#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4536058211866091117027933003694
नेपाल16471890438952124862
काठमाडौं ।दसैँ, तिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गरेर सरकारले सञ्चालन गर्ने सहुलियत मूल्यका पसल अघिल्लो वर्षभन्दा थपिने भएका छन् । सरकारले अघिल्ला वर्षभन्दा यो वर्ष केही पसल थपेर एकीकृत सहुलियत मूल्य पसल सञ्चालनको तयारी थालेको छ ।यस वर्ष कोभिड­–१९ का कारण भीडभाड कम गर्ने अभिप्रायले सरकारले गत वर्षभन्दा केही पसल थपेर सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ । चाडपर्वमा उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले सरकारले हरेक वर्ष यस्ता सहुलियत मूल्य पसल सञ्चालन गर्ने गरेको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कम्पनी र दुग्ध विकास संस्थानले संयुक्त वा आआफ्नो किसिमले सहुलियत मूल्य पसल सञ्चालन गर्नेगरी तयारी भइरहेको छ । मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले यस वर्ष दसैँ, तिहार लगायतका चाडपर्व ढिला भएकाले भर्खर तयारी थालिएको बताइन् । दसैँ आउन १५ दिन अगाडि नै सहुलियत मूल्य पसल सञ्चालन गर्नेगरी मन्त्रालयले गृहकार्य थालेको जानकारी उनले दिइन् ।उनका अनुसार यसबारे सम्बन्धित सरोकारवालासँग एक/दुई चरणमा छलफल भइसकेको छ । अब मन्त्रीसँग हुने छलफलले अन्तिम रूप दिनेछ र पसल सञ्चालनका लागि मिति पनि तय गर्नेछ । सहप्रवक्ता केसीले यो वर्ष कोभिड–१९ को स्वास्थ्य जोखिमलाई ध्यान दिएर केही पसल थप्ने गर्नेगरी छलफल गरिएको र थपिने सङ्ख्याको टुङ्गो नलागेको पनि जानकारी दिइन् ।यसपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यका र सुर्खेतमा सञ्चालन गर्दै आएको अनलाइनमार्फत सरकारले तोकेको सहुलियत मूल्यमा उपभोक्ताको घरसम्म पुर्याइने व्यवस्था हुने पनि मन्त्रालयले जानकारी गराएको छ । खाद्य कम्पनीले अघिल्ला वर्षमा चामल, तीतेफापर, कर्णालीको सिमीको मात्रै कारोबार गर्ने गरेको भए पनि यो वर्षदेखि चामल, दाल, गेडागुडी, तेल, आँटा लगायतका खाद्यान्न खरिद गर्ने सुरु गरेको छ र हाल अनलाइनमार्फत पनि यी खाद्यान्न उपभोक्ताको घरसम्म पुर्याउँदै आएको छ ।मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी र नुनमा सरकारले तोकेको मूल्यमा छुट दिनेछ भने दुग्ध विकास संस्थानले आफ्ना डिलर वा बिक्री केन्द्रमार्फत घिउ, पनिर लगायतमा छुट दिनेछ । कम्पनी, संस्थान र कर्पोरसनले खाद्यान्नमा छुट दिए बापत सरकारले अनुदानस्वरूप रकम उपलब्ध गराउने छ ।गोरखापत्रबाट

चाडपर्व लक्षित सुपथ मूल्य पसल थप्ने सरकारको तयारी

काठमाडौं ।

दसैँ, तिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गरेर सरकारले सञ्चालन गर्ने सहुलियत मूल्यका पसल अघिल्लो वर्षभन्दा थपिने भएका छन् । सरकारले अघिल्ला वर्षभन्दा यो वर्ष केही पसल थपेर एकीकृत सहुलियत मूल्य पसल सञ्चालनको तयारी थालेको छ ।

यस वर्ष कोभिड­–१९ का कारण भीडभाड कम गर्ने अभिप्रायले सरकारले गत वर्षभन्दा केही पसल थपेर सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ । चाडपर्वमा उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले सरकारले हरेक वर्ष यस्ता सहुलियत मूल्य पसल सञ्चालन गर्ने गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कम्पनी र दुग्ध विकास संस्थानले संयुक्त वा आआफ्नो किसिमले सहुलियत मूल्य पसल सञ्चालन गर्नेगरी तयारी भइरहेको छ । मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले यस वर्ष दसैँ, तिहार लगायतका चाडपर्व ढिला भएकाले भर्खर तयारी थालिएको बताइन् । दसैँ आउन १५ दिन अगाडि नै सहुलियत मूल्य पसल सञ्चालन गर्नेगरी मन्त्रालयले गृहकार्य थालेको जानकारी उनले दिइन् ।

उनका अनुसार यसबारे सम्बन्धित सरोकारवालासँग एक/दुई चरणमा छलफल भइसकेको छ । अब मन्त्रीसँग हुने छलफलले अन्तिम रूप दिनेछ र पसल सञ्चालनका लागि मिति पनि तय गर्नेछ । सहप्रवक्ता केसीले यो वर्ष कोभिड–१९ को स्वास्थ्य जोखिमलाई ध्यान दिएर केही पसल थप्ने गर्नेगरी छलफल गरिएको र थपिने सङ्ख्याको टुङ्गो नलागेको पनि जानकारी दिइन् ।

यसपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यका र सुर्खेतमा सञ्चालन गर्दै आएको अनलाइनमार्फत सरकारले तोकेको सहुलियत मूल्यमा उपभोक्ताको घरसम्म पुर्याइने व्यवस्था हुने पनि मन्त्रालयले जानकारी गराएको छ । खाद्य कम्पनीले अघिल्ला वर्षमा चामल, तीतेफापर, कर्णालीको सिमीको मात्रै कारोबार गर्ने गरेको भए पनि यो वर्षदेखि चामल, दाल, गेडागुडी, तेल, आँटा लगायतका खाद्यान्न खरिद गर्ने सुरु गरेको छ र हाल अनलाइनमार्फत पनि यी खाद्यान्न उपभोक्ताको घरसम्म पुर्याउँदै आएको छ ।

मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी र नुनमा सरकारले तोकेको मूल्यमा छुट दिनेछ भने दुग्ध विकास संस्थानले आफ्ना डिलर वा बिक्री केन्द्रमार्फत घिउ, पनिर लगायतमा छुट दिनेछ । कम्पनी, संस्थान र कर्पोरसनले खाद्यान्नमा छुट दिए बापत सरकारले अनुदानस्वरूप रकम उपलब्ध गराउने छ ।गोरखापत्रबाट

सम्बन्धित समाचारहरु