#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं ।नेपाली सेनाले यस वर्षको मनसुन शुरु भए यता मुलुकका विभिन्न भागमा गएको बाढी, पहिरो र अरु प्राकृतिक प्रकोपका घटनामा परी ज्यान गुमाएका २३४ जनाको शव व्यवस्थापन गरेको छ ।सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त अवधिमा त्यस्ता प्राकृतिक प्रकोपका घटनाबाट अप्ठेरामा परेका ३९९ जनाको जीवितै उद्धार गरिएको छ ।सेनाले घटना अप्ठेरामा परेका ४३४ जनालाई सुरक्षित स्थानान्तरण गरिएको, ५८६ नागरिकलाई सुरक्षित स्थानमा सार्न सहयोग पुर्याइएको, अवरुद्ध २३ सडकको पहिरो हटाएर पुनःसञ्चालन गरिएको तथा २६ पुल मर्मत र तटबन्ध निर्माण गरिएको जनाएको छ ।उक्त अवधिमा डुबानमा परेका ७०० जनालाई सहयोग पुर्याइएको, आगलागीका दुई घटनाको नियन्त्रण गरेको तथा ५४ सर्वसाधारणलाई विभिन्न कोणबाट सहयोग गरिएको सेनाले जानकारी दिएको छ । यस्ता विपद्का घटनामा सेनाका सम्बन्धित स्थानीय एकाइबाट खटिएका टोलीले उद्धार र सहयोग गरेका हुन् ।सिन्धुपाल्चोक, धादिङ, सुनसरी, कपिलवस्तु, बागलुङ, स्याङ्जा, मकवानपुर, पाल्पा लगायत जिल्लामा भएका पछिल्ला बाढीपहिरो र अन्य दुर्घटनास्थलमा खटिएर उद्धार र सहयोगमा सैनिक जुटेको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

सेनाबाट बाढी-पहिरोमा ज्यान गुमाउने २३४ जनाको शव व्यवस्थापन, ३९९ जनाको जीवितै उद्धार

काठमाडौं ।

नेपाली सेनाले यस वर्षको मनसुन शुरु भए यता मुलुकका विभिन्न भागमा गएको बाढी, पहिरो र अरु प्राकृतिक प्रकोपका घटनामा परी ज्यान गुमाएका २३४ जनाको शव व्यवस्थापन गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त अवधिमा त्यस्ता प्राकृतिक प्रकोपका घटनाबाट अप्ठेरामा परेका ३९९ जनाको जीवितै उद्धार गरिएको छ ।

सेनाले घटना अप्ठेरामा परेका ४३४ जनालाई सुरक्षित स्थानान्तरण गरिएको, ५८६ नागरिकलाई सुरक्षित स्थानमा सार्न सहयोग पुर्याइएको, अवरुद्ध २३ सडकको पहिरो हटाएर पुनःसञ्चालन गरिएको तथा २६ पुल मर्मत र तटबन्ध निर्माण गरिएको जनाएको छ ।

उक्त अवधिमा डुबानमा परेका ७०० जनालाई सहयोग पुर्याइएको, आगलागीका दुई घटनाको नियन्त्रण गरेको तथा ५४ सर्वसाधारणलाई विभिन्न कोणबाट सहयोग गरिएको सेनाले जानकारी दिएको छ । यस्ता विपद्का घटनामा सेनाका सम्बन्धित स्थानीय एकाइबाट खटिएका टोलीले उद्धार र सहयोग गरेका हुन् ।

सिन्धुपाल्चोक, धादिङ, सुनसरी, कपिलवस्तु, बागलुङ, स्याङ्जा, मकवानपुर, पाल्पा लगायत जिल्लामा भएका पछिल्ला बाढीपहिरो र अन्य दुर्घटनास्थलमा खटिएर उद्धार र सहयोगमा सैनिक जुटेको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

सम्बन्धित समाचारहरु

ताजा समाचार