर पारिश्रमिक नपाउँदा गुजारा चलाउन कठिन भएको छ । उनले भने, ‘अनलाइन कक्षा लिनुपर्ने भएपछि घरबाट पैसा मागेर मोबाइल फोन किनेँ, तर घरबेटीलाई बहाल तिर्न सकेको छैन । तलब आउने÷नआउने, कहिले आउने निश्चित छैन ।’नयाँ पत्रिकाबाट

सम्बन्धित समाचारहरु