#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व410225381128899927461630619023
नेपाल1391297654175596609
झापा ।कोरोना संक्रमणका कारण सोमबार झापामा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेची नगरपालिका–५ निवासी ७२ वर्षीया वृद्धा रहेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लगाइँले जानकारी दिए ।श्वासप्रश्वासमा समस्या भएपछि एक साता अघि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरानमा उपचाररत रहेकी वृद्धाको सोमबार निधन भएको हो । योसँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या झापामा चार पुगेको छ ।झापामा हालसम्म सात सय ९१ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । २४ हजार ६६५ जनाको कोरोना परीक्षण गर्दा ७९१ जनालाई कोरोना सङ्क्रमण देखिएको हो । कोरोना सङ्क्रमितमध्ये ६७८ जनाले कोरोना जितेर घर फर्किएका छन् भने ११० जना उपचारकै क्रममा रहेको चम्लगाइँले जानकारी दिए।रासस

कोरोना सङ्क्रमणका कारण झापामा एक वृद्धाको मृत्यु

झापा ।

कोरोना संक्रमणका कारण सोमबार झापामा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेची नगरपालिका–५ निवासी ७२ वर्षीया वृद्धा रहेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लगाइँले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या भएपछि एक साता अघि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरानमा उपचाररत रहेकी वृद्धाको सोमबार निधन भएको हो । योसँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या झापामा चार पुगेको छ ।

झापामा हालसम्म सात सय ९१ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । २४ हजार ६६५ जनाको कोरोना परीक्षण गर्दा ७९१ जनालाई कोरोना सङ्क्रमण देखिएको हो । कोरोना सङ्क्रमितमध्ये ६७८ जनाले कोरोना जितेर घर फर्किएका छन् भने ११० जना उपचारकै क्रममा रहेको चम्लगाइँले जानकारी दिए।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार