#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4456515811761961080022532588737
नेपाल16235488739643121824
फिनल्यान्डको हेलसिन्की विमानस्थलमा कोरोना पहिचान गर्नसक्ने १० वटा कुकुर परिचालन गरिएका छन् । विमानस्थल सञ्चालक फिनाभियाकाअनुसार मंगलबारबाट सुुँघेर कोरोना भाइरस पत्ता लगाउने कुकुरहरुको समूह यहाँ परिचालन गरिएको छ ।‘कोभिड–१९ जित्नका लागि यो एक अतिरिक्त कदम हुनसक्छ,’ हेलसिन्की विमानस्थलका निर्देशक उल्ला लेट्टीजेफले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । फिनाभियाकाअनुसार तालिमप्राप्त कुकुरहरुले १०० मोलेक्लुस वा त्यसभन्दा पनि कम कण पत्ता लगाउन सक्छन् । जो पिसिआर परीक्षणमा प्रयोग हुने १९ मिलियन मोलेक्लुसको दाँजोमा निकै कम हो । हेलसिन्की विश्वविद्यालयले गरेको अध्ययनअनुसार कुकुरले भाइरस पहिचान झन्डै १ सय प्रतिशत नै सही गर्छ । जबकी, पिसिआरले सही नतिजा दिने दर ६६ देखि ८० प्रतिशत छ ।विमानस्थलमा परीक्षण गरिने यात्रुहरु कुकुरको प्रत्यक्ष सम्पर्कमा भने आउदैंनन् । बरु, यात्रुहरुले आफ्नै छाला कोट्टयाएर त्यसको नमूना एउटा कपमा हालिदिन्छ, त्यसपछि फरक वुुथमा रहेको कुकुर समक्ष यो लगिन्छ । परीक्षण वैकल्पिक हो र यात्रुहरुकाे नाम सार्वजनिक गरिदैंन, यात्रुहरुले आफ्नो स्वइच्छाले नमूना पठाइरहेका छन् ।यात्रुमा कोरोना पोजेटिभ देखिएमा विमानस्थलभित्रको सिटी हेल्थ इन्फर्मेसन पोइन्टमा पठाइन्छ । फिनाभियाका अनुसार अपरेशनमा सक्रिय कोस्सी नाम एक कुुकुुरले केवल ७ मिनेटमा सुँघेर कोरोना पत्ता लगाउन सक्छ ।

केबल ७ मिनेटमै कोरोना संक्रमित पहिचान गर्ने कुकुर

फिनल्यान्डको हेलसिन्की विमानस्थलमा कोरोना पहिचान गर्नसक्ने १० वटा कुकुर परिचालन गरिएका छन् । विमानस्थल सञ्चालक फिनाभियाकाअनुसार मंगलबारबाट सुुँघेर कोरोना भाइरस पत्ता लगाउने कुकुरहरुको समूह यहाँ परिचालन गरिएको छ ।

‘कोभिड–१९ जित्नका लागि यो एक अतिरिक्त कदम हुनसक्छ,’ हेलसिन्की विमानस्थलका निर्देशक उल्ला लेट्टीजेफले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । फिनाभियाकाअनुसार तालिमप्राप्त कुकुरहरुले १०० मोलेक्लुस वा त्यसभन्दा पनि कम कण पत्ता लगाउन सक्छन् । जो पिसिआर परीक्षणमा प्रयोग हुने १९ मिलियन मोलेक्लुसको दाँजोमा निकै कम हो । हेलसिन्की विश्वविद्यालयले गरेको अध्ययनअनुसार कुकुरले भाइरस पहिचान झन्डै १ सय प्रतिशत नै सही गर्छ । जबकी, पिसिआरले सही नतिजा दिने दर ६६ देखि ८० प्रतिशत छ ।

विमानस्थलमा परीक्षण गरिने यात्रुहरु कुकुरको प्रत्यक्ष सम्पर्कमा भने आउदैंनन् । बरु, यात्रुहरुले आफ्नै छाला कोट्टयाएर त्यसको नमूना एउटा कपमा हालिदिन्छ, त्यसपछि फरक वुुथमा रहेको कुकुर समक्ष यो लगिन्छ । परीक्षण वैकल्पिक हो र यात्रुहरुकाे नाम सार्वजनिक गरिदैंन, यात्रुहरुले आफ्नो स्वइच्छाले नमूना पठाइरहेका छन् ।

यात्रुमा कोरोना पोजेटिभ देखिएमा विमानस्थलभित्रको सिटी हेल्थ इन्फर्मेसन पोइन्टमा पठाइन्छ । फिनाभियाका अनुसार अपरेशनमा सक्रिय कोस्सी नाम एक कुुकुुरले केवल ७ मिनेटमा सुँघेर कोरोना पत्ता लगाउन सक्छ ।

सम्बन्धित समाचारहरु