#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4579661311913671143193033173316
नेपाल16823592038357128958
काठमाडौं । सरकारले आधिकारीक ट्रेड युनियनको निर्वाचन वि स २०७७ मंशिर २७ गते गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका हुन् । यसअघि आधिकारीक ट्रेड युनियनको निर्वाचन असोज २४ गते हुने तय गरिएको थियो । गत सोमबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएर निर्वाचन रोक्न आग्रह गरेका थिए ।कोभिड–१९ को महामारी, थ्रेस होल्डको विवाद र सर्वोच्च अदालतमा समेत मुद्दा विचाराधीन रहेकाले निर्वाचन स्थगित गर्न प्रदेश–२ का मुख्यमन्त्री राउतले माग गरेका थिए ।त्यस्तै चिनियाँ पक्षले नेपाली भूभाग कब्जा गरी भौतिक संरचना बनाएको वा नबनाएको भन्ने विषयमा स्थलगत अध्ययन गर्न नेपाली टोली गएकाले  उनीहरु अ‌ाएपछि थप तथ्य अ‌ाउने जानकारी दिए ।

आधिकारीक ट्रेड युनियनको निर्वाचन मंशिरमा हुने

काठमाडौं । सरकारले आधिकारीक ट्रेड युनियनको निर्वाचन वि स २०७७ मंशिर २७ गते गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका हुन् । यसअघि आधिकारीक ट्रेड युनियनको निर्वाचन असोज २४ गते हुने तय गरिएको थियो । गत सोमबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएर निर्वाचन रोक्न आग्रह गरेका थिए ।

कोभिड–१९ को महामारी, थ्रेस होल्डको विवाद र सर्वोच्च अदालतमा समेत मुद्दा विचाराधीन रहेकाले निर्वाचन स्थगित गर्न प्रदेश–२ का मुख्यमन्त्री राउतले माग गरेका थिए ।

त्यस्तै चिनियाँ पक्षले नेपाली भूभाग कब्जा गरी भौतिक संरचना बनाएको वा नबनाएको भन्ने विषयमा स्थलगत अध्ययन गर्न नेपाली टोली गएकाले  उनीहरु अ‌ाएपछि थप तथ्य अ‌ाउने जानकारी दिए ।

सम्बन्धित समाचारहरु