#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व411243261131039932081930672468
नेपाल1448727914447699605
काठमाडौं ।कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन र निषेधाज्ञा जारी हुँदा व्यापार व्यवसाय पनि ठप्प भयो । पछिल्लो एक महिना यता बजार खुलाइए पनि पर्याप्त मालवस्तु नहुँदा व्यापार शुन्य रहेको व्यवसायीहरुको गुनासो छ । खासगरी चीन तर्फको केरुङ नाकाबाट मालवस्तु ल्याउन नसक्दा सामग्रीको अभाव भएको व्यवसायीहरु बताउँछन् ।चाडपर्व नजिकिंदै छ । व्यापारको मूख्य सिजन पनि चाडपर्व नै हो । दशैं तिहार जस्ता ठूला चाडपर्वको समयमा किनमेल गर्ने प्रचलन नेपाली समाजमा छ । त्यसैले यो समयमा लत्ताकपडा, खाद्य वस्तु, घरायसी सामग्री लगायतका वस्तुहरुको आयात पनि धेरै नै गरिएको हुन्छ । तर यस वर्ष कोभिड १९ संक्रमण जोखिमका कारण चीन तर्फको केरुङ नाकाबाट कुनै पनि सामग्री भित्रिन सकेको छैन । जसको असर काठमाडौं लगायत देशका ठूला बजारमा पर्ने देखिएको छ ।बजारका व्यापारीहरु पनि मालवस्तु नभएका कारण व्यापार बढाउन नसकिएको बताउँछन् । खासगरी लत्ताकपडा चीन तर्फबाट सबैभन्दा धेरै आयात हुन्छ । तर यस वर्ष आयात गरिएको सामान पनि केरुङ नाकामै रोकिंदा पुरानै स्टक सामग्री मात्रै विक्री गर्नुपरेको व्यवसायीहरुले बताएका छन् । बजारमा प र्याप्त सामग्री नहुँदा बजार भाउ पनि महँगो हुने भएकाले व्यापार कम हुने चिन्तामा पनि व्यवसायीहरु छन् ।काठमाडौंको न्यूरोड, असन, भोटेबहाल लगायतका क्षेत्रमा पुग्दा व्यवसायीहरुले अहिलेको सिजन लत्ताकपडा विक्रीका लागि मूख्य सिजन भए पनि आवश्यक सामग्री नहुँदा व्यापार कम भएको बताएका छन् । चीन तर्फको नाका बन्द हुँदा आयात रोकिएकाले यस वर्ष जाडो सिजनका कपडाको अभाव हुन सक्ने पनि उनीहरुले बताए । व्यापार नै कम हुने भएपछि कसरी लगानीलाई सुरक्षित गर्ने र कसरी पसलको भाडा तिर्ने भन्ने चिन्तामा पनि व्यवसायीहरु छन् ।नेपालमा कोभिड १९ संक्रमणको जोखिम बढ्दै जाँदा व्यवसायीहरुले चीनबाट केरुङ नाका हुँदै सामान आयात गर्न सकेका छैनन् । केरुङ नाकामा आएका १ हजार भन्दा बढी कन्टेनर पनि रोकिएका छन् । त्यसको असर नेपाली बजारमा देखिएको हो । व्यवसायीहरुले सामान छुटाउन सरकारले नै पहल गर्नु पर्ने बताएका छन् । कन्टेनरहरु छुटाउन नसके बजारमा सामानको अभाव हुने र महँगी बढ्न गई व्यापार कम हुने चिन्तामा व्यवसायीहरु छन् ।

निषेधाज्ञाका कारण मालवस्तु नहुँदा व्यापार शुन्य रहेको व्यवसायीहरुको गुनासो

काठमाडौं ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन र निषेधाज्ञा जारी हुँदा व्यापार व्यवसाय पनि ठप्प भयो । पछिल्लो एक महिना यता बजार खुलाइए पनि पर्याप्त मालवस्तु नहुँदा व्यापार शुन्य रहेको व्यवसायीहरुको गुनासो छ । खासगरी चीन तर्फको केरुङ नाकाबाट मालवस्तु ल्याउन नसक्दा सामग्रीको अभाव भएको व्यवसायीहरु बताउँछन् ।

चाडपर्व नजिकिंदै छ । व्यापारको मूख्य सिजन पनि चाडपर्व नै हो । दशैं तिहार जस्ता ठूला चाडपर्वको समयमा किनमेल गर्ने प्रचलन नेपाली समाजमा छ । त्यसैले यो समयमा लत्ताकपडा, खाद्य वस्तु, घरायसी सामग्री लगायतका वस्तुहरुको आयात पनि धेरै नै गरिएको हुन्छ । तर यस वर्ष कोभिड १९ संक्रमण जोखिमका कारण चीन तर्फको केरुङ नाकाबाट कुनै पनि सामग्री भित्रिन सकेको छैन । जसको असर काठमाडौं लगायत देशका ठूला बजारमा पर्ने देखिएको छ ।

बजारका व्यापारीहरु पनि मालवस्तु नभएका कारण व्यापार बढाउन नसकिएको बताउँछन् । खासगरी लत्ताकपडा चीन तर्फबाट सबैभन्दा धेरै आयात हुन्छ । तर यस वर्ष आयात गरिएको सामान पनि केरुङ नाकामै रोकिंदा पुरानै स्टक सामग्री मात्रै विक्री गर्नुपरेको व्यवसायीहरुले बताएका छन् । बजारमा प र्याप्त सामग्री नहुँदा बजार भाउ पनि महँगो हुने भएकाले व्यापार कम हुने चिन्तामा पनि व्यवसायीहरु छन् ।

काठमाडौंको न्यूरोड, असन, भोटेबहाल लगायतका क्षेत्रमा पुग्दा व्यवसायीहरुले अहिलेको सिजन लत्ताकपडा विक्रीका लागि मूख्य सिजन भए पनि आवश्यक सामग्री नहुँदा व्यापार कम भएको बताएका छन् । चीन तर्फको नाका बन्द हुँदा आयात रोकिएकाले यस वर्ष जाडो सिजनका कपडाको अभाव हुन सक्ने पनि उनीहरुले बताए । व्यापार नै कम हुने भएपछि कसरी लगानीलाई सुरक्षित गर्ने र कसरी पसलको भाडा तिर्ने भन्ने चिन्तामा पनि व्यवसायीहरु छन् ।

नेपालमा कोभिड १९ संक्रमणको जोखिम बढ्दै जाँदा व्यवसायीहरुले चीनबाट केरुङ नाका हुँदै सामान आयात गर्न सकेका छैनन् । केरुङ नाकामा आएका १ हजार भन्दा बढी कन्टेनर पनि रोकिएका छन् । त्यसको असर नेपाली बजारमा देखिएको हो । व्यवसायीहरुले सामान छुटाउन सरकारले नै पहल गर्नु पर्ने बताएका छन् । कन्टेनरहरु छुटाउन नसके बजारमा सामानको अभाव हुने र महँगी बढ्न गई व्यापार कम हुने चिन्तामा व्यवसायीहरु छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार