#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउने अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेको युक्रेनका अधिकारीहरुले जनाएका छन् ।एन्तोनोव–२६ विमान अवतरणको क्रममा युक्रेनको पूर्वी सहर खार्किभमा दुर्घटनामा परेको हो । खार्किभ एयर फोर्स विश्वविद्यालयबाट प्रशिक्षार्थी वायु सेनाका जवानलाई लिएर विमानले प्रशिक्षण उडान भरेको थियो।आपतकालीन मन्त्रालयका अधिकारीले विमानमा २७ जना रहेको बताएका छन् । दुर्घटनामा दुईजना गम्भीर घाइते छन् । अझै पनि तीन जना हराइरहेका छन् । उनीहरुको खोजी भइरहेको छ । विमान दुर्घटनाको कारण भने खुलेको छैन ।

युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु

युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउने अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेको युक्रेनका अधिकारीहरुले जनाएका छन् ।

एन्तोनोव–२६ विमान अवतरणको क्रममा युक्रेनको पूर्वी सहर खार्किभमा दुर्घटनामा परेको हो । खार्किभ एयर फोर्स विश्वविद्यालयबाट प्रशिक्षार्थी वायु सेनाका जवानलाई लिएर विमानले प्रशिक्षण उडान भरेको थियो।

आपतकालीन मन्त्रालयका अधिकारीले विमानमा २७ जना रहेको बताएका छन् । दुर्घटनामा दुईजना गम्भीर घाइते छन् । अझै पनि तीन जना हराइरहेका छन् । उनीहरुको खोजी भइरहेको छ । विमान दुर्घटनाको कारण भने खुलेको छैन ।

सम्बन्धित समाचारहरु

ताजा समाचार