#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4608954911966391154008933352821
नेपाल17074393738584131222
ठिक एक हप्ता पहिले "कतारको कर्नेसमा नेपालीका अराजक गतिविधि, स्थानीय कानुनको ठाडो उल्लङ्घन" शीर्षकमा ब्लग लेखेको थिएँ । उक्त ब्लगमा कतारको कर्नेसमा मनोरञ्जनका नाममा जाने केही नेपालीका गतिविधि तथा कानुन उल्लङ्घनका बारेमा प्रष्ट पार्ने कोसिस गरेको थिएँ ।मैले कोरोनाको प्रभाव घटेसँगै लगातार एक महिनादेखि कर्नेसलाई प्रत्यक्ष नियाल्दै आइरहेको छु । गएको हप्ताको ब्लग सार्वजनिक हुनु पूर्व नै एक सचेत नागरिकको हैसियतमा नेपाली राजदूतावास कतारका महामहिम राजदूत तथा नियोग उपप्रमुख ज्युलाई समेत कर्नेसमा भएका केही अराजक गतिविधि र नेपालीले घटाएका घटनाले नकारात्मक असर गर्न सक्ने भन्दै सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरेको थिएँ । यो जानकारी एनआरएनए कतारका प्रथम उपाध्यक्ष एवम् श्रमिक विभाग संयोजक उत्तम गुरुङलाई समेत टेलिफोनमार्फत जानकारी गराएको थिएँ ।त्यसको ३ दिन पछि कर्नेसमा हुने गरेका अराजक गतिविधिलाई लिएर गैरआवासीय नेपाली सङ्घ कतारले पछिल्लो समयमा कतारको कर्नेस परिसर र सामुन्द्रिक डुङ्गामा शुक्रवारका दिन नेपाली दाजुभाइ र दिदी बहिनीहरुले देखाएका उच्छृङ्खल क्रियाकलापबाट सृजित भएका घटनाका बारेमा दूतावासमा ध्यानाकर्षण समेत गराएको थियो ।त्यसको भोलिपल्ट बुधवार नेपाली राजदूतावासले एक विज्ञप्ति सार्वजनिक गर्दै कतारको संस्कृति तथा नियम कानुन विपरीत कतारको प्रमुख आकर्षण रहेको कर्नेस लगायत सार्वजनिक स्थलहरूमा विशेष गरी सप्ताहान्तमा भेला भई अमर्यादित, उच्छृङ्खल र असामाजिक रूपले प्रस्तुत हुने तथा झैझगडा समेत गर्ने गरेको र त्यस्ता घटनाहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने गरेको विषयमा नेपाली राजदूतावास दोहाको गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।सार्वजनिकस्थलमा मादक पदार्थ सेवन गर्ने, बेचबिखन गर्ने, होहल्ला तथा झैझगडा गर्ने, अमर्यादित  क्रियाकलापमा संलग्न हुने लगायतका घटनाको परिणामस्वरूप व्यक्ति स्वयमले स्थानीय कानुन बमोजिम  कारबाहीको भागिदार  हुनुपर्ने भन्दै सचेत गराउँदै नियोगले यस्ता घटनाले समस्त नेपाली समाज र नेपाल राष्ट्रकै  प्रतिष्ठा र मर्यादामा गम्भीर आँच पुर्‍याउनुका साथै कतारमा रहेका अन्य समुदायका बिचमा नेपाली समुदायको छविमा नकारात्मक सन्देश प्रवाहित हुन जाने बताएको थियो ।नियोगले यस्ता खालका क्रियाकलापहरूमा संलग्न नहुन र यस्ता गैर कानुनी क्रियाकलापहरूलाई निरुत्साहन गर्न कतारवासी सबै नेपाली नागरिक तथा नेपाली समुदायका विभिन्न संघ संस्थाहरुमा अनुरोध गर्दै आगामी दिनहरूमा यस्ता क्रियाकलापहरू जारी रहेको पाइएमा कतारको स्थानीय प्रशासनलाई त्यस्ता क्षेत्रको निगरानी गर्न लगाइ संलग्न व्यक्तिहरूलाई स्थानीय कानुन बमोजिम कारबाहीका लागि अनुरोध गर्न राजदूतावास बाध्य हुने भनी सचेत समेत गराएको थियो ।तर दूतावासको त्यो प्रयास कति प्रभावकारी रह्यो भन्ने कुराको निर्क्यौल गर्न हिजो पुनः साँझ ५ बजे म कर्नेस अर्थात् ‘नेपालीको ठमेल’ पुगेको थिए । मलाई लगभग ४७ डिग्रीको गर्मीले प्याकप्याकती पाऱ्यो तर युवायुवती डुङ्गामा “भैगो तिमीसँग पिरीम नलाउनी” भन्दै कम्मर जोडेरै नाची रहेको देखेँ । मैले अनुमान गरेँ त्यहाँ थोरैमा पनि तीन हजार भन्दा बढी नै नेपाली उपस्थित थिए ।
मलाई लगभग ४७ डिग्रीको गर्मीले प्याकप्याकती पाऱ्यो तर युवायुवती डुङ्गामा “भैगो तिमीसँग पिरीम नलाउनी” भन्दै कम्मर जोडेरै नाची रहेको देखेँ ।
कर्नेसलाई नियाल्ने क्रममा एनआरएनए कतारका प्रथम उपाध्यक्ष एवम् श्रमिक विभाग संयोजक उत्तम गुरुङलाई भेटेँ । केही बेर उहाँसँग भलाकुसारी भयो । गुरुङले युवाहरूको टोली बनाउँदै त्यहाँ अराजक गतिविधि हुन नदिन र कुनै पनि मूल्यमा लडाई नगर्न आग्रह मात्र गरेनन् उनले कतारको कानुन र पछिल्लो समय त्यहाँका गतिविधि मिडियामा समेत आएको र राजदूतावासले पनि चासो दिई रहेको हुँदा कुनै पनि बेला गलत कार्य गर्नेहरू पक्राउ परेर डिपोर्ट हुन सक्नेतर्फ सचेत गराए ।युवाहरूलाई मनोरञ्जन गरे पनि कानुनको उल्लघंन नगर्न पटक पटक आग्रह गरे र त्यो बेला देखिएका सम्भावित एक दुई तँ’तँ र म'म को गरम माहोललाई शान्त समेत बनाए । पसिनाले निथ्रुक्क भिजेका गुरुङ लामो सास तान्दै कर्नेसबाट बाहिरिए तर म त्यहीँ रोकिएँ । कर्नेसको डुङ्गामा मनोरञ्जन लिने दिने अधिकाँश  युवायुवती नशामा लिप्त रहने कुरा हामीबाट लुकेको छैन । हिजोको साढे २ घण्टाको स्थलगत बसाइँका क्रममा चटपटको आडमा झम्के झोलको व्यापार गर्ने गरेको प्रस्टै देखियो । कतारको कर्नेसमा हुने हरेक झगडाको मुख्य कारण झम्के झोल र सुन्दर युवती नै हुन् भन्ने पुष्टि भएको छ । गैरकानुनी रूपमा भएको  ‘सुरा र सुन्दरी’ को जम्काभेटले एक दिन ठुलै दुर्घटना निम्त्याउने पूर्व आभास भयो मलाइ ।
  • डुङ्गाका सहयोगीले चिन्छन् आफ्ना ग्राहक
कोर्नेचमा शुक्रवार एक दर्जन डुङ्गा निकै सक्रिय भएर चल्ने गरेको पाइयो । डिस्पासितो गीतमा मंगोलियन अनुहारकी एक युवति डुङ्गाको अग्र भागमा नाचिरहेकी थिइन । डुङ्गा चालक गीत बजाउनैमा व्यस्त छन् तर सहायकहरू पार्कसम्मै आएर बङ्गाली लवजमा "चोल भाइ तेरा लिए फिरी कोर्दिया तुम जोयगा बहुत लोर्की आएगा" भन्दै केही युवाहरूलाई तानेरै डुङ्गामा लग्यो । केही युवा जाने बित्तिकै त्यहाँ करिब ४० जना युवायुवती छिरे । त्यसको रहस्य बुझ्न मन लाग्यो र अलि नजिक पुगेर बुझ्दा उनी कर्नेसका "मुखिया" हैसियतका व्यक्ति रहेछन् । करिब ४० जना लिएर डुङ्गाले किनारा छाड्यो ।
  • सुध्रिएनन् अराजक समूह
साँझको सात बजेसम्म शान्त बनेको कर्नेस एकाएक रणभूमिमा परिणत भयो । एक डुङ्गाबाट झरेका केही युवाहरूले छेवैका युवालाई निर्मम तरिकाले हिर्काए र ढलाए । त्यही बेला नेपाली दूतावासको “विज्ञप्ति” र  एनआरएनए कतारको “ध्यानाकर्षण” सम्झेँ मैले । यता मैले ती सबै कागजका खोस्टा सम्झीरहँदा उता ती एक युवालाई चार पाँच जनाको समूहले नराम्रोसँग कुटपिट गरिरहे । कसैले  “पुलिस आयो पुलिस” भाग भाग भनेर कराइदिए पछि भिड तितरबितर त भयो  तर दुई मिनेटमै ती युवा र तिनका साथीलाई कुट्न फेरी केही नयाँ अनुहार सहितका युवाहरू हुल बाँधेर आएर प्रहार गर्न सुरु गरे तर त्यो बेला केही पाकिस्तानी नागरिकले भिड तितर बितर पारे तर कर्नेस नेपालीको रापले अबेरसम्म  ताती रह्यो । भागाभागको बिचबाट साढे सात बजे म कर्नेसबाट बाहिरिएँ ।
  • कतारको रोजगारीले दिएको न्यानोपनको अवहेलना
कर्मथलो कतारमा पनि कोरोनाले सताएको छ तर कतारको रोजगारीले दिएको  न्यानोपन र कतार सरकारले दिएको स्वतन्त्रता केही  नेपालीलाई अपाच्य भएको मैले महसुस गरेँ । कतार जस्तो “सांस्कृतिक संवेदनशील” ठाउँमा यति बिधी अराजक गतिविधि गर्ने शक्ति प्रदान गर्ने ‘झम्के झोल’ लाई कर्नेसमा नियन्त्रण र अनुगमन गर्ने कसले ? हामी नेपाली सुध्रिने कहिले ?हामीले सोच्नु पर्ने के हो भने कर्नेसमा कानुन उल्लघंन गर्ने दुई  तिन दर्जन नेपालीका कारण कतारमा कार्यरत साढे ३ लाख नेपालीलाई हेर्ने/बुझ्ने नजर फेरिन एक दिन पनि लाग्दैन । यसले कूटनीतिक मर्यादामा आँचमात्र पुऱ्याउँदैन नेपाल र नेपालीलाई हेर्ने कतार तथा अन्तर्राष्ट्रिय जगतको नजर फेरिन सक्छ ।कतारमा रोजगारीमार्फत जीविकोपार्जन तथा जीवनस्तरमा सुधार ल्याउने आफ्नो मुख्य लक्ष्य र जीवनको लयमा कहिले फर्कने ? हाम्रो मातृभूमि नेपालमाथि कसैले यसरी सार्वजनिक स्थानलाई रणभूमि बनाउँदा के तपाइँहरु सहन सक्नु हुन्छ ? सक्नु हुन्न भने न्यानो मायाको अपमान किन गर्नु भएको छ ?

रोकिएन कर्नेसको अराजकता, दूतावासको अनुरोध पनि टेरेनन् नेपालीले

ठिक एक हप्ता पहिले “कतारको कर्नेसमा नेपालीका अराजक गतिविधि, स्थानीय कानुनको ठाडो उल्लङ्घन” शीर्षकमा ब्लग लेखेको थिएँ । उक्त ब्लगमा कतारको कर्नेसमा मनोरञ्जनका नाममा जाने केही नेपालीका गतिविधि तथा कानुन उल्लङ्घनका बारेमा प्रष्ट पार्ने कोसिस गरेको थिएँ ।

मैले कोरोनाको प्रभाव घटेसँगै लगातार एक महिनादेखि कर्नेसलाई प्रत्यक्ष नियाल्दै आइरहेको छु । गएको हप्ताको ब्लग सार्वजनिक हुनु पूर्व नै एक सचेत नागरिकको हैसियतमा नेपाली राजदूतावास कतारका महामहिम राजदूत तथा नियोग उपप्रमुख ज्युलाई समेत कर्नेसमा भएका केही अराजक गतिविधि र नेपालीले घटाएका घटनाले नकारात्मक असर गर्न सक्ने भन्दै सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरेको थिएँ । यो जानकारी एनआरएनए कतारका प्रथम उपाध्यक्ष एवम् श्रमिक विभाग संयोजक उत्तम गुरुङलाई समेत टेलिफोनमार्फत जानकारी गराएको थिएँ ।

त्यसको ३ दिन पछि कर्नेसमा हुने गरेका अराजक गतिविधिलाई लिएर गैरआवासीय नेपाली सङ्घ कतारले पछिल्लो समयमा कतारको कर्नेस परिसर र सामुन्द्रिक डुङ्गामा शुक्रवारका दिन नेपाली दाजुभाइ र दिदी बहिनीहरुले देखाएका उच्छृङ्खल क्रियाकलापबाट सृजित भएका घटनाका बारेमा दूतावासमा ध्यानाकर्षण समेत गराएको थियो ।

त्यसको भोलिपल्ट बुधवार नेपाली राजदूतावासले एक विज्ञप्ति सार्वजनिक गर्दै कतारको संस्कृति तथा नियम कानुन विपरीत कतारको प्रमुख आकर्षण रहेको कर्नेस लगायत सार्वजनिक स्थलहरूमा विशेष गरी सप्ताहान्तमा भेला भई अमर्यादित, उच्छृङ्खल र असामाजिक रूपले प्रस्तुत हुने तथा झैझगडा समेत गर्ने गरेको र त्यस्ता घटनाहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने गरेको विषयमा नेपाली राजदूतावास दोहाको गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।

सार्वजनिकस्थलमा मादक पदार्थ सेवन गर्ने, बेचबिखन गर्ने, होहल्ला तथा झैझगडा गर्ने, अमर्यादित  क्रियाकलापमा संलग्न हुने लगायतका घटनाको परिणामस्वरूप व्यक्ति स्वयमले स्थानीय कानुन बमोजिम  कारबाहीको भागिदार  हुनुपर्ने भन्दै सचेत गराउँदै नियोगले यस्ता घटनाले समस्त नेपाली समाज र नेपाल राष्ट्रकै  प्रतिष्ठा र मर्यादामा गम्भीर आँच पुर्‍याउनुका साथै कतारमा रहेका अन्य समुदायका बिचमा नेपाली समुदायको छविमा नकारात्मक सन्देश प्रवाहित हुन जाने बताएको थियो ।

नियोगले यस्ता खालका क्रियाकलापहरूमा संलग्न नहुन र यस्ता गैर कानुनी क्रियाकलापहरूलाई निरुत्साहन गर्न कतारवासी सबै नेपाली नागरिक तथा नेपाली समुदायका विभिन्न संघ संस्थाहरुमा अनुरोध गर्दै आगामी दिनहरूमा यस्ता क्रियाकलापहरू जारी रहेको पाइएमा कतारको स्थानीय प्रशासनलाई त्यस्ता क्षेत्रको निगरानी गर्न लगाइ संलग्न व्यक्तिहरूलाई स्थानीय कानुन बमोजिम कारबाहीका लागि अनुरोध गर्न राजदूतावास बाध्य हुने भनी सचेत समेत गराएको थियो ।

तर दूतावासको त्यो प्रयास कति प्रभावकारी रह्यो भन्ने कुराको निर्क्यौल गर्न हिजो पुनः साँझ ५ बजे म कर्नेस अर्थात् ‘नेपालीको ठमेल’ पुगेको थिए । मलाई लगभग ४७ डिग्रीको गर्मीले प्याकप्याकती पाऱ्यो तर युवायुवती डुङ्गामा “भैगो तिमीसँग पिरीम नलाउनी” भन्दै कम्मर जोडेरै नाची रहेको देखेँ । मैले अनुमान गरेँ त्यहाँ थोरैमा पनि तीन हजार भन्दा बढी नै नेपाली उपस्थित थिए ।

मलाई लगभग ४७ डिग्रीको गर्मीले प्याकप्याकती पाऱ्यो तर युवायुवती डुङ्गामा “भैगो तिमीसँग पिरीम नलाउनी” भन्दै कम्मर जोडेरै नाची रहेको देखेँ ।

कर्नेसलाई नियाल्ने क्रममा एनआरएनए कतारका प्रथम उपाध्यक्ष एवम् श्रमिक विभाग संयोजक उत्तम गुरुङलाई भेटेँ । केही बेर उहाँसँग भलाकुसारी भयो । गुरुङले युवाहरूको टोली बनाउँदै त्यहाँ अराजक गतिविधि हुन नदिन र कुनै पनि मूल्यमा लडाई नगर्न आग्रह मात्र गरेनन् उनले कतारको कानुन र पछिल्लो समय त्यहाँका गतिविधि मिडियामा समेत आएको र राजदूतावासले पनि चासो दिई रहेको हुँदा कुनै पनि बेला गलत कार्य गर्नेहरू पक्राउ परेर डिपोर्ट हुन सक्नेतर्फ सचेत गराए ।

युवाहरूलाई मनोरञ्जन गरे पनि कानुनको उल्लघंन नगर्न पटक पटक आग्रह गरे र त्यो बेला देखिएका सम्भावित एक दुई तँ’तँ र म’म को गरम माहोललाई शान्त समेत बनाए । पसिनाले निथ्रुक्क भिजेका गुरुङ लामो सास तान्दै कर्नेसबाट बाहिरिए तर म त्यहीँ रोकिएँ । कर्नेसको डुङ्गामा मनोरञ्जन लिने दिने अधिकाँश  युवायुवती नशामा लिप्त रहने कुरा हामीबाट लुकेको छैन । हिजोको साढे २ घण्टाको स्थलगत बसाइँका क्रममा चटपटको आडमा झम्के झोलको व्यापार गर्ने गरेको प्रस्टै देखियो । कतारको कर्नेसमा हुने हरेक झगडाको मुख्य कारण झम्के झोल र सुन्दर युवती नै हुन् भन्ने पुष्टि भएको छ । गैरकानुनी रूपमा भएको  ‘सुरा र सुन्दरी’ को जम्काभेटले एक दिन ठुलै दुर्घटना निम्त्याउने पूर्व आभास भयो मलाइ ।

  • डुङ्गाका सहयोगीले चिन्छन् आफ्ना ग्राहक

कोर्नेचमा शुक्रवार एक दर्जन डुङ्गा निकै सक्रिय भएर चल्ने गरेको पाइयो । डिस्पासितो गीतमा मंगोलियन अनुहारकी एक युवति डुङ्गाको अग्र भागमा नाचिरहेकी थिइन । डुङ्गा चालक गीत बजाउनैमा व्यस्त छन् तर सहायकहरू पार्कसम्मै आएर बङ्गाली लवजमा “चोल भाइ तेरा लिए फिरी कोर्दिया तुम जोयगा बहुत लोर्की आएगा” भन्दै केही युवाहरूलाई तानेरै डुङ्गामा लग्यो । केही युवा जाने बित्तिकै त्यहाँ करिब ४० जना युवायुवती छिरे । त्यसको रहस्य बुझ्न मन लाग्यो र अलि नजिक पुगेर बुझ्दा उनी कर्नेसका “मुखिया” हैसियतका व्यक्ति रहेछन् । करिब ४० जना लिएर डुङ्गाले किनारा छाड्यो ।

  • सुध्रिएनन् अराजक समूह

साँझको सात बजेसम्म शान्त बनेको कर्नेस एकाएक रणभूमिमा परिणत भयो । एक डुङ्गाबाट झरेका केही युवाहरूले छेवैका युवालाई निर्मम तरिकाले हिर्काए र ढलाए । त्यही बेला नेपाली दूतावासको “विज्ञप्ति” र  एनआरएनए कतारको “ध्यानाकर्षण” सम्झेँ मैले । यता मैले ती सबै कागजका खोस्टा सम्झीरहँदा उता ती एक युवालाई चार पाँच जनाको समूहले नराम्रोसँग कुटपिट गरिरहे । कसैले  “पुलिस आयो पुलिस” भाग भाग भनेर कराइदिए पछि भिड तितरबितर त भयो  तर दुई मिनेटमै ती युवा र तिनका साथीलाई कुट्न फेरी केही नयाँ अनुहार सहितका युवाहरू हुल बाँधेर आएर प्रहार गर्न सुरु गरे तर त्यो बेला केही पाकिस्तानी नागरिकले भिड तितर बितर पारे तर कर्नेस नेपालीको रापले अबेरसम्म  ताती रह्यो । भागाभागको बिचबाट साढे सात बजे म कर्नेसबाट बाहिरिएँ ।

  • कतारको रोजगारीले दिएको न्यानोपनको अवहेलना

कर्मथलो कतारमा पनि कोरोनाले सताएको छ तर कतारको रोजगारीले दिएको  न्यानोपन र कतार सरकारले दिएको स्वतन्त्रता केही  नेपालीलाई अपाच्य भएको मैले महसुस गरेँ । कतार जस्तो “सांस्कृतिक संवेदनशील” ठाउँमा यति बिधी अराजक गतिविधि गर्ने शक्ति प्रदान गर्ने ‘झम्के झोल’ लाई कर्नेसमा नियन्त्रण र अनुगमन गर्ने कसले ? हामी नेपाली सुध्रिने कहिले ?

हामीले सोच्नु पर्ने के हो भने कर्नेसमा कानुन उल्लघंन गर्ने दुई  तिन दर्जन नेपालीका कारण कतारमा कार्यरत साढे ३ लाख नेपालीलाई हेर्ने/बुझ्ने नजर फेरिन एक दिन पनि लाग्दैन । यसले कूटनीतिक मर्यादामा आँचमात्र पुऱ्याउँदैन नेपाल र नेपालीलाई हेर्ने कतार तथा अन्तर्राष्ट्रिय जगतको नजर फेरिन सक्छ ।

कतारमा रोजगारीमार्फत जीविकोपार्जन तथा जीवनस्तरमा सुधार ल्याउने आफ्नो मुख्य लक्ष्य र जीवनको लयमा कहिले फर्कने ? हाम्रो मातृभूमि नेपालमाथि कसैले यसरी सार्वजनिक स्थानलाई रणभूमि बनाउँदा के तपाइँहरु सहन सक्नु हुन्छ ? सक्नु हुन्न भने न्यानो मायाको अपमान किन गर्नु भएको छ ?

सम्बन्धित समाचारहरु