#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4454226511757281078753532579002
नेपाल16235488739643121824
काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले साेमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरिक्षण गरेका छन् ।विश्व महामारीको रुप लिएको कोभिड १९ का कारण गत चैत दोस्रो हप्तादेखि बन्द आन्तरिक उडान साेमबारबाट पुनः संचालनमा आएपछि मन्त्री भट्टराई त्यहाँको वस्तुस्थिती अवलोकन गर्न विमानस्थल पुगेका हुन् ।सो क्रममा मन्त्री भट्टराईले यात्रुहरुको चापको अवस्था, स्वास्थ्य सम्वन्धी प्रोटोकलको पालना लगायतका कुराहरुको अवलोकन गरेका थिए । साथै आवश्यक स्वास्थ्य सर्तकताका उपायहरुको प्रभावकारी पालनाका लागि नागरिक उडड्यन प्राधिकरणलाई निर्देशनसमेत दिए ।मन्त्री भट्टराईले पर्यटन मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यालय पुगेर भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको विभिन्न डिजाइनहरुको समेत अवलोकन गरेका थिए । यस विमानस्थलको काम करिव ९२ प्रतिशत सकिएको छ ।आगामी डिसेम्बर सम्म सबै काम सम्पन्न गरि मार्चबाट संचालनमा ल्याउने लक्ष्य राखिएको यस विमानस्थलमा विद्युतीय उपकरण जडानको काम बाँकी छ । यसका लागि विदेशबाट जनशक्ति ल्याउनु पर्ने तर कोभिडका कारण जनशक्ति आउन ढिलाई भइरहेको छ । भिडियाे :https://youtu.be/KSQvNpLiLPE   

साेमबारबाट आन्तरिक उडान शुरू, यस्तो छ नयाँ नियम (भिडियाेसहित)

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले साेमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरिक्षण गरेका छन् ।

विश्व महामारीको रुप लिएको कोभिड १९ का कारण गत चैत दोस्रो हप्तादेखि बन्द आन्तरिक उडान साेमबारबाट पुनः संचालनमा आएपछि मन्त्री भट्टराई त्यहाँको वस्तुस्थिती अवलोकन गर्न विमानस्थल पुगेका हुन् ।

सो क्रममा मन्त्री भट्टराईले यात्रुहरुको चापको अवस्था, स्वास्थ्य सम्वन्धी प्रोटोकलको पालना लगायतका कुराहरुको अवलोकन गरेका थिए । साथै आवश्यक स्वास्थ्य सर्तकताका उपायहरुको प्रभावकारी पालनाका लागि नागरिक उडड्यन प्राधिकरणलाई निर्देशनसमेत दिए ।

मन्त्री भट्टराईले पर्यटन मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यालय पुगेर भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको विभिन्न डिजाइनहरुको समेत अवलोकन गरेका थिए । यस विमानस्थलको काम करिव ९२ प्रतिशत सकिएको छ ।

आगामी डिसेम्बर सम्म सबै काम सम्पन्न गरि मार्चबाट संचालनमा ल्याउने लक्ष्य राखिएको यस विमानस्थलमा विद्युतीय उपकरण जडानको काम बाँकी छ । यसका लागि विदेशबाट जनशक्ति ल्याउनु पर्ने तर कोभिडका कारण जनशक्ति आउन ढिलाई भइरहेको छ । भिडियाे :

 

 

 

सम्बन्धित समाचारहरु