#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4456515811761961080022532588737
नेपाल16235488739643121824
काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमाको ११ नम्बर सीमा स्तम्भ भेटिएको छ । हुम्लाको नाम्खा गाउँपालिका ६ लाम्चाकोमाथि ताकु लेकमा उक्त स्तम्भ भेटिएको हो । प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी गिरीको नेतृत्वमा खटिएको सीमा निरीक्षण टोलीले उक्त स्तम्भ भेटाएको नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामाले जानकारी दिए ।त्यस्तै सरकारी कर्मचारीहरुले सम्पत्ति विवरण बुझाउन अटेरी गरेको पाइएपछि अख्यितार दुरुपयोग अनुसन्धान आयोगले काराबाहीका लागि सिफारिस गरेको छ । आयोगले बुधबार १७ हजार २ सय ८ सरकारी कर्मचारीहरुलाई कारबाहीको निम्ति सिफारिस गरेको हो ।देशभर परेको अविरल वर्षाका कारण मुलुकका अधिकांश क्षेत्र पुनः प्रभावित भएका छन् । वर्षासँगै आएको बाढी र पहिरोले केही जिल्लामा मानवीय क्षतिसमेत भएको गृहमन्त्रालयले जनाएको छ । ठाउँठाउँमा आएको बाढी र पहिराका कारण दुई दिनमा मात्रै १४ जनाको ज्यान गएको छ ।त्यस्तैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पेश गर्ने भएको छ । पर्यटन मन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा बिहीबार मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकले त्यस्तो प्रस्ताव पेश गर्ने निर्णय गरेको हो । अध्ययन कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारेपछि मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरिएको छ ।गत मंगलबार बसेको नेपाल क्रिकेट संघको बोर्ड बैठकले महिला क्रिकेटरलाई ग्रेडिङ गरेर पारिश्रमिक दिने निर्णय गरेसँगै नेपाली महिला क्रिकेट खेलाडी उत्साहित भएका छन् । संघको बोर्ड बैैठकले तीन श्रेणीमा ग्रेडिङ गरी १९ महिला खेलाडीलाई समावेश गरेको छ । पुरुष क्रिकेटरलाई भने यस अघि ग्रेडिङ गरेर पारिश्रमिक प्रदान गर्दै आएको संघको निर्णयबाट महिला क्रिकेटरले राम्रो सुरुआत भएको प्रतिक्रिया दिएका छन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला.....https://youtu.be/qTHXylG89oE

नेपाल–चीन छुट्याउने ११ नम्बर स्तम्भ भेटियोदेखि महिला क्रिकेटर उत्साहितसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमाको ११ नम्बर सीमा स्तम्भ भेटिएको छ । हुम्लाको नाम्खा गाउँपालिका ६ लाम्चाकोमाथि ताकु लेकमा उक्त स्तम्भ भेटिएको हो । प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी गिरीको नेतृत्वमा खटिएको सीमा निरीक्षण टोलीले उक्त स्तम्भ भेटाएको नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामाले जानकारी दिए ।

त्यस्तै सरकारी कर्मचारीहरुले सम्पत्ति विवरण बुझाउन अटेरी गरेको पाइएपछि अख्यितार दुरुपयोग अनुसन्धान आयोगले काराबाहीका लागि सिफारिस गरेको छ । आयोगले बुधबार १७ हजार २ सय ८ सरकारी कर्मचारीहरुलाई कारबाहीको निम्ति सिफारिस गरेको हो ।

देशभर परेको अविरल वर्षाका कारण मुलुकका अधिकांश क्षेत्र पुनः प्रभावित भएका छन् । वर्षासँगै आएको बाढी र पहिरोले केही जिल्लामा मानवीय क्षतिसमेत भएको गृहमन्त्रालयले जनाएको छ । ठाउँठाउँमा आएको बाढी र पहिराका कारण दुई दिनमा मात्रै १४ जनाको ज्यान गएको छ ।

त्यस्तैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पेश गर्ने भएको छ । पर्यटन मन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा बिहीबार मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकले त्यस्तो प्रस्ताव पेश गर्ने निर्णय गरेको हो । अध्ययन कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारेपछि मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरिएको छ ।

गत मंगलबार बसेको नेपाल क्रिकेट संघको बोर्ड बैठकले महिला क्रिकेटरलाई ग्रेडिङ गरेर पारिश्रमिक दिने निर्णय गरेसँगै नेपाली महिला क्रिकेट खेलाडी उत्साहित भएका छन् । संघको बोर्ड बैैठकले तीन श्रेणीमा ग्रेडिङ गरी १९ महिला खेलाडीलाई समावेश गरेको छ । पुरुष क्रिकेटरलाई भने यस अघि ग्रेडिङ गरेर पारिश्रमिक प्रदान गर्दै आएको संघको निर्णयबाट महिला क्रिकेटरले राम्रो सुरुआत भएको प्रतिक्रिया दिएका छन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु