#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4347801911608551034445131972713
नेपाल15983086243293115675
काठमाडौं ।सरकारले कालोबजारी गर्ने व्यापारीहरुबाट जफत गरेको प्याज बिहीबारदेखि बिक्री वितरण गर्ने भएको छ ।सरकारले कालोबजारी गरेको आरोपसहित उपत्यकाका विभिन्न स्थानका व्यापारीहरुबाट जफत गरेको करिब १२ हजार केजी प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिहीबारदेखि बिक्री वितरण गर्ने भएको हो ।मंगलबार काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा वाणिज्य तथा आपूर्ति व्यवस्था विभाग, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र व्यवसायीसहित बसेको बैठकले बुधबारबाट बिक्री गर्ने निर्णय गरेको थियो । तर तयारी नपुगेको भन्दै कम्पनीले बिहीबारदेखि मात्रै विक्री गर्न लागिएको बताएको छ ।खाद्य व्यवस्था तथा व्यापार कम्पनीका योजना विभागका विभागीय प्रमुख सर्मिला सुवेदीले मंगलबार मात्रै निर्णय भएकाले उक्त प्याजलाई गोदामसम्म ल्याउन र बिक्रीको प्रबन्ध मिलाउन तयारी नपुगेका कारण बिहीबारबाट बिक्री वितरणको काम सुरु हुने बताइन् । उक्त प्याज ढुवानी लागत र प्याकेजिङ्गसहित प्रतिकेजी ६० रुपैयाँका दरले उपभोक्तालाई बिक्री गर्न लागिएको समेत उनले बताइन्।गत सातादेखि भारतले प्याज निर्यातमा रोक लगाएपछि व्यवसायीले कृत्रिम अभाव गराएर कालोबजारी गरेका थिए । बजारमा प्याजको भाउ अत्याधिक बढेपछि सरकारले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा अनुगमन गरेको थियो । त्यस क्रममा कालोबजारी गरेको भन्दै कालीमाटी र बल्खुमा रहेका दुईवटा पसल शिल गरिएको थियो । सोही पसलको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली गोदामबाट बिक्री गर्न लागिएको हो । प्याजमा कालोबजारी गर्ने व्यवसायीलाई बाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले कारबाही गरिसकेको छ ।

कालोबजारी गर्नेबाट जफत गरिएको प्याज प्रतिकेजी ६० रुपैंयाँमा बिक्री गरिंदै

काठमाडौं ।

सरकारले कालोबजारी गर्ने व्यापारीहरुबाट जफत गरेको प्याज बिहीबारदेखि बिक्री वितरण गर्ने भएको छ ।

सरकारले कालोबजारी गरेको आरोपसहित उपत्यकाका विभिन्न स्थानका व्यापारीहरुबाट जफत गरेको करिब १२ हजार केजी प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिहीबारदेखि बिक्री वितरण गर्ने भएको हो ।

मंगलबार काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा वाणिज्य तथा आपूर्ति व्यवस्था विभाग, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र व्यवसायीसहित बसेको बैठकले बुधबारबाट बिक्री गर्ने निर्णय गरेको थियो । तर तयारी नपुगेको भन्दै कम्पनीले बिहीबारदेखि मात्रै विक्री गर्न लागिएको बताएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका योजना विभागका विभागीय प्रमुख सर्मिला सुवेदीले मंगलबार मात्रै निर्णय भएकाले उक्त प्याजलाई गोदामसम्म ल्याउन र बिक्रीको प्रबन्ध मिलाउन तयारी नपुगेका कारण बिहीबारबाट बिक्री वितरणको काम सुरु हुने बताइन् । उक्त प्याज ढुवानी लागत र प्याकेजिङ्गसहित प्रतिकेजी ६० रुपैयाँका दरले उपभोक्तालाई बिक्री गर्न लागिएको समेत उनले बताइन्।

गत सातादेखि भारतले प्याज निर्यातमा रोक लगाएपछि व्यवसायीले कृत्रिम अभाव गराएर कालोबजारी गरेका थिए । बजारमा प्याजको भाउ अत्याधिक बढेपछि सरकारले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा अनुगमन गरेको थियो । त्यस क्रममा कालोबजारी गरेको भन्दै कालीमाटी र बल्खुमा रहेका दुईवटा पसल शिल गरिएको थियो । सोही पसलको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली गोदामबाट बिक्री गर्न लागिएको हो । प्याजमा कालोबजारी गर्ने व्यवसायीलाई बाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले कारबाही गरिसकेको छ ।

सम्बन्धित समाचारहरु