#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4294644111548571011857931673005
नेपाल15523384246057108334
सांकेतिक तस्बिर ।
तेह्रथुम ।आठराई गाउँपालिका–४ इवास्थित केलिङ आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डम्बर इङ्नामले समितिको बैठक बोलाएर आत्महत्या गरेका छन् ।विहिबार बिहान १० बजे खाना खाएर बैठक बस्न भनी घरबाट निस्किएका इङ्नाम अपराह्न २ बजेसम्म बैठकमा उपस्थित नभएपछि उनलाई खोज्न स्थानीयवासी निस्किएका थिए । खोज्ने क्रममा उनहाँकै घर नजिकैको महाभिर भन्ने ठाउँमा शव झुन्डिएको अवस्थामा फेला परेको वडा नं ४ का वडाध्यक्ष श्यामकुमार भट्टराईले बताए।घटनास्थलको मुचुल्का गरी शव पोष्टमार्टमका लागि विहिबार साँझ ७ः३० बजे जिल्ला अस्पताल पाँचथर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तेजबहादुर दाहालले बताए ।

विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर अध्यक्षले गरे आत्महत्या

सांकेतिक तस्बिर ।

तेह्रथुम ।

आठराई गाउँपालिका–४ इवास्थित केलिङ आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डम्बर इङ्नामले समितिको बैठक बोलाएर आत्महत्या गरेका छन् ।

विहिबार बिहान १० बजे खाना खाएर बैठक बस्न भनी घरबाट निस्किएका इङ्नाम अपराह्न २ बजेसम्म बैठकमा उपस्थित नभएपछि उनलाई खोज्न स्थानीयवासी निस्किएका थिए । खोज्ने क्रममा उनहाँकै घर नजिकैको महाभिर भन्ने ठाउँमा शव झुन्डिएको अवस्थामा फेला परेको वडा नं ४ का वडाध्यक्ष श्यामकुमार भट्टराईले बताए।

घटनास्थलको मुचुल्का गरी शव पोष्टमार्टमका लागि विहिबार साँझ ७ः३० बजे जिल्ला अस्पताल पाँचथर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तेजबहादुर दाहालले बताए ।

सम्बन्धित समाचारहरु