#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षद्वयको बैठकले विधान मस्यौदा समिति गठन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय चाबहिलमा बसेको बैठकमा तीन अध्यक्षद्वयको सहमतिमा उक्त समिति गठन गरेको हो ।पार्टी अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित बैठकले पार्टी एकता आधारपत्रबमोजिम विधान मस्यौदा पेस गर्न नेता निरञ्जन थापाको संयोजकत्वमा सात सदस्यीय विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको हो ।समिति सदस्यहरूमा भक्ति सिटौला, श्याम शाही, राजु बस्नेत, रामशरण पाठक, भरतजंग उप्रेती र चन्द्र काफ्ले रहेका छन् । उक्त समितिले १५ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउने सचिवालय प्रमुख भास्कर भद्रा र धुव्रबहादुर प्रधानद्वारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।पूरा विज्ञप्ति: 

राप्रपाद्वारा विधान मस्यौदा समिति गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षद्वयको बैठकले विधान मस्यौदा समिति गठन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय चाबहिलमा बसेको बैठकमा तीन अध्यक्षद्वयको सहमतिमा उक्त समिति गठन गरेको हो ।

पार्टी अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित बैठकले पार्टी एकता आधारपत्रबमोजिम विधान मस्यौदा पेस गर्न नेता निरञ्जन थापाको संयोजकत्वमा सात सदस्यीय विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको हो ।

समिति सदस्यहरूमा भक्ति सिटौला, श्याम शाही, राजु बस्नेत, रामशरण पाठक, भरतजंग उप्रेती र चन्द्र काफ्ले रहेका छन् । उक्त समितिले १५ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउने सचिवालय प्रमुख भास्कर भद्रा र धुव्रबहादुर प्रधानद्वारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पूरा विज्ञप्ति:

 

सम्बन्धित समाचारहरु

ताजा समाचार