#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4583557011921911146369433179685
नेपाल16823592038357128958
फाइल फोटो
कास्की । पोखरा महानगरपालिका-३१ बनपोखरीबाट १ थान बाघको छाला, १ थान सालकको खपेटा र करिब ३ किलो ७५० ग्राम बाघको जस्तो देखिने हाड, खुट्टा तथा पञ्जासहित धादिङ गल्छी गाउँपालिका-४ का २८ वर्षीय सन्तोष लामिछानेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।उक्त स्थानमा वन्यजन्तुको आखेटोपहार अवैध ओसारपसार तथा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले शिशुवाबाट बनपोखरीतर्फ जाँदै गरेको प्रदेश ३-०२-०११ प ७८०६ नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलमा लुकाई ल्याएको उक्त आखेटोपहार फेला पारी मोटरसाइकल चालक लामिछानेलाई पक्राउ गरेको हो ।बरामद सामानसहित उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बाघको छालासहित पक्राउ

फाइल फोटो

कास्की । पोखरा महानगरपालिका-३१ बनपोखरीबाट १ थान बाघको छाला, १ थान सालकको खपेटा र करिब ३ किलो ७५० ग्राम बाघको जस्तो देखिने हाड, खुट्टा तथा पञ्जासहित धादिङ गल्छी गाउँपालिका-४ का २८ वर्षीय सन्तोष लामिछानेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा वन्यजन्तुको आखेटोपहार अवैध ओसारपसार तथा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले शिशुवाबाट बनपोखरीतर्फ जाँदै गरेको प्रदेश ३-०२-०११ प ७८०६ नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलमा लुकाई ल्याएको उक्त आखेटोपहार फेला पारी मोटरसाइकल चालक लामिछानेलाई पक्राउ गरेको हो ।

बरामद सामानसहित उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सम्बन्धित समाचारहरु