#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4581464911917921144398733178870
नेपाल16823592038357128958
रूसी राष्ट्रपति भ्लादिमिर पूटिनले शुक्रबार अमेरिकासँग सूचना तथा सञ्चार प्रविधिमा घनिष्ट सम्बन्ध स्थापनाका लागि आग्रह गरेका छन् ।उनले रूस र अमेरिका दुबैले निर्वाचनमा पारस्परिक अहस्तक्षेपकारी भूमिकाका लागि समेत आग्रह गरे ।रूसी प्रशासन केन्द्र, क्रेमलिनका अनुसार पूटिनले देशहरुलाई एक अर्काको आन्तरिक मामिलामा निर्वाचन लगायत सूचना र सञ्चार प्रविधिको प्रयोगसहित गैर–हस्तक्षेपको ग्यारेन्टी आदानप्रदान गर्न र यस क्षेत्रका सम्बन्धहरुलाई पुनः स्थापित गर्न आग्रह गरे ।उनले द्वन्द्वमा ‘पहिलो प्रहार’ को व्यवहार नदेखाउन वा त्यस्ता विधिहरू प्रयोग नगर्न पनि विश्वव्यापी सम्झौताको आवश्यकतामाथि जोड दिए ।संयुक्त राष्ट्रसंघको ७५ औँ महासभा चलिरहेका समय विश्वको ध्यान केन्द्रित गर्दै रूसी राष्ट्रपतिको यो धारणा आएको हो । सन् २०१६ को निर्वाचनमा हस्तक्षेपको आरोप रूसमाथि लागेको र अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि दिन नजिकिँदै जाँदा अमेरिकी निर्वाचनमा रूसले कुनै हस्तक्षेप नरहने विश्वास दिलाउने प्रयास राष्ट्रपति पूटिनले गरेका हुन् ।

पूटिनले गरे अमेरिकासँग सूचना तथा सञ्चार प्रविधिमा घनिष्ट सम्बन्धकाे आग्रह

रूसी राष्ट्रपति भ्लादिमिर पूटिनले शुक्रबार अमेरिकासँग सूचना तथा सञ्चार प्रविधिमा घनिष्ट सम्बन्ध स्थापनाका लागि आग्रह गरेका छन् ।

उनले रूस र अमेरिका दुबैले निर्वाचनमा पारस्परिक अहस्तक्षेपकारी भूमिकाका लागि समेत आग्रह गरे ।

रूसी प्रशासन केन्द्र, क्रेमलिनका अनुसार पूटिनले देशहरुलाई एक अर्काको आन्तरिक मामिलामा निर्वाचन लगायत सूचना र सञ्चार प्रविधिको प्रयोगसहित गैर–हस्तक्षेपको ग्यारेन्टी आदानप्रदान गर्न र यस क्षेत्रका सम्बन्धहरुलाई पुनः स्थापित गर्न आग्रह गरे ।

उनले द्वन्द्वमा ‘पहिलो प्रहार’ को व्यवहार नदेखाउन वा त्यस्ता विधिहरू प्रयोग नगर्न पनि विश्वव्यापी सम्झौताको आवश्यकतामाथि जोड दिए ।

संयुक्त राष्ट्रसंघको ७५ औँ महासभा चलिरहेका समय विश्वको ध्यान केन्द्रित गर्दै रूसी राष्ट्रपतिको यो धारणा आएको हो । सन् २०१६ को निर्वाचनमा हस्तक्षेपको आरोप रूसमाथि लागेको र अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि दिन नजिकिँदै जाँदा अमेरिकी निर्वाचनमा रूसले कुनै हस्तक्षेप नरहने विश्वास दिलाउने प्रयास राष्ट्रपति पूटिनले गरेका हुन् ।

सम्बन्धित समाचारहरु