उपेन्द्र यादव र महन्थ ठाकुरको योजनामा ‘इस्तिमा’ र कोरोनाको महामारी !

उपेन्द्र यादव र महन्थ ठाकुरको योजनामा ‘इस्तिमा’ र कोरोनाको महामारी !


  • किशोर  विश्वास ।

यो लेख तयार गर्दासम्म नेपालमा ३० जनामा कोरोना भाइरस ‘कोभिड १९’ ‘पोजेटिभ’ देखिएको छ । दुःखको कुरा के छ भने यी ३० मध्ये २१ जना भारतबाट आएकाहरुमा ‘पोजेटिभ’ देखिएको हो ।

अझ त्योभन्दा दुर्भाग्यपूर्ण पक्ष त के छ भने यी २१ मध्ये १५ जना तब्लीगी जमातीहरू रहेका छन् । अर्थात सम्पूर्ण कोरोना संक्रमितहरु मध्ये ५० प्रतिशत भारतको दिल्लीस्थित निजामुद्धिन मर्कसवाट भागेर नेपाल आएकाहरुमा देखिएको छ । शुक्रबार उदयपुर जिल्लाको त्रियुगा नपा. ३ भुल्कियास्थित मस्जितमा फेलापरेका १२ कोरोना संक्रमितहरु पनि सोही मर्कसवाट भागेर आएकाहरु नै हुन् ।

नेपाल सरकारले निकालेको ‘ट्राभल हिस्ट्री’ यात्रा विवरण अनुसार उनीहरु चार महिनाअघि नै भारतबाट नेपाल छिरेका हुन् । त्यसपछि उनीहरु विभिन्न मस्जित हुँदै उदयपुर आएका हुन् । ती जमातीहरु ४ महिना अघि नेपाल आएको कुरा सत्य नै होला । उनीहरु नेपालको विभन्न मस्जितमा बस्दै गरेको र, सप्तरीको अन्तर्राष्ट्रिय धर्मिक सम्मेलन ‘इस्तिमा’मा भाग लिएको पनि सत्य हो । यस ‘ट्राभल हिस्ट्री’मा छुटेको एउटा सत्य चाहिँ के हो भने उनीहरु नेपाल पसे तर, वीचमा एकपटक भारत (चैत १० गतेदेखि दिल्लीस्थित निजामुद्धिन मर्कसमा आयोजित इस्तिमा) पनि पुगेर आए ।

भारतमा सुरुवातका कोरोना संक्रमितहरु मध्ये २५ प्रतिसत दिल्लीस्थित निजामुद्धिन मर्कसमा आयोजितमा भाग लिनेहरु रहेपछि आतंक मच्चिएको थियो । उक्त भेलाका आयोजकहरु मध्ये धेरैले पक्राउ खाइसेका छन् । त्यसमध्ये तब्लीगी जमातीको विश्व प्रमुख हजरत मौलान साद साहेब लगायत ७ जनालाई दुई दिनअघि पक्राउगरी मुद्धा लगाउन भारत सरकार सफल भएको छ । कट्टरपन्थी यो जमातीहरुले कोराना भाइरस फैल्याउन योजनाबद्ध ढंगले काम गरेको जगजाहेर छ ।

तर, दिल्ली मर्कसभन्दा बृहत्त र डरलाग्दो किसिमको अन्तर्राष्ट्रिय धार्मिक सम्मेलन ‘इस्तिमा’ नेपालको सप्तरी जिल्लामा पर्ने बोदे बर्साइन नगरपालिकाको वार्ड नं ५ जाँजर स्थित भाटिन गाऊँको खड्ग नदी किनारामा आयोजनागर्दा भने संघीय, प्रदेश र स्थानीय सरकारको समर्थन र स्वीकृति रहेको देखियो ।

फागुन ३,४ र ५ गते आयोजित उक्त ‘इस्तिमा’ नेपालको इतिहासमा नै सवैभन्दा ठूलो धार्मिक सम्मेलन रहेको पनि पुष्टि भइसकेको छ । र, संघीय सरकारलाई ठगेर, छलेर र गलत वयान दिएर आयोजना भएको पनि अर्को पुष्टि भएको छ । र, दिल्लीको निजामुद्धिन मर्कस र सप्तरीको बोदे बर्साइन नगरपालिकाको वार्ड नं ५ जाँजरमा आयोजित ‘इस्तिमा’को आयोजना एउटै तब्लीगी जमातीले गरेको र समान उद्धेश्यले गरेको पनि पुष्टि भएको छ ।

सप्तरीमा आयोजित ‘इस्तिमा’को ‘ग्राउण्ड रियालिटी’

नेपालको सप्तरी जिल्लामा पर्ने बोदे बर्साइन नगरपालिकाको वार्ड नं ५ जाँजर स्थित भाटिन गाऊँको खड्ग नदी किनारामा अन्तर्रा्ष्ट्रिय इस्लामिक सम्मेलन ‘इस्तिमा’ आयोजना गरिएको थियो । गत फागुन ३,४ र ५ गते आयोजित उक्त ‘इस्तिमा’मा नेपाल लगायत विश्वका (पहिला १५ देश मात्र पुष्टि भएको थियो ।) १८ देशका तब्लीगी जमातीहरुको सहभागिता रहेको थियो । उक्त इस्तिमामा नेपाल–भारत लगायत पाकिस्तान, बंगलादेश, अफगानस्तान, श्रीलंका, मलेसिया, इन्डोनेशिया, चिन, माल्दिभ्स, कतार, थाइल्याण्ड, दुवई, साउदी अरेविया, इरान, अष्ट्रेलियाका मौलानाहरु उपस्थित थिए । मुस्लिम समुदाय भित्रको पनि सुन्नी समुदायसँग सम्बन्धित तब्लीगी जमाती थियो त्यो ।

उनीहरु संसारमा नै कट्टरपन्थी मुस्लिम भनेर चिनिन्छन् ।सप्तरीको त्यस भेलामा उक्त जमातीका विश्व अध्यक्ष हजरत मौलान साद साहेब (हाल भारतमा पक्राऊ परेका) प्रमुख अतिथिको रुपमा उपस्थित थिए । उनीहरुको संगठन विश्वका १ सय ९४ देशमा फैलिसकेको छ ।

मुस्लिम कट्टरपन्थीहरुको सो सम्मेलनलाई सुरुमा गृहमन्त्रालयले भारतवाहेक अन्यदेशका नागरिक अबैधरुपमा सप्तरी आएको भन्दै रोक लगाएको थियो । तर, पछि बालुवाटारको निर्देशनमा सम्मेलन सुचारु गरिएको थियो । बालुवाटारलाई दवाव दिएर सभा सुरु गराउनमा मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारी र मूख्यमन्त्री मो.लालाबाबु राउत लगायत सफल भएका थिए । समिम र लालबाबु मात्र होइन बालुवाटारलाई मनाउन भारतीय खुफिया एजेन्सीको पनि मध्यस्तता रहेको पुष्टि भइसकेको छ ।

स्मरणिय के थियो भने त्यसवेलासम्ममा चीनमा कोरोनाको प्रभाव तिब्र हुँदै कोरिया लगायत इटाली र स्पेन छिरिसकेको थियो ।

र, त्यहीवेला १८ देशका मुस्लिम समुदायका जमातीहरु नेपालमा सम्मेलन गरिरहेका थिए । यिनै कट्टरपन्थी धार्मिक ब्यक्तिहरु केही समयपछि दिल्ली मर्कस पुगेका थिए । दिल्ली मर्कसवाट भागेर नेपाल भित्रने जग सप्तरीको त्यही सम्मेलनले तयार गरेको थियो । दिल्ली मर्कसको ‘इस्तिमा’ गर्ने डिजाईन् सप्तरीको त्यही सम्मेलनले गरेको थियो ।

जव भारत सरकारले अबैध रुपमा (लक डाउन भइसकेपछि) भेला गरेकाहरुको खोजी गर्न थाल्यो तव त्यस भेलामा भाग लिनेहरु भागेर चोरवाटोवाट नेपाल छिर्न थाले । हालसम्म मस्जिद र मदर्शाहरुमा भेटिएका १५ जना कोरोना संक्रमितहरु यसैको प्रमाण हुन् । उदयपुर त्रियुगा नपा.को भुल्किया स्थित मस्जिदमा भेटिएका एक दर्जन कोराना संक्रमितहरु तराईका मस्जिद र मदर्शामा असुरक्षा महसुस हुन थालेपछि पहाड उक्लिन थालेका हुन् ।

सप्तरी ‘इस्तिमा’को राजनीतिक संरक्षण कस्को ?

अन्तर्रा्ष्ट्रिय ‘इस्तिमा’ भएको प्रदेश नं २, सप्तरी जिल्ला, बोदे बर्साइन नगरपालिका, वार्ड नं ५, सम्मको स्थानीय सरकारको अवस्था हेर्दा यहाँ उपेन्द्र यादव अध्यक्ष रहेको समाजवादी पार्टी र अध्यक्ष मण्डल रहेको राष्ट्रिय जनता पार्टी (राजपा)को बर्चस्व र हालिमुहाली रहेको छ । सप्तरी जिल्ला उपेन्द्र यादवको चुनावी जिल्ला पनि हो । स्थानीय तहमा समेत यिनै दुई पार्टीको बर्चस्व रहेको छ ।

समाजवादी पार्टीको २ नं प्रदेश इन्चार्ज रेणु यादव हुन् । उनी पार्टीको केन्द्रीय उपाध्यक्ष समेत हुन् । त्यसैगरी यस प्रदेशको मूख्यमन्त्री मो.लालबाबु राउत पनि सोही पार्टीका केन्द्रीय उपाध्यक्ष नै हुन् । कार्यक्रम भएको बोदे बर्साइन नगरपालिकाका मेयर आतेस सिंह यादव समाजवादी पार्टीका हुन् भने कार्यक्रमस्थल वार्ड नं ५का वार्ड अध्यक्ष हुन् मो.मजेबुल मिया । उक्त ‘इस्तिमा’को संयोजक थिए, मो.गफुर मिया । उनी पनि राजपाका स्थानीय नेता हुन् ।

त्यसैगरी कार्यक्रम स्थल रहेको सप्तरी ४ ‘ख’ वाट प्रदेशसभामा अभिषेक कुमार यादवले चुनाव जितेका हुन् । प्रदेश सभा सांसद अभिषेक समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष तथा २ नं प्रदेश इन्चार्ज रेणु यादवका छोरा हुन् । मेयर आतेस सिंह यादव पनि रेणुका भतिज (देवरका छोरा) हुन् । पूर्व मन्त्री समेत रहेकी रेणु यादव समाजवादी पार्टीको सांसद (समानुपातिक) हुन् । सोही नगरपालिकाकी रेणुको स्थानीय तहमा पारिवारिक जालो मज्जासँग जेलिएको छ ।

राजपाका केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय सभाका सांसद बोदे बर्साइन् निवासी मृगेन्द्र कुमार सिंह यादव मेयर र प्रदेश सभासद्का काका र रेणु यादवका नातेदार हुन् ।

र, यस स्थानमा अन्तर्रा्ष्ट्रिय स्तरको ‘इस्तिमा’ आयोजना हुनुमा समाजवादी पार्टी र राजपाको ‘हाइकमाण्ड’देखि स्थानीय तहसम्मको संलग्नता, सक्रियता, पहल, योजना र रणनीति रहेको देखिन्छ । खासगरी समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय उपाध्यक्ष तथा २ नं प्रदेशका मूख्यमन्त्री मो. लालबाबु राउत र राजपाका अध्यक्ष मण्डलका सदस्यहरु तथा अध्यक्ष महन्थ ठाकुर यो ‘इस्तिमा’कोलागि सवै हिसावमा सक्रिय रहेको पक्ष घामजत्तिकै छर्लङ भइसकेको छ ।

दिल्ली कर्मसवाट भाग्नुको कारण

भारतको राजधानी नयाँ दिल्लीको निजामुद्धिन मर्कसमा लकडाउनपछि (गत चैत १० देखि) एउटा ठूलो इस्लामिक भेलाको आयोजना गरियो । उक्त मर्कसमा लगभग ७ हजार कट्टरपन्थी मौलानाहरुको उपस्थिति रहेको थियो । दुर्भाग्य त के भयो भने भारतमा कोराना भाइरस संक्रमितहरुको संख्याको २५ प्रतिसत रोगी त्यही कर्मसमा सहभागी जमातीमा देखियो । र, त्यो जमाती अहिले भारतभरी फैलिसकेको छ । र, भारतीय सरकारले त्यस भेलाका आयोजकहरुलाई धरपकड गरिरहेको छ । किनभने उनीहरुले सरकारको लकडाउनको आदेश उल्लंघन गरेर भेला आयोजना गरेका थिए ।

थप बिडम्बना त के छ भने त्यस जमातका मानिसहरु हिजोआज पनि चोर वाटोवाट नेपाल पसिरहेका छन् । १८ सय ५० किलोमिटर सिमा क्षेत्र खुला हुनु, नेपालमा राजनैतिक संरक्षण पाइनु र लुक्नकालागि सजिलै सेल्टर भेटिने हुनाले उनीहरु भारतमा भइरहेको कडाई सहन नसकेर नेपाल भित्रिरहेका हुन् । तर, हाल कोराना संक्रमित जमातीहरुले दिल्लीवाट भागेर आएको पक्ष लुकाइरहेका छन् । यसको पछिका कारण पनि २ नं प्रदेश सरकार, राजपा र समाजवादी पार्टी आदिको प्रशिक्षण, नीति र रणनीति नै हो ।

सरकार अझ सचेत हुनुपर्ने पक्ष

– प्रदेश दुईमा एउटा कथनी छ, ‘भारतसँग हाम्रो रोटी–बेटीको सम्बन्ध छ ।’ तर आज त्यही रोटी–बेटीको सम्बन्ध अभिसाप सावित हुँदैछ । अहिलेपनि उनीहरु छोरा–ज्वाँई वा छोरी–बुहारी (ससुराली र माइती) को रुपमा नेपाल–भारत आउने–जाने गरिरहेका छन् । चोर वाटो प्रयोग गरेर अहिले पनि सिमानामा आवतजावत भइरहेको छ ।

– भारतको दिल्लीस्थित निजामुद्धीन मर्कसमा आयोजित तब्लीगी जमातीको कार्यक्रममा भाग लिएर आएकाहरुमा कोरोना भाइरसको पुष्टिले संख्या बढाउँदै जाँदा पनि सरकारले उनीहरुका सेल्टरहरुको पहिचान गर्न सकेको छैन । त्यही सभामा सहभागी भएर फर्किएका हजारौं जमातीहरु नेपाल आएर बेपत्ता बनेका छन् । त्यसकारण देशभरीका मस्जित र मदर्शाहरुलाई तत्काल ‘सिल्ड’ गर्नुपर्नेमा सरकार रमिते बनेको छ ।

– अर्को कुरा, २ नं प्रदेशको जनकपुरमा रहेको प्रादेशिक अस्पताल लथालिंग छ । त्यसको स्तरोन्नती र कोरोना भाइरसको विरुद्धमा सहज बनाउने कार्य हुन सकेको छैन । २ नं प्रदेश सरकार निदाएर बसेको हुनाले संघीय सरकारले तत्काल हस्तक्षेपगरी जनकपुर अस्पताललाई कोरोना विरुद्धको पिसिआर मेसिन, भेन्ट्रिलेटर, आइसियुको ब्यवस्था सहितको कोरोना अस्पताल स्थापना गर्नुपर्दछ ।

– तत्काल ‘मास इस्क्रिनिङ’, ट्रेसिङ र ‘टेस्टिङ’ गर्ने कार्यलाई द्रुत बनाउनु पर्छ । २ नं प्रदेश सरकारले स्वास्थ्य जाँचको सवालमा गम्भीरता देखाएको छैन भन्ने हेक्का संघीय सरकारले राख्नु पर्छ ।

– भारतमा धरपकड भएपछि त्यो जमाती भागेर नेपाल पस्दै आएको यस अघि २०७६ चैत २६ र २०७७ बैशाख १ गते मैले लेख तथा विज्ञप्ती मार्फत सरकारको ध्यानाकर्षण गरेको थिए । तर, सरकारले यस यथार्थलाई अझै पनि गम्भिरताकासाथ बुझेको देखिदैन । जो दुर्भाग्यपूर्ण छ ।

निश्कर्ष

दिल्ली मर्कसवाट सयौंको संख्यामा भागेर आएकाहरु नेपाल पसेको यथार्थ मैले आफ्नै स्रोतका माध्यमवाट यसअघि नै खुलासा गरेको थिए । र, पटक पटक लेख र विज्ञप्ती मार्फत जानकारी दिएको पनि थिएँ । तर, सरकारको ध्यान आकर्षण भएको छैन ।

तराईको कञ्चनपुरदेखि झापासम्म र उदयपुर, मकवानपुर, काठमाडौं उपत्यका, धादिङ, गोर्खा, कास्की, तनहु लगायतका मस्जित र मदर्शाहरु ‘सिल्ड’ गरी आशंकित मौलाना र जमातीहरुलाई सरकारी क्वारेन्टाइनमा लगि टेष्टिङ गरिनु पर्दछ । कोरोना भाइरस महामारी नेपालमा फैल्याउने योजनाकार, मतियार र कुतत्वहरुलाई अबिलम्ब कानुनी कारवाही गर्नु पर्दछ ।

गृहमन्त्रालय, गृह प्रशासन, सुरक्षाका सवै निकायहरु अझ कडाइका साथ लाग्नु पर्छ । र, सवैको सक्रियतामा कोरोनाको ‘भुषको आगो’ तत्काल निभाउनु पर्छ । खलनायकहरुको पर्दाफास गरेर नेपाल र नेपालीलाई जोगाउनु पर्छ ।

( किशोर  विश्वास, बहुलराष्ट्रिय समाजवादी पार्टी नेपालका अध्यक्ष हुन् । )

Logo