#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व410223821128896927461530618871
नेपाल1391297654175596609
काठमाडौं ।एक राजनीतिकर्मीले लेखेको ‘महारानी’ उपन्यासमा तत्कालीन बाइसेचौबीसे राज्यकालमा साना राज्यबीचमा हुने पारस्परिक खिचातानी, जालझेलबाट पार पाउनका लागि राजारजौटाले अपनाउने कूटनीति, चालबाजी लगायत ऐतिहासिक विषयवस्तु समेटिएको छ ।राजनीतिकर्मी चन्द्रप्रकाश बानियाँको ऐतिहासिक राजनीतिक विषयवस्तुको उपन्यासले नै गत वर्षको मदन पुरस्कार जितेको घोषणा गरिएको छ । म्याग्दी जिल्लाबाट निर्वाचित पूर्वसांसद चन्द्रप्रकाश बानियाँदवारा लेखिएको सो उपन्यासमा पितृसत्तात्मक सामन्ती व्यवस्थाको संरचनामामा महिलालाई वस्तुकरण गरिएको सन्दर्भलाई समेत उठान गरिएको छ ।‘महारानी’मा मुख्य नायिकाको कारुणिक र संवेदनशील अवस्थाको चित्रण गरिएको छ । तत्कालीन राजनीतिक खिचातानी र स्वार्थमा महिलाको शरीरसमेत संवेदनहीन भई उपयोग गरिन्थ्यो भन्ने समयविम्ब समेत समेटिएको म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक रेखाकौशल रेग्मीले बताए।उनले ऐतिहासिक पक्षको अन्वेषण र उजागर गर्ने कृतिकारको अथक साधनालाई मदन पुरकार प्रदान गर्ने घोषणाले न्याय गरेको टिप्पणी पनि गरे । ‘‘ धौलागिरि क्षेत्रकै साहित्यले गर्व गर्ने दिन बनेको छ, खोज र अनुसन्धानात्मकताले नै कृति योग्य ठहरिएको हुनुपर्छ’’, उनले भने ।बेनी नगरपालिका–५ पुला भीरमुनि घर भई साहित्यिक र म्याग्दीको खोजमूलक लेखनमा सक्रिय बानियाँले प्राप्त गरेको पुरस्कार जिल्लाबाटै प्राप्त अहिलेसम्मकै उच्च तहको पुरस्कारका रुपमा हेरिएको छ ।दर्जनौं पुस्तक प्रकाशन गरिसकेका बानियाँ कथा, उपन्यास लगायत रचनासँगै स्तम्भ र समसामयिक विषयमा कलम चलाउँदै निरन्तर क्रियाशील छन् । उनले यसअघि प्रकाशन गरेका ऐतिहासिक पर्वत राज्य र मृत्युसंस्कार मन्थन पुस्तक निकै लोकप्रिय मानिन्छन् । बानियाँको भौँज्याहा पुस्तक प्रकाशनको तयारीमा छ । महारानीलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।

मदन पुरस्कार विजेता ‘महारानी’ मा महिलाको कारुणिक र संवेदनशील अवस्थाको चित्रण

काठमाडौं ।

एक राजनीतिकर्मीले लेखेको ‘महारानी’ उपन्यासमा तत्कालीन बाइसेचौबीसे राज्यकालमा साना राज्यबीचमा हुने पारस्परिक खिचातानी, जालझेलबाट पार पाउनका लागि राजारजौटाले अपनाउने कूटनीति, चालबाजी लगायत ऐतिहासिक विषयवस्तु समेटिएको छ ।

राजनीतिकर्मी चन्द्रप्रकाश बानियाँको ऐतिहासिक राजनीतिक विषयवस्तुको उपन्यासले नै गत वर्षको मदन पुरस्कार जितेको घोषणा गरिएको छ । म्याग्दी जिल्लाबाट निर्वाचित पूर्वसांसद चन्द्रप्रकाश बानियाँदवारा लेखिएको सो उपन्यासमा पितृसत्तात्मक सामन्ती व्यवस्थाको संरचनामामा महिलालाई वस्तुकरण गरिएको सन्दर्भलाई समेत उठान गरिएको छ ।

‘महारानी’मा मुख्य नायिकाको कारुणिक र संवेदनशील अवस्थाको चित्रण गरिएको छ । तत्कालीन राजनीतिक खिचातानी र स्वार्थमा महिलाको शरीरसमेत संवेदनहीन भई उपयोग गरिन्थ्यो भन्ने समयविम्ब समेत समेटिएको म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक रेखाकौशल रेग्मीले बताए।

उनले ऐतिहासिक पक्षको अन्वेषण र उजागर गर्ने कृतिकारको अथक साधनालाई मदन पुरकार प्रदान गर्ने घोषणाले न्याय गरेको टिप्पणी पनि गरे । ‘‘ धौलागिरि क्षेत्रकै साहित्यले गर्व गर्ने दिन बनेको छ, खोज र अनुसन्धानात्मकताले नै कृति योग्य ठहरिएको हुनुपर्छ’’, उनले भने ।

बेनी नगरपालिका–५ पुला भीरमुनि घर भई साहित्यिक र म्याग्दीको खोजमूलक लेखनमा सक्रिय बानियाँले प्राप्त गरेको पुरस्कार जिल्लाबाटै प्राप्त अहिलेसम्मकै उच्च तहको पुरस्कारका रुपमा हेरिएको छ ।

दर्जनौं पुस्तक प्रकाशन गरिसकेका बानियाँ कथा, उपन्यास लगायत रचनासँगै स्तम्भ र समसामयिक विषयमा कलम चलाउँदै निरन्तर क्रियाशील छन् । उनले यसअघि प्रकाशन गरेका ऐतिहासिक पर्वत राज्य र मृत्युसंस्कार मन्थन पुस्तक निकै लोकप्रिय मानिन्छन् । बानियाँको भौँज्याहा पुस्तक प्रकाशनको तयारीमा छ । महारानीलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार