#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका रुपमा थप जिम्मेवारी नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बुधबार उपाध्यक्ष गौतम विरुद्धको रिट निवेदनको सुनुवाई गर्दै सर्वोच्च अदालतले त्यस्तो आदेश दिएको हो । सर्वोच्चको उक्त आदेशपछि केन्द्रबिन्दु अनलाइनसँग संक्षिप्त कुराकानी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधान र नेपाली जनताको जित भएको प्रतिक्रिया दिए ।त्यस्तै संसदीय समितिले दिएका निर्देशनहरु सम्बन्धीत निकायले जिम्मेवारीपूर्वक कार्यान्वयन नगरेको सांसदहरुले बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरुले त्यस्तो बताएका हुन् ।नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट ४ वर्षे कार्यकाल पूरा गर्दै कुलमान घिसिङको वहिर्गमन भएसँगै विद्युत काटिएको जनगुनासो बढेको छ । पूर्व सूचना विना पटक पटक विद्युत सेवा अवरुद्ध हुँदा जनतामा लोडसेडिङ सुरु भएको हो कि भन्ने भ्रम समेत सृजना भएको छ ।त्यस्तैगरी विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण न्यूनिकरणका लागि जारी गरिएको लकडाउन र निषेधाज्ञापछि नेपालमा ई–कमर्स व्यवसाय फस्टाउन थालेको छ । कोरोनाका कारण कतिपय व्यवसाय पलायन हुने अवस्थामा पुग्दा विभिन्न प्रकारका व्यवसायहरु ई–कर्मससँग जोडिएका हुन् । यस्ता इ–कर्मश व्यवसायले महामारीकै बीचमा पनि आम्दानी र लोकप्रियता असामान्य रुपले वृद्धि गरेका थिए ।सन् २०२० का लागि तय गरिएको साफको उमेर समूहको सबै प्रतियोगिता रद्द गरिएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार सबै उमेर समूहका प्रतियोगिता रद्द गर्ने निर्णय गरेको हो । सन् २०२० मा मुख्य तीन प्रतियोगिता आयोजना हुने तय भएको थियो । पूरा समाचारका लागि केन्द्रबिन्दुु बुलेटिन हेर्न नभूल्नुहोला.....https://youtu.be/OWoRi-ieIKE

वामदेव गौतम विरुद्ध सर्वोच्चको अन्तरिम आदेशदेखि साफको सबै उमेर समूहको प्रतियोगिता रद्दसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका रुपमा थप जिम्मेवारी नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बुधबार उपाध्यक्ष गौतम विरुद्धको रिट निवेदनको सुनुवाई गर्दै सर्वोच्च अदालतले त्यस्तो आदेश दिएको हो । सर्वोच्चको उक्त आदेशपछि केन्द्रबिन्दु अनलाइनसँग संक्षिप्त कुराकानी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधान र नेपाली जनताको जित भएको प्रतिक्रिया दिए ।

त्यस्तै संसदीय समितिले दिएका निर्देशनहरु सम्बन्धीत निकायले जिम्मेवारीपूर्वक कार्यान्वयन नगरेको सांसदहरुले बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरुले त्यस्तो बताएका हुन् ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट ४ वर्षे कार्यकाल पूरा गर्दै कुलमान घिसिङको वहिर्गमन भएसँगै विद्युत काटिएको जनगुनासो बढेको छ । पूर्व सूचना विना पटक पटक विद्युत सेवा अवरुद्ध हुँदा जनतामा लोडसेडिङ सुरु भएको हो कि भन्ने भ्रम समेत सृजना भएको छ ।

त्यस्तैगरी विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण न्यूनिकरणका लागि जारी गरिएको लकडाउन र निषेधाज्ञापछि नेपालमा ई–कमर्स व्यवसाय फस्टाउन थालेको छ । कोरोनाका कारण कतिपय व्यवसाय पलायन हुने अवस्थामा पुग्दा विभिन्न प्रकारका व्यवसायहरु ई–कर्मससँग जोडिएका हुन् । यस्ता इ–कर्मश व्यवसायले महामारीकै बीचमा पनि आम्दानी र लोकप्रियता असामान्य रुपले वृद्धि गरेका थिए ।

सन् २०२० का लागि तय गरिएको साफको उमेर समूहको सबै प्रतियोगिता रद्द गरिएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार सबै उमेर समूहका प्रतियोगिता रद्द गर्ने निर्णय गरेको हो । सन् २०२० मा मुख्य तीन प्रतियोगिता आयोजना हुने तय भएको थियो । पूरा समाचारका लागि केन्द्रबिन्दुु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु

ताजा समाचार