#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4350382311611091036059931982115
नेपाल15983086243293115675
काठमाडौं ।विगत ६ महिनादेखि कोभिड १९ का कारण थलिएको चलचित्र क्षेत्र अहिले विस्तारै तङ्ग्रिन थालेको छ । नेपालमा लकडाउन सुरु भएपछि चलचित्रको निर्माण र प्रदर्शन शुन्य बनेकोमा सोमबार चलचित्र ‘हिँड्दा–हिँड्दै’को शुभ मुर्हत गरिएको छ । शुभ मुर्हत भएसँगै उक्त चलचित्र लकडाउनपछि घोषणा गरिएको पहिलो चलचित्र समेत बनेको छ ।चलचित्र ‘हिँड्दा–हिँड्दै’ नारायण शुसिल पंगेनी इन्टरटेन्मेन्ट प्रा.लिको ब्यानरमार्फत निर्माण हुन लागेको हो । जसको मुख्य कलाकारहरुमा अभिनेताद्वय आकाश श्रेष्ठ, सलोन बस्नेत र नवअभिनेत्री रेखा शाह अनुबन्धित भएका छन् ।दिल लामा, राजकुमार थिङ, र पारस गुरुङको लगानीमा बन्न लागेको उक्त चलचित्रलाई सुशील पंगेनीले लेखेका छन् । चलचित्रका गितहरुमा बसन्त सापकोटाको संगित रहनेछ भने कविराज गहतराजको कोरियोग्राफी रहनेछ । त्यस्तै चलचित्रमा मिलन आलेमगरको निर्देशन, सुमन कुमार तन्डुकारको छायाँकन र देव महर्जनको द्वन्द्व रहनेछ ।सरकारले खाद्यान्न लगायत विभिन्न अत्यावश्यक क्षेत्रहरु खोल्न अनुमति दिए पनि चलचित्र क्षेत्र भने सन्चालन गर्न दिएको छैन । जसकारण चलचित्रको शुभ मुर्हत अहिले भए पनि छायांकनको लागि फ्लोरमा भने नेपाल सरकारबाट नयाँ निर्देशन प्राप्त भएपछि मात्र जाने निर्माण पक्षले जानकारी दिएको छ । हेरौं यो भिडियोमा :https://youtu.be/yrNWMwKfdD8 

कोरोना कहरमै नवनायिका रेखासँग फिल्म खेल्दै आकाश र सलोन (भिडियोसहित)

काठमाडौं ।

विगत ६ महिनादेखि कोभिड १९ का कारण थलिएको चलचित्र क्षेत्र अहिले विस्तारै तङ्ग्रिन थालेको छ । नेपालमा लकडाउन सुरु भएपछि चलचित्रको निर्माण र प्रदर्शन शुन्य बनेकोमा सोमबार चलचित्र ‘हिँड्दा–हिँड्दै’को शुभ मुर्हत गरिएको छ । शुभ मुर्हत भएसँगै उक्त चलचित्र लकडाउनपछि घोषणा गरिएको पहिलो चलचित्र समेत बनेको छ ।

चलचित्र ‘हिँड्दा–हिँड्दै’ नारायण शुसिल पंगेनी इन्टरटेन्मेन्ट प्रा.लिको ब्यानरमार्फत निर्माण हुन लागेको हो । जसको मुख्य कलाकारहरुमा अभिनेताद्वय आकाश श्रेष्ठ, सलोन बस्नेत र नवअभिनेत्री रेखा शाह अनुबन्धित भएका छन् ।

दिल लामा, राजकुमार थिङ, र पारस गुरुङको लगानीमा बन्न लागेको उक्त चलचित्रलाई सुशील पंगेनीले लेखेका छन् । चलचित्रका गितहरुमा बसन्त सापकोटाको संगित रहनेछ भने कविराज गहतराजको कोरियोग्राफी रहनेछ । त्यस्तै चलचित्रमा मिलन आलेमगरको निर्देशन, सुमन कुमार तन्डुकारको छायाँकन र देव महर्जनको द्वन्द्व रहनेछ ।

सरकारले खाद्यान्न लगायत विभिन्न अत्यावश्यक क्षेत्रहरु खोल्न अनुमति दिए पनि चलचित्र क्षेत्र भने सन्चालन गर्न दिएको छैन । जसकारण चलचित्रको शुभ मुर्हत अहिले भए पनि छायांकनको लागि फ्लोरमा भने नेपाल सरकारबाट नयाँ निर्देशन प्राप्त भएपछि मात्र जाने निर्माण पक्षले जानकारी दिएको छ । हेरौं यो भिडियोमा :

 

सम्बन्धित समाचारहरु