#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4294644611548571011858331673006
नेपाल15523384246057108334
विश्व नम्बर एक तथा सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले इटालियन ओपन टेनिसको उपाधि जितेका छन् ।सोमबार राति रोममा सम्पन्न फाइनलमा अर्जेन्टिनाका डिएगो स्वार्टजम्यानलाई पराजित गर्दै जोकोभिचले उपाधि जितेका हुन् ।सर्बियन जोकोभिचले डिएगोमाथि ७–५ र ६–३ को सेटमा जित निकाले । यससँगै जोकोभिचले पाँचौ पटक इटालियन ओपनको उपाधि जितेका छन् । ३६ औं पटक मास्टर्स उपाधि जितेसँगै उनी यो उपाधि सर्वाधिक धेरै जित्ने खेलाडी पनि बनेका छन् ।उनले ३५ मास्टर्स उपाधि जितेका राफायल नाडालको कीर्तिमान भङ्ग गरेका हुन् ।

इटालियन ओपनको उपाधि जितेका जोकोभिचले बनाए विश्व रेकर्ड

विश्व नम्बर एक तथा सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले इटालियन ओपन टेनिसको उपाधि जितेका छन् ।

सोमबार राति रोममा सम्पन्न फाइनलमा अर्जेन्टिनाका डिएगो स्वार्टजम्यानलाई पराजित गर्दै जोकोभिचले उपाधि जितेका हुन् ।

सर्बियन जोकोभिचले डिएगोमाथि ७–५ र ६–३ को सेटमा जित निकाले । यससँगै जोकोभिचले पाँचौ पटक इटालियन ओपनको उपाधि जितेका छन् । ३६ औं पटक मास्टर्स उपाधि जितेसँगै उनी यो उपाधि सर्वाधिक धेरै जित्ने खेलाडी पनि बनेका छन् ।

उनले ३५ मास्टर्स उपाधि जितेका राफायल नाडालको कीर्तिमान भङ्ग गरेका हुन् ।

सम्बन्धित समाचारहरु