कञ्चन गाउँपालिकाद्धारा दोस्रो चरणको राहत वितरण (फोटो फिचर)

कञ्चन गाउँपालिकाद्धारा दोस्रो चरणको राहत वितरण (फोटो फिचर)


बुटवल ।
रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकाले आफ्नो ५ वटा वडाका ८ सय ७० परिवारलाई दोस्रो चरणको राहत वितरण गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण लामो सयमदेखि देशभर लकडाउन गरिएको छ । लकडाउन भएसँगै रोजगारीका अवसर गुम्दा ज्यालादारीमा काम गर्ने मजदुरहरुलाई छाक टार्न मुश्किल परेका कारण गाउँपालिकाले राहत वितरण गरेको हो ।

राहत सामाग्रीमा प्रत्येक परिवारलाई १५ किलो चामल, १ किलो दाल, १ किलो नुन, १ लिटर तेल, साबुन लगायतका सामान रहेका छन् । आर्थिक स्थिति कमजोर भएका मजदूरी गरेर बिहान, बेलुकाको छाक टार्ने परिवारलाई राहत वितरण गरिएको कञ्चन गाउँकार्यपालिका वार्ड नम्बर ४ का अध्यक्ष दुर्गा क्षेत्रीले बताए ।

लकडाउनको समयावधि बढेको खण्डमा तेस्रो चरणको राहत सामाग्री बाड्न पनि गाउँपालिका तयार रहेको उनको भनाइ छ । रुद्रपुर सामुदायिक वन उपभोक्त समिति र कञ्चन गाउँपालिकाले संयुक्त रुपमा राहत सामाग्री वितरण गरेको हो ।

तस्वीरहरु राजेश बिके/ केन्द्रबिन्दु

Logo