#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4454226511757281078753532579002
नेपाल16235488739643121824
साउदी अरेबिया ।विश्वभर फैलिएको कोभिड-१९ को संक्रमणबाट साउदी अरेबियामा कार्यरत ६६ जना नेपालीको मृत्यु भएको छ भने ४ हजार ४ सय संक्रमित भएका छन्।साउदी जेद्धा वाणिज्य दूतावास कन्सुल भूवन पौड्यालका अनुसार जेद्धा रिजनमा कोरोनाबाट हालसम्म १४ जना नेपालीको मृत्यु भएको छ। दूतावास रियादले ५२ जना नेपालीको कोरोनाबाट मृत्यु भएको जानकारी गराएको छ।साउदीमा कोरोना संक्रमणबाट रोजगार गुमाएर वा कन्ट्याक्ट सकाएर स्वदेश फिर्ताको लागि तयार रहेका नेपाली निकै समस्यामा परेका छन् । स्वदेश फिर्ताको लागि नेपाली दूतावासबाट नामावली सार्वजनिक हुनु पर्ने, समयमा हवाई उडान नहुने, हवाई टिकट मूल्य साविकभन्दा बढी तिर्नु पर्ने, ट्राभल एजेन्सीले सही समय व्यवस्थापन नगरिदिने, एयरलाइन्स अनुसार पीसीआर रिपोर्ट उपलब्ध गराउनु पर्ने आदि विविध झन्झटिलो प्रक्रियाले निराश भएका छन्।वाणिज्य दूतावास जेद्धाका अनुसार स्वदेश फिर्ताको लागि तत्काल २ हजार ६ सय नेपाली तयार रहनुको साथै सेप्टेम्बर महिनामा जेद्धा शहरबाट ३ उडान हुनेछन् भने ७ सय ७० जना स्वदेश फिर्ता हुनेछन्।दूतावास रियादका अनुसार साउदीबाट हालसम्म १० हजार नेपाली स्वदेश फिर्ता भएका छन् । तत्कालका लागि थप १० हजार नेपालीलाई स्वदेश फिर्ता पठाउने तयारीमा रहेको र सेप्टेम्बर महिनामा १२ उडान हुनुको साथै थप उडानको लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनुका साथै उडान व्यवस्थापनमा समेत लागिपरेको जनाएको छ।अन्नपूर्णबाट

कोरोनाबाट साउदीमा ६६ जना नेपालीको मृत्यु, संक्रमित कति ?

साउदी अरेबिया ।

विश्वभर फैलिएको कोभिड-१९ को संक्रमणबाट साउदी अरेबियामा कार्यरत ६६ जना नेपालीको मृत्यु भएको छ भने ४ हजार ४ सय संक्रमित भएका छन्।

साउदी जेद्धा वाणिज्य दूतावास कन्सुल भूवन पौड्यालका अनुसार जेद्धा रिजनमा कोरोनाबाट हालसम्म १४ जना नेपालीको मृत्यु भएको छ। दूतावास रियादले ५२ जना नेपालीको कोरोनाबाट मृत्यु भएको जानकारी गराएको छ।

साउदीमा कोरोना संक्रमणबाट रोजगार गुमाएर वा कन्ट्याक्ट सकाएर स्वदेश फिर्ताको लागि तयार रहेका नेपाली निकै समस्यामा परेका छन् । स्वदेश फिर्ताको लागि नेपाली दूतावासबाट नामावली सार्वजनिक हुनु पर्ने, समयमा हवाई उडान नहुने, हवाई टिकट मूल्य साविकभन्दा बढी तिर्नु पर्ने, ट्राभल एजेन्सीले सही समय व्यवस्थापन नगरिदिने, एयरलाइन्स अनुसार पीसीआर रिपोर्ट उपलब्ध गराउनु पर्ने आदि विविध झन्झटिलो प्रक्रियाले निराश भएका छन्।

वाणिज्य दूतावास जेद्धाका अनुसार स्वदेश फिर्ताको लागि तत्काल २ हजार ६ सय नेपाली तयार रहनुको साथै सेप्टेम्बर महिनामा जेद्धा शहरबाट ३ उडान हुनेछन् भने ७ सय ७० जना स्वदेश फिर्ता हुनेछन्।

दूतावास रियादका अनुसार साउदीबाट हालसम्म १० हजार नेपाली स्वदेश फिर्ता भएका छन् । तत्कालका लागि थप १० हजार नेपालीलाई स्वदेश फिर्ता पठाउने तयारीमा रहेको र सेप्टेम्बर महिनामा १२ उडान हुनुको साथै थप उडानको लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनुका साथै उडान व्यवस्थापनमा समेत लागिपरेको जनाएको छ।अन्नपूर्णबाट

सम्बन्धित समाचारहरु