#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4294644611548621011857831673006
नेपाल15523384246057108334
झापा।झापामा कोरोना सङ्क्रमणका कारण एक ७७ वर्षीय पुरुषको गए राति मृत्यु भएको छ ।जिल्लाको दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएको झापा गाउँपालिका वडा नंं ६ निवासी वृद्धको मृत्यु भएको हो । उनमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए। उनको शव स्थानीय रानी सामुदायिक वन क्षेत्रमा नेपाली सेनाले व्यवस्थापन गरेको छ ।उनका छोरा झापाको बिर्तामोडबाट गत भदौ २४ गते बुवा भेट्न आएका थिए । त्यसपछि असोज ३ गते आएको छोराको पिसिआर रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । छोराले भेटेर गएपछि पितामा सामान्य ज्वरो र रुघाखोकीको लक्षण देखिएको थियो ।क्रमशः रुघाखोकीले च्याप्दै गएपछि गाउँपालिकाले तीन दिन अघि सोही क्षेत्र आसपासका ३२ जनाको स्वाब सङ्कलन गरेर पिसिआर परीक्षण गरेको थियो । परीक्षण गरिएका मध्ये अन्य सबैको रिपोर्ट नेगेटिभ आए पनि वृद्धको भने पोजेटिभ आएको विश्वकर्माले जानकारी दिए ।लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी समस्यामा रहेका वृद्धको गए राति निधन भए पनि रिपोर्ट भने आज बिहान मात्र आएको बताइएको छ ।रासस

कोरोनाका कारण झापामा एक वृद्धको मृत्यु

झापा।

झापामा कोरोना सङ्क्रमणका कारण एक ७७ वर्षीय पुरुषको गए राति मृत्यु भएको छ ।

जिल्लाको दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएको झापा गाउँपालिका वडा नंं ६ निवासी वृद्धको मृत्यु भएको हो । उनमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए। उनको शव स्थानीय रानी सामुदायिक वन क्षेत्रमा नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

उनका छोरा झापाको बिर्तामोडबाट गत भदौ २४ गते बुवा भेट्न आएका थिए । त्यसपछि असोज ३ गते आएको छोराको पिसिआर रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । छोराले भेटेर गएपछि पितामा सामान्य ज्वरो र रुघाखोकीको लक्षण देखिएको थियो ।

क्रमशः रुघाखोकीले च्याप्दै गएपछि गाउँपालिकाले तीन दिन अघि सोही क्षेत्र आसपासका ३२ जनाको स्वाब सङ्कलन गरेर पिसिआर परीक्षण गरेको थियो । परीक्षण गरिएका मध्ये अन्य सबैको रिपोर्ट नेगेटिभ आए पनि वृद्धको भने पोजेटिभ आएको विश्वकर्माले जानकारी दिए ।

लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी समस्यामा रहेका वृद्धको गए राति निधन भए पनि रिपोर्ट भने आज बिहान मात्र आएको बताइएको छ ।रासस

सम्बन्धित समाचारहरु