#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4536058211866091117027933003694
नेपाल16471890438952124862
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठकमा डेढ घण्टे भावुक ब्रिफिङ गरेका छन् । बिहीबार साँझ प्रधामन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधामन्त्री ओलीले डेढ घण्टे भावुक ब्रिफिङ गरेका हुन् । बालुवाटार निकट स्रोतका अनुसार मन्त्रिपरिषद्को बैठकमा डेढ घण्टा बोल्दै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा रहेका सदस्यहरुसँग यो नै अन्तिम बैठक समेत बन्न सक्ने बताएका थिए ।प्रधानमन्त्री ओलीको ब्रिफिङबारे उद्रित गर्दै बालुवाटार निकट स्रोतले भन्यो–‘यो मन्त्रिपरिषद्को बैठक नै अन्तिम बैठक पनि हुन सक्छ । किन भने म मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गर्दैछु । त्यसैले यसपटकका लागि हाम्रो यात्रा यहीसम्मको हुन सक्छ । किन भने राजनीतिमा शक्ति सन्तुलनका लागि यस्तो गर्नु पर्ने रहेछ । तर मन्त्रिपरिषदबाट बाहिरीने साथीहरुले आफूले केही गर्न नसकेकाले वा गर्दा गर्दै पनि निकालियो भन्ने भावना राख्ने र नयाँ आउने साथीहरुले पनि आफू नै उपयुक्त पात्र भएकाले ल्याइयो भन्ने भ्रम नराख्नुहोला ।’गत भदौ २६ गते बसेको नेकपाको स्थायी कमिटी बैठकले केन्द्र र प्रदेश सरकार पुनर्गठन गर्ने निर्देशन दिएको थियो । स्थायी कमिटीको निर्देशन अनुसार प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेका छन् । पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन मन्त्रिमण्डल पुनर्गठन गर्न लागेको उनको भनाइ छ । अब हुने मन्त्रिमण्डल पुनर्गठनमा पाँच जना पुराना मन्त्रीहरुको अनुहार मात्रै दोहोरिने बालुवाटार स्रोतको दाबी छ । पुनः निरन्तरता पाउने मन्त्रीहरुमा उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल, सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड््डयन मन्त्री योगेशकुमार भट्टराई, कृषि पशुपंछी विकास मन्त्री घनश्याम भुसाल र खानेपानी तथा सरसफाई मन्त्री बिना मगर रहेका छन् ।पुनः दोहोरिने अनुहारमा पोखरेल र ज्ञवाली प्रधानमन्त्री ओली निकट हुन् । साथै कृषि मन्त्री भुसाल र पर्यटन मन्त्री भट्टराई नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल निकट हुन भने खानेपानी मन्त्री मगर प्रचण्डकी बुहारी हुन् । पर्यटन मन्त्री भट्टराई र कृषि मन्त्री भुसाल केही समय अगाडि मात्र नियुक्त भएकाले यथावत राख्ने सहमति भएको जनाइएको छ । दुई अध्यक्षबीच भएको भेटमा मन्त्रिमण्डल पुनर्गठनका विषयमा सहमति जुटेको हो । नयाँ मन्त्रिमण्डलमा गृहमन्त्री रामबहादुर थापालाई निरन्तरता नदिने पक्षमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेको स्रोतको दाबी छ । खानेपानी मन्त्री बिना मगरलाई पनि हटाउने मनस्थिती बनाएका ओलीलाई प्रचण्डले ठाडो हस्तक्षेप गरेका थिए । लामो समयदेखि अलपत्र परेको मेलम्ची खानेपानी आयोगना मन्त्री मगरकै नेतृत्वमा आउन लागेकाले यस्तो समयमा हटाउँदा जनतामा राम्रो सन्देश नजाने प्रचण्डको भनाइ थियो ।यसअघि मन्त्रालय फुटाएर भएपनि सबैको चित्त बुझाउने प्रयासमा प्रधानमन्त्री ओली रहेको दाबी गरिएको थियो । जसअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई फुटाउने भनिएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाएर उद्योग, वाणिज्य र आपूर्ति गरी दुई मन्त्रालय बनाउने, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय फुटाएर ऊर्जा र सिँचाइ मन्त्रालय बनाउने र भौतिक पूर्वाधार र यातायात गरी दुइटा मन्त्रालय बनाउने तयारी भएको समाचार विवरणहरु सार्वजनिक भएका थिए । तर अहिले मन्त्रालय फुटाउने कुनै तयारी नभएको स्रोतको दाबी छ । नयाँ मन्त्रालय स्थापना नगरिने भएकाले नै मन्त्रिमण्डल ‘रि सेट’ गर्ने तयारी भएको बताइएको छ ।प्रधानमन्त्री ओलीले अढाई वर्षको अवधिमा नौ पटक मन्त्रिपरिषद् विस्तार तथा पुर्नगठन गरी सकेका छन् । प्रधानमन्त्री ओलीले २०७४ फागुन ३, १४ र चैत १२ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए । त्यसपछि २०७५ जेठ १८, साउन १८ र फागुन १६ मा पनि विस्तार गरिएको थियो । साथै २०७६ साउन १५, मंसिर ४ र फागुन ५ मा विस्तार तथा पुर्नगठन गरेका थिए । प्रधानमन्त्रीले २०७६ मंसिर ४ मा मन्त्रिपरिषद् पुर्नगठनमा ६ मन्त्री, ३ राज्यमन्त्री हटाएर नयाँ ६ मन्त्री र ३ राज्यमन्त्री नै नियुक्त गरेका थिए ।

मन्त्रिपरिषदमा प्रधानमन्त्रीको भावुक ब्रिफिङ, ‘यो नै अन्तिम बैठक पनि बन्न सक्छ‌‌…!’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठकमा डेढ घण्टे भावुक ब्रिफिङ गरेका छन् । बिहीबार साँझ प्रधामन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधामन्त्री ओलीले डेढ घण्टे भावुक ब्रिफिङ गरेका हुन् । बालुवाटार निकट स्रोतका अनुसार मन्त्रिपरिषद्को बैठकमा डेढ घण्टा बोल्दै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा रहेका सदस्यहरुसँग यो नै अन्तिम बैठक समेत बन्न सक्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीको ब्रिफिङबारे उद्रित गर्दै बालुवाटार निकट स्रोतले भन्यो–‘यो मन्त्रिपरिषद्को बैठक नै अन्तिम बैठक पनि हुन सक्छ । किन भने म मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गर्दैछु । त्यसैले यसपटकका लागि हाम्रो यात्रा यहीसम्मको हुन सक्छ । किन भने राजनीतिमा शक्ति सन्तुलनका लागि यस्तो गर्नु पर्ने रहेछ । तर मन्त्रिपरिषदबाट बाहिरीने साथीहरुले आफूले केही गर्न नसकेकाले वा गर्दा गर्दै पनि निकालियो भन्ने भावना राख्ने र नयाँ आउने साथीहरुले पनि आफू नै उपयुक्त पात्र भएकाले ल्याइयो भन्ने भ्रम नराख्नुहोला ।’

गत भदौ २६ गते बसेको नेकपाको स्थायी कमिटी बैठकले केन्द्र र प्रदेश सरकार पुनर्गठन गर्ने निर्देशन दिएको थियो । स्थायी कमिटीको निर्देशन अनुसार प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेका छन् । पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन मन्त्रिमण्डल पुनर्गठन गर्न लागेको उनको भनाइ छ । अब हुने मन्त्रिमण्डल पुनर्गठनमा पाँच जना पुराना मन्त्रीहरुको अनुहार मात्रै दोहोरिने बालुवाटार स्रोतको दाबी छ । पुनः निरन्तरता पाउने मन्त्रीहरुमा उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल, सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड््डयन मन्त्री योगेशकुमार भट्टराई, कृषि पशुपंछी विकास मन्त्री घनश्याम भुसाल र खानेपानी तथा सरसफाई मन्त्री बिना मगर रहेका छन् ।

पुनः दोहोरिने अनुहारमा पोखरेल र ज्ञवाली प्रधानमन्त्री ओली निकट हुन् । साथै कृषि मन्त्री भुसाल र पर्यटन मन्त्री भट्टराई नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल निकट हुन भने खानेपानी मन्त्री मगर प्रचण्डकी बुहारी हुन् । पर्यटन मन्त्री भट्टराई र कृषि मन्त्री भुसाल केही समय अगाडि मात्र नियुक्त भएकाले यथावत राख्ने सहमति भएको जनाइएको छ । दुई अध्यक्षबीच भएको भेटमा मन्त्रिमण्डल पुनर्गठनका विषयमा सहमति जुटेको हो । नयाँ मन्त्रिमण्डलमा गृहमन्त्री रामबहादुर थापालाई निरन्तरता नदिने पक्षमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेको स्रोतको दाबी छ । खानेपानी मन्त्री बिना मगरलाई पनि हटाउने मनस्थिती बनाएका ओलीलाई प्रचण्डले ठाडो हस्तक्षेप गरेका थिए । लामो समयदेखि अलपत्र परेको मेलम्ची खानेपानी आयोगना मन्त्री मगरकै नेतृत्वमा आउन लागेकाले यस्तो समयमा हटाउँदा जनतामा राम्रो सन्देश नजाने प्रचण्डको भनाइ थियो ।

यसअघि मन्त्रालय फुटाएर भएपनि सबैको चित्त बुझाउने प्रयासमा प्रधानमन्त्री ओली रहेको दाबी गरिएको थियो । जसअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई फुटाउने भनिएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाएर उद्योग, वाणिज्य र आपूर्ति गरी दुई मन्त्रालय बनाउने, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय फुटाएर ऊर्जा र सिँचाइ मन्त्रालय बनाउने र भौतिक पूर्वाधार र यातायात गरी दुइटा मन्त्रालय बनाउने तयारी भएको समाचार विवरणहरु सार्वजनिक भएका थिए । तर अहिले मन्त्रालय फुटाउने कुनै तयारी नभएको स्रोतको दाबी छ । नयाँ मन्त्रालय स्थापना नगरिने भएकाले नै मन्त्रिमण्डल ‘रि सेट’ गर्ने तयारी भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले अढाई वर्षको अवधिमा नौ पटक मन्त्रिपरिषद् विस्तार तथा पुर्नगठन गरी सकेका छन् । प्रधानमन्त्री ओलीले २०७४ फागुन ३, १४ र चैत १२ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए । त्यसपछि २०७५ जेठ १८, साउन १८ र फागुन १६ मा पनि विस्तार गरिएको थियो । साथै २०७६ साउन १५, मंसिर ४ र फागुन ५ मा विस्तार तथा पुर्नगठन गरेका थिए । प्रधानमन्त्रीले २०७६ मंसिर ४ मा मन्त्रिपरिषद् पुर्नगठनमा ६ मन्त्री, ३ राज्यमन्त्री हटाएर नयाँ ६ मन्त्री र ३ राज्यमन्त्री नै नियुक्त गरेका थिए ।

सम्बन्धित समाचारहरु