#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4455733111761121079502832586191
नेपाल16235488739643121824
सप्तरी । विभिन्न मुद्धामा फरार रहेका १४ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला अदालतबाट विभिन्न मुद्धामा फैसला भएपछि फरार रहेकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।घरमै लुकिछिपी बसिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरी आज जिल्ला अदालतमा उपस्थित गराएको प्रनाउ भारतीले बताए । पक्राउ पर्नेमा कुटपिट अङ्गभङ्ग मुद्धाका फरार राजविराज नपा–९ का शुबंस साह र उनकी श्रीमती लिलावती साह छन् । कुटपिट मुद्धामा राजविराज–१ का ४५ वर्षीय शंकरकुमार यादव र उनका भाइ ३५ वर्षीय लक्ष्मण यादव पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउपर्नेमा कुटपिट मुद्धामा फरार राजविराज–१ का ९८ वर्षीय उतिमलाल यादव समेत छन् । ज्यान मार्ने उद्योग र कुटपिट मुद्धामा राजविराज–९ का ७६ वर्षीय झौली नुनिया पक्राउ परेका छन् ।यसैगरी कुटपिट मुद्धामा राजविराज–१ का शत्रुधन यादव, सोही वडाका ३० वर्षीय लक्ष्मी यादव, राजविराज–९ का ४४ वर्षीय गुलाबलाल दास, सोही वडाका ४५ वर्षीय जुक्ति यादव र ६६ वर्षीय सुबी यादव रहेको प्रहरीले जनाएको छ । लुटपिट मुद्धामा राजविराज–१ का ७५ वर्षीय गोसाई यादव, केही सार्वजनिक अपराध मुद्धामा  राजविराज–१ का ४८ वर्षीय बडेलाल यादव र जालसाजी मुद्धामा राजविराज–६ का ५६ वर्षीय झबर यादव पक्राउ परेको प्रनाउ भारतीले बताए ।

एकैदिन १४ फरार अभियुक्त पक्राउ

सप्तरी । विभिन्न मुद्धामा फरार रहेका १४ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला अदालतबाट विभिन्न मुद्धामा फैसला भएपछि फरार रहेकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

घरमै लुकिछिपी बसिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरी आज जिल्ला अदालतमा उपस्थित गराएको प्रनाउ भारतीले बताए । पक्राउ पर्नेमा कुटपिट अङ्गभङ्ग मुद्धाका फरार राजविराज नपा–९ का शुबंस साह र उनकी श्रीमती लिलावती साह छन् । कुटपिट मुद्धामा राजविराज–१ का ४५ वर्षीय शंकरकुमार यादव र उनका भाइ ३५ वर्षीय लक्ष्मण यादव पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउपर्नेमा कुटपिट मुद्धामा फरार राजविराज–१ का ९८ वर्षीय उतिमलाल यादव समेत छन् । ज्यान मार्ने उद्योग र कुटपिट मुद्धामा राजविराज–९ का ७६ वर्षीय झौली नुनिया पक्राउ परेका छन् ।

यसैगरी कुटपिट मुद्धामा राजविराज–१ का शत्रुधन यादव, सोही वडाका ३० वर्षीय लक्ष्मी यादव, राजविराज–९ का ४४ वर्षीय गुलाबलाल दास, सोही वडाका ४५ वर्षीय जुक्ति यादव र ६६ वर्षीय सुबी यादव रहेको प्रहरीले जनाएको छ । लुटपिट मुद्धामा राजविराज–१ का ७५ वर्षीय गोसाई यादव, केही सार्वजनिक अपराध मुद्धामा  राजविराज–१ का ४८ वर्षीय बडेलाल यादव र जालसाजी मुद्धामा राजविराज–६ का ५६ वर्षीय झबर यादव पक्राउ परेको प्रनाउ भारतीले बताए ।

सम्बन्धित समाचारहरु