#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4294644611548571011858331673006
नेपाल15523384246057108334
काठमाडौं ।वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले निर्माण गर्ने आयोजनाहरु अपाङ्गतामैत्री, महिलामैत्री तथा बालमैत्री हुने बताएका छन् ।अपाङ्गताको क्षेत्रमा काम गर्ने स्वावलम्बन जीवन केन्द्र, ललितपुरका प्रतिनिधिहरुले बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री फुयाँलले सरोकारवालाहरुले उठाएका मागहरु जायज र सम्बोधन गर्न आवश्यक रहेकोले सरकार माग पुरा गर्न तत्पर रहेको बताए। उनले शारीरिक क्षमताका आधारमा नागरिकले प्राप्त गर्ने सेवामा फरक हुन नहुने भन्दै हरेक फरक क्षमता भएका व्यक्तिहरुको समस्याहरुको समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।फुयाँलले पहुँचयुक्त भौतिक पूर्वाधार निर्माण हुने, विद्युतीय सवारी सञ्चालनका लागि वाग्मती प्रदेशले बनाउन लागेको चार्जिङ्ग स्टेशनहरु र सार्वजनिक शौचालयहरु बाल, महिला तथा अपाङ्गतामैत्री बन्ने नीति लिइएको बताए। उनले सार्वजनिक सडकहरु तथा परिवहन पूर्वाधारहरु अपाङ्गतामैत्री हुने गरी “प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको व्यवस्था गर्न बनेको विधेयक, २०७७” प्रदेशसभामा विचाराधीन रहेको बताए।रासस

वाग्मती प्रदेश सरकारले निर्माण गर्ने योजनाहरु अपाङ्गता, महिला तथा बालमैत्री हुने

काठमाडौं ।

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले निर्माण गर्ने आयोजनाहरु अपाङ्गतामैत्री, महिलामैत्री तथा बालमैत्री हुने बताएका छन् ।

अपाङ्गताको क्षेत्रमा काम गर्ने स्वावलम्बन जीवन केन्द्र, ललितपुरका प्रतिनिधिहरुले बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री फुयाँलले सरोकारवालाहरुले उठाएका मागहरु जायज र सम्बोधन गर्न आवश्यक रहेकोले सरकार माग पुरा गर्न तत्पर रहेको बताए। उनले शारीरिक क्षमताका आधारमा नागरिकले प्राप्त गर्ने सेवामा फरक हुन नहुने भन्दै हरेक फरक क्षमता भएका व्यक्तिहरुको समस्याहरुको समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

फुयाँलले पहुँचयुक्त भौतिक पूर्वाधार निर्माण हुने, विद्युतीय सवारी सञ्चालनका लागि वाग्मती प्रदेशले बनाउन लागेको चार्जिङ्ग स्टेशनहरु र सार्वजनिक शौचालयहरु बाल, महिला तथा अपाङ्गतामैत्री बन्ने नीति लिइएको बताए। उनले सार्वजनिक सडकहरु तथा परिवहन पूर्वाधारहरु अपाङ्गतामैत्री हुने गरी “प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको व्यवस्था गर्न बनेको विधेयक, २०७७” प्रदेशसभामा विचाराधीन रहेको बताए।रासस

सम्बन्धित समाचारहरु