#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4347801911608551034445131972713
नेपाल15983086243293115675
फाइल फोटो
काठमाडौं । संसदीय समितिले दिएका निर्देशनहरु सम्बन्धीत निकायले जिम्मेवारीपूर्वक कार्यान्वयन नगरेको सांसदहरुले बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरुले त्यस्तो बताएका हुन् । यस अघि दिएका विभिन्न निर्देशनहरुको कार्यान्वयनको अवस्थाको विषयमा छलफल गर्न राखेको बैठकमा उपस्थित सांसदहरुले समितिले यस अघि विभिन्न निकायलाई दिएको निर्देशनहरुको कार्यान्वयन नभएको दाबी गरेका छन् ।समितिले आफ्नो कार्यक्षेत्र अन्र्तगत रहेका मन्त्रालय, विभाग तथा त्यस अन्र्तगतका निकायहरुलाई विभिन्न समयमा दिएका निर्देशनहरुको कार्यान्वयनको विषयमा गम्भीर समीक्षा हुनुपर्नेमा सांसदहरुले जोड दिए । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले समितिले विभिन्न समयमा दिएका निर्देशनहरुको कार्यान्वयन फितलो भएको बताइन् । समितिको बैठकमा उपस्थित भएर मन्त्रीहरुले नै गलत रिपोर्टिङ दिने गरेकाले निर्देशनहरुको कार्यान्वयन जिम्मेवारीपूर्वक हुन नसकेको उनको भनाइ छ । साथै मन्त्रीले दिने रिपोर्टमा नै सत्यता नहुँदा कुनै पनि आयोजनाको निर्माण समयमा सम्पन्न हुन नसकेको उनको दाबी छ । कुनै पनि विषयमा समितिले छलफल गर्नु अघि त्यस क्षेत्रको स्थलगत अनुगमन गरी प्रतिवेदन तयार गर्नुपर्नेमा उनको जोड छ ।नेपाली कांग्रेसकी सांसद रगंमती शाहीले पछिल्लो समय कोभिडको बाहना बनाएर काम नगर्ने प्रवृति बढेको बताइन् । हुम्ला जिल्लामा कोभिडको असर नपरे पनि कर्णाली कोरिडोरको काम रोकिनु त्यसैको उदाहरण भएको भन्दै समितिले त्यस्ता विषयलाई पहिलो प्राथमिकतामा राखेर गम्भीर रुपमा निर्देशन दिनुपर्नेमा जोड दिइन् ।त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद केदार सिग्देलले कुनै पनि आयोजना गुणस्तरीय भए नभएको सम्बन्धमा समितिले दिएको निर्देशनहरु अहिलेसम्म पनि कार्यान्वयन नभएको देखिएको बताए । साथै आयोजनाको वर्गीकरण प्रष्ट नभएकाले संघ, प्रदेश र स्थानीय तहको प्रावधान स्पष्ट पार्न यस अघि दिएको निर्देशन अहिलेसम्म पनि कार्यान्वयन नभएको उनको भनाइ छ । साथै नेकपाकै सांसद यज्ञराज सुनुवारले अयोग्यहरुका लागि कोभिड–१९ बाहना बनेको आरोप लगाए । कुनै पनि निर्माण कार्य समयमा गर्न अयोग्य कम्पनी तथा निकायले कोभिडलाई बाहना बनाएर काम नगरेको उनले भनाइ छ । सबै क्षेत्रमा यस्तो प्रवृति देखिएकाले छुट्टै छलफल गरी निर्देशन दिनुपर्ने बताए । त्यस्तै चालु आर्थिक वर्षको चौमासिक सकिनै लाग्दा बजेट कार्यान्वयन के कति भएको छ भन्ने सम्बन्धमा समेत छलफल तथा समीक्षा गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।त्यस्तैगरी नेकपाकी सांसद ईन्दुकुमारी शर्माले सबैभन्दा बढी समस्या भौतिक पूर्वाधार क्षेत्रमा रहेको बताइन् । यसअघि समितिले दिएका निर्देशनहरु सबैभन्दा बढी भौतिक पूर्वाधार अन्तर्गत नै कार्यान्वयन नभएको उनको भनाइ छ ।बैठकमा सांसदहरुले कोभिडलाई कारण देखाउँदै काम नगर्ने प्रवृतिको अन्त्यका लागि समितिले उपसमिति गठन गरी अनुगमन गर्नुपर्ने बताएका छन् । सबै आयोजनाको अनुगमन गरी प्रतिवेदन तयार भएपछि मात्रै समितिको नियमित बैठक बसेर छलफल गरी आवश्यक निर्देशन दिनुपर्ने आवश्यकता देखिएको सांसदहरुले बताएका छन् ।

संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन नभएको सांसदको दाबी

फाइल फोटो

काठमाडौं । संसदीय समितिले दिएका निर्देशनहरु सम्बन्धीत निकायले जिम्मेवारीपूर्वक कार्यान्वयन नगरेको सांसदहरुले बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरुले त्यस्तो बताएका हुन् । यस अघि दिएका विभिन्न निर्देशनहरुको कार्यान्वयनको अवस्थाको विषयमा छलफल गर्न राखेको बैठकमा उपस्थित सांसदहरुले समितिले यस अघि विभिन्न निकायलाई दिएको निर्देशनहरुको कार्यान्वयन नभएको दाबी गरेका छन् ।

समितिले आफ्नो कार्यक्षेत्र अन्र्तगत रहेका मन्त्रालय, विभाग तथा त्यस अन्र्तगतका निकायहरुलाई विभिन्न समयमा दिएका निर्देशनहरुको कार्यान्वयनको विषयमा गम्भीर समीक्षा हुनुपर्नेमा सांसदहरुले जोड दिए । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले समितिले विभिन्न समयमा दिएका निर्देशनहरुको कार्यान्वयन फितलो भएको बताइन् । समितिको बैठकमा उपस्थित भएर मन्त्रीहरुले नै गलत रिपोर्टिङ दिने गरेकाले निर्देशनहरुको कार्यान्वयन जिम्मेवारीपूर्वक हुन नसकेको उनको भनाइ छ । साथै मन्त्रीले दिने रिपोर्टमा नै सत्यता नहुँदा कुनै पनि आयोजनाको निर्माण समयमा सम्पन्न हुन नसकेको उनको दाबी छ । कुनै पनि विषयमा समितिले छलफल गर्नु अघि त्यस क्षेत्रको स्थलगत अनुगमन गरी प्रतिवेदन तयार गर्नुपर्नेमा उनको जोड छ ।

नेपाली कांग्रेसकी सांसद रगंमती शाहीले पछिल्लो समय कोभिडको बाहना बनाएर काम नगर्ने प्रवृति बढेको बताइन् । हुम्ला जिल्लामा कोभिडको असर नपरे पनि कर्णाली कोरिडोरको काम रोकिनु त्यसैको उदाहरण भएको भन्दै समितिले त्यस्ता विषयलाई पहिलो प्राथमिकतामा राखेर गम्भीर रुपमा निर्देशन दिनुपर्नेमा जोड दिइन् ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद केदार सिग्देलले कुनै पनि आयोजना गुणस्तरीय भए नभएको सम्बन्धमा समितिले दिएको निर्देशनहरु अहिलेसम्म पनि कार्यान्वयन नभएको देखिएको बताए । साथै आयोजनाको वर्गीकरण प्रष्ट नभएकाले संघ, प्रदेश र स्थानीय तहको प्रावधान स्पष्ट पार्न यस अघि दिएको निर्देशन अहिलेसम्म पनि कार्यान्वयन नभएको उनको भनाइ छ । साथै नेकपाकै सांसद यज्ञराज सुनुवारले अयोग्यहरुका लागि कोभिड–१९ बाहना बनेको आरोप लगाए । कुनै पनि निर्माण कार्य समयमा गर्न अयोग्य कम्पनी तथा निकायले कोभिडलाई बाहना बनाएर काम नगरेको उनले भनाइ छ । सबै क्षेत्रमा यस्तो प्रवृति देखिएकाले छुट्टै छलफल गरी निर्देशन दिनुपर्ने बताए । त्यस्तै चालु आर्थिक वर्षको चौमासिक सकिनै लाग्दा बजेट कार्यान्वयन के कति भएको छ भन्ने सम्बन्धमा समेत छलफल तथा समीक्षा गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

त्यस्तैगरी नेकपाकी सांसद ईन्दुकुमारी शर्माले सबैभन्दा बढी समस्या भौतिक पूर्वाधार क्षेत्रमा रहेको बताइन् । यसअघि समितिले दिएका निर्देशनहरु सबैभन्दा बढी भौतिक पूर्वाधार अन्तर्गत नै कार्यान्वयन नभएको उनको भनाइ छ ।

बैठकमा सांसदहरुले कोभिडलाई कारण देखाउँदै काम नगर्ने प्रवृतिको अन्त्यका लागि समितिले उपसमिति गठन गरी अनुगमन गर्नुपर्ने बताएका छन् । सबै आयोजनाको अनुगमन गरी प्रतिवेदन तयार भएपछि मात्रै समितिको नियमित बैठक बसेर छलफल गरी आवश्यक निर्देशन दिनुपर्ने आवश्यकता देखिएको सांसदहरुले बताएका छन् ।

सम्बन्धित समाचारहरु