#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4586888811929841146432733211577
नेपाल16823592038357128958
काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संवैधानिक निकायमा पदपूर्तिको काम अगाडि बढाउन सरकारलाई सुझाव दिएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले त्यस्तो सुझाव दिएको हो । संवैधानिक निकायमा नियुक्ति प्रक्रिया अगाडि बढाउन सरकारलाई सुझाव दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।त्यस्तै वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर बढाएसँगै बैंकहरुको निक्षेप संकलन पनि बढेको छ । नेपाल बैंकर्स संघकाअनुसार असोज पहिलो सातामै वाणिज्य बैंकहरुले २१ अर्ब रुपैयाँले निक्षेप संकलनमा वृद्धि गरेका हुन् ।विश्वभरको दुई तिहाइ जनसंख्या प्रतिनिधित्व गर्ने १ सय ५६ देशले कोरोना भाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान कोभ्याक्समा सहभागिता जनाएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । तर यस कोभ्याक्स अभियानमा अमेरिका र चीन भने सामेल भएका छैनन् ।त्यस्तैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंलाई लक्षित गर्दै ३ हजार खसी/बोका र च्याङ्ग्रा खरिद गर्ने भएको छ । हरेक वर्ष खसी/बोका किनेर सर्वसुलभ रुपमा बिक्री गर्दै आएको संस्थानले यो वर्ष ३ हजार खसी/बोका र च्याङ्ग्रा खरिद गर्ने भएको हो ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । मंगलबार राप्रपाका वरिष्ठ नेता दीपक बोहरा लगायतका नेताहरु कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालय पुगेर राप्रपा दर्ताका लागि निवेदन दिएका हुन् । तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त बीच एकीकरणपछि आज दल दर्ताका लागि निवेदन दिइएको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला.....https://youtu.be/HqONSHfNemI

संवैधानिक निकायमा नियुक्ति गर्न सरकारलाई नेकपाको सुझावदेखि निर्वाचन आयोगमा राप्रपा दर्ताका लागि निवेदनसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संवैधानिक निकायमा पदपूर्तिको काम अगाडि बढाउन सरकारलाई सुझाव दिएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले त्यस्तो सुझाव दिएको हो । संवैधानिक निकायमा नियुक्ति प्रक्रिया अगाडि बढाउन सरकारलाई सुझाव दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर बढाएसँगै बैंकहरुको निक्षेप संकलन पनि बढेको छ । नेपाल बैंकर्स संघकाअनुसार असोज पहिलो सातामै वाणिज्य बैंकहरुले २१ अर्ब रुपैयाँले निक्षेप संकलनमा वृद्धि गरेका हुन् ।

विश्वभरको दुई तिहाइ जनसंख्या प्रतिनिधित्व गर्ने १ सय ५६ देशले कोरोना भाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान कोभ्याक्समा सहभागिता जनाएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । तर यस कोभ्याक्स अभियानमा अमेरिका र चीन भने सामेल भएका छैनन् ।

त्यस्तैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंलाई लक्षित गर्दै ३ हजार खसी/बोका र च्याङ्ग्रा खरिद गर्ने भएको छ । हरेक वर्ष खसी/बोका किनेर सर्वसुलभ रुपमा बिक्री गर्दै आएको संस्थानले यो वर्ष ३ हजार खसी/बोका र च्याङ्ग्रा खरिद गर्ने भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । मंगलबार राप्रपाका वरिष्ठ नेता दीपक बोहरा लगायतका नेताहरु कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालय पुगेर राप्रपा दर्ताका लागि निवेदन दिएका हुन् । तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त बीच एकीकरणपछि आज दल दर्ताका लागि निवेदन दिइएको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु