#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4348336811609201034456431977884
नेपाल15983086243293115675
काठमाडौं ।पछिल्लो समय वाणिज्य बैंकहरुले धमाधम ऋणपत्र निष्काशन गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरुलाई कोर क्याटिपलको २५ प्रतिशत अनिवार्य रुपमा ऋणपत्र निष्काशन गर्नुपर्ने व्यवस्था गरेको छ । जस अनुसार बैंकहरुले ऋणपत्र निष्काशन गरेका हुन् ।अहिले नेपाल धितोपत्र बोर्ड(सेबोन) मा ऋणपत्र निष्काशनका लागि अनुमति माग्नेको लाम छ भने कतिपय बैंकले निष्काशन गरिसकेका छन् । ऋणपत्र निष्काशन गर्ने बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । यस बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो ।यसमध्ये १६ लाख इकाई सर्वसाधारणका लागि विक्री खुला गर्ने भएको छ । त्यस्तै, २४ लाख इकाई संघ संस्थालाई बिक्री गर्ने जनाएको छ । बैंकले ७ वर्ष अवधिको ‘नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्दैछ । बैंकले सो ऋणपत्रमा वार्षिक ८.५५ ब्याजदर दिने भएको छ । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ । बैंकलाई आवश्यक अतिरिक्त पूँजी जुटाउन पछिल्लो समय ऋणपत्रलाई पनि आधार बनाएका छन् । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४० प्रतिशत ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्ने व्यवस्था छ ।त्यसैगरी, सिद्धार्थ बैंकले असोज १६ गतेदेखि ३० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गर्न लागेको छ । जसमध्ये १२ लाख युनिट सर्वसाधारणका लागि र १८ लाख इकाई अन्य संघसंस्थालाई विक्री गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको सो ऋणपत्रमा ‘ सिद्धार्थ बैंक डिबेन्चर २०८४’ नामको ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । बैंकले सो ऋणपत्रमा वार्षिक ८.५५ प्रतिशत ब्याजदर दिनेछ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३ अर्ब रुपैयाँ बारबरको ऋणपत्र बिक्री गर्ने भएको छ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।त्यसैगरी, ग्लोबल आइएमई बैंकले पनि ३ अर्ब रुपैँयाँ बराबरको ऋणपत्र निष्काशनका लागि बोर्डमा आवेदन दिएको छ । बैंकले ३० लाख युनिट निष्काशन गर्न लागेको हो । बैंकले ४० प्रतिशत सर्वसाधारण र बाँकी प्राइभेटलाई विक्री गर्नेछ । सो ऋणपत्रको ब्याजदर ८.५ प्रतिशत रहनेछ । यस बैंकको ऋणपत्रको विक्री प्रवन्धक सेन्चुरी क्यापिटल रहेको छ । बैंकले ऋणपत्र निष्काशनका लागि भदौ २९ गते बोर्डमा आवेदन दिएको थियो ।के हो ऋणपत्र ?कुल ऋण पूँजीलाई सर्वसाधारणले खरिद गर्न सक्ने गरी स–साना इकाइमा विभाजन गरिएको अंश वा इकाइलाई ऋणपत्र भनिन्छ । कम्पनीले ऋणमा लगानी गर्ने पक्षलाई ऋणको रकम, ब्याजदर तथा भुक्तानी विधिका सर्तहरू उल्लेख गरी आधिकारिक रूपमा गरिदिएको लिखितपत्र नै ऋणपत्र हो । अर्थात एउटा शर्तनामा, निश्चित समयमा निश्चित रकम, निश्चित प्रतिफलको दरमा लिन्छु भनेर कबुल गरेको खरिदकर्ताको सम्पत्ति नै ऋणपत्र हो ।बैंक तथा वित्तीय संस्थाका लागि ऋणपत्र पुरक पूँजीका रुपमा जारी गरेर अस्थायी रुपमा आफ्नो पूँजी पर्याप्तता कायम गर्ने औजार हो । बैंकहरुलाई अतिरिक्त पूँजीको आवश्यकता परेको खण्डमा ऋणपत्र निष्काशन गर्ने गर्छन् । ऋणपत्रको अंकित मूल्य हुन्छ । कम्पनीले साधारण शेयर तथा अग्राधिकार शेयरलाई लाभांश बाँड्नु अघि नै ऋणपत्रका लगानीकर्तालाई ब्याज भुक्तानी गर्ने गर्छन् ।ऋणपत्रमा लगानी गर्नु फाइदाजनक मानिन्छ । किनकी ऋणपत्र जारी गरेको संस्था घाटामा गए पनि लगानीकर्ताले ब्याज भने निरन्तर पाइरहन्छन् । ऋणपत्रको ब्याज बैंकले मुद्दति खातामा दिने ब्याज भन्दा आकर्षक हुन्छ । खासमा लगानीमा जोखिम उठाउन नचाहने लगानीकर्ताका लागि ऋणपत्रको लगानी निकै सुरक्षित मानिन्छ ।

वाणिज्य बैंकहरुले धमाधम ऋणपत्र जारी गर्दैः यस्ता छन्,फाइदा

काठमाडौं ।

पछिल्लो समय वाणिज्य बैंकहरुले धमाधम ऋणपत्र निष्काशन गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरुलाई कोर क्याटिपलको २५ प्रतिशत अनिवार्य रुपमा ऋणपत्र निष्काशन गर्नुपर्ने व्यवस्था गरेको छ । जस अनुसार बैंकहरुले ऋणपत्र निष्काशन गरेका हुन् ।

अहिले नेपाल धितोपत्र बोर्ड(सेबोन) मा ऋणपत्र निष्काशनका लागि अनुमति माग्नेको लाम छ भने कतिपय बैंकले निष्काशन गरिसकेका छन् । ऋणपत्र निष्काशन गर्ने बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । यस बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो ।

यसमध्ये १६ लाख इकाई सर्वसाधारणका लागि विक्री खुला गर्ने भएको छ । त्यस्तै, २४ लाख इकाई संघ संस्थालाई बिक्री गर्ने जनाएको छ । बैंकले ७ वर्ष अवधिको ‘नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्दैछ । बैंकले सो ऋणपत्रमा वार्षिक ८.५५ ब्याजदर दिने भएको छ । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ । बैंकलाई आवश्यक अतिरिक्त पूँजी जुटाउन पछिल्लो समय ऋणपत्रलाई पनि आधार बनाएका छन् । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४० प्रतिशत ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्ने व्यवस्था छ ।

त्यसैगरी, सिद्धार्थ बैंकले असोज १६ गतेदेखि ३० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गर्न लागेको छ । जसमध्ये १२ लाख युनिट सर्वसाधारणका लागि र १८ लाख इकाई अन्य संघसंस्थालाई विक्री गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको सो ऋणपत्रमा ‘ सिद्धार्थ बैंक डिबेन्चर २०८४’ नामको ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । बैंकले सो ऋणपत्रमा वार्षिक ८.५५ प्रतिशत ब्याजदर दिनेछ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३ अर्ब रुपैयाँ बारबरको ऋणपत्र बिक्री गर्ने भएको छ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

त्यसैगरी, ग्लोबल आइएमई बैंकले पनि ३ अर्ब रुपैँयाँ बराबरको ऋणपत्र निष्काशनका लागि बोर्डमा आवेदन दिएको छ । बैंकले ३० लाख युनिट निष्काशन गर्न लागेको हो । बैंकले ४० प्रतिशत सर्वसाधारण र बाँकी प्राइभेटलाई विक्री गर्नेछ । सो ऋणपत्रको ब्याजदर ८.५ प्रतिशत रहनेछ । यस बैंकको ऋणपत्रको विक्री प्रवन्धक सेन्चुरी क्यापिटल रहेको छ । बैंकले ऋणपत्र निष्काशनका लागि भदौ २९ गते बोर्डमा आवेदन दिएको थियो ।

के हो ऋणपत्र ?

कुल ऋण पूँजीलाई सर्वसाधारणले खरिद गर्न सक्ने गरी स–साना इकाइमा विभाजन गरिएको अंश वा इकाइलाई ऋणपत्र भनिन्छ । कम्पनीले ऋणमा लगानी गर्ने पक्षलाई ऋणको रकम, ब्याजदर तथा भुक्तानी विधिका सर्तहरू उल्लेख गरी आधिकारिक रूपमा गरिदिएको लिखितपत्र नै ऋणपत्र हो । अर्थात एउटा शर्तनामा, निश्चित समयमा निश्चित रकम, निश्चित प्रतिफलको दरमा लिन्छु भनेर कबुल गरेको खरिदकर्ताको सम्पत्ति नै ऋणपत्र हो ।

बैंक तथा वित्तीय संस्थाका लागि ऋणपत्र पुरक पूँजीका रुपमा जारी गरेर अस्थायी रुपमा आफ्नो पूँजी पर्याप्तता कायम गर्ने औजार हो । बैंकहरुलाई अतिरिक्त पूँजीको आवश्यकता परेको खण्डमा ऋणपत्र निष्काशन गर्ने गर्छन् । ऋणपत्रको अंकित मूल्य हुन्छ । कम्पनीले साधारण शेयर तथा अग्राधिकार शेयरलाई लाभांश बाँड्नु अघि नै ऋणपत्रका लगानीकर्तालाई ब्याज भुक्तानी गर्ने गर्छन् ।

ऋणपत्रमा लगानी गर्नु फाइदाजनक मानिन्छ । किनकी ऋणपत्र जारी गरेको संस्था घाटामा गए पनि लगानीकर्ताले ब्याज भने निरन्तर पाइरहन्छन् । ऋणपत्रको ब्याज बैंकले मुद्दति खातामा दिने ब्याज भन्दा आकर्षक हुन्छ । खासमा लगानीमा जोखिम उठाउन नचाहने लगानीकर्ताका लागि ऋणपत्रको लगानी निकै सुरक्षित मानिन्छ ।

सम्बन्धित समाचारहरु