#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व410225381128899927461630619023
नेपाल1391297654175596609
काठमाडौं ।नेपालको शैक्षिक जगतमा विगत २० वर्षदेखि अनवरत सेवा प्रदान गरिरहेको शैक्षिक संस्था हो नेपाल काष्ठमण्डप कलेज । यस कलेजले प्लस टु र स्नातक तहमा निरन्तररुपमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको कुरा सर्वविदितै छ ।सर्टिफिकेटको नतिजा त्यतिबेला अर्थपूर्ण हुन्छ जब कुनै व्यक्तिले प्रभावकारी ढंगले आफ्नो व्यवहारिक जीवन निर्वाह गर्न सक्छ । हो, यही मान्यतालाई आत्मसाथ गर्दै संचालनमा छ नेपाल काष्ठमण्डप कलेज ।सफल र सक्षम नागरिक उत्पादन गर्ने मुख्य उद्धेश्य बोकेर संचालनमा रहेको यस कलेजले थुप्रै डाक्टर, इञ्जिनियर तथा व्यवस्थापकहरु उत्पादन गरिसकेको छ । यस कलेजमा प्लस टु अन्तर्गत विज्ञान, व्यवस्थापन, कानून, शिक्षा, मानविकी संकायको पठनपाठन भइरहेको छ । यस्तै स्नातक तहमा बीबीए, बिसिए र बिबिएस कार्यक्रम संचालनमा छन् भने मास्टर्स लेभवमा एमबीएस प्रोग्राम संचालनमा छन् ।देशभरका विद्यार्थीहरुको रोजाइको गन्तब्य बन्न सफल यस कलेजमा अहिले मात्रै १५ सय विद्यार्थी अध्ययनरत छन् । उत्कृष्ट नतिजा मात्रै होईन विद्यार्थीहरुमा असल व्यवहारको विकास गराउन पनि उत्तिकै दत्तचित्त छ, यो कलेज । यहाँ अध्ययन गरेका विद्यार्थीहरुले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्टिय विश्व विद्यालयहरुमा उत्कृष्ट अंकका साथ सफलता हासिल गरेको थुप्रै उदाहरणहरु छन् ।अत्याधुनिक भौतिक संरचनाले भरिपूर्ण यस कलेजले पठनपाठनका आधुनिक पद्धतीहरु अवलम्वन गर्दै प्रयोगात्मक क्रियाकलापहरुलाई पनि उत्तिकै जोड दिँदै आएको छ । कलेजमा शिक्षामैत्री भौतिक संरचनाका साथै होटल म्यानेज्मेन्ट, साइन्स र कम्प्युटर ल्यावहरुको उच्चतम सुविधा रहेको छ ।विद्यार्थीहरुको भविष्यलाई ध्यानमा राखि यस कलेजले चीन र अमेरिकाका विभिन्न कलेजहरुसँग समेत समन्वय गरिरहेको छ । समयको मागलाई ख्याल गर्दै यस कलेजले खेलकुद, यातायात, होस्टेल, क्यान्टिन लगायतको सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । यहाँ अध्ययनरत विद्यार्थीहरु पनि कलेजको सेवा र सुविधाबाट सन्तुष्ट देखिन्छन् ।कोरोना भाइरस महामारीलाई अवसरकारुपमा बदल्दै यस कलेजले विद्यार्थीहरुलाई नियमितरुपमा अनलाइन क्लासको व्यवस्था गर्दै आएको छ । यस कलेजले नेपाल टेलिकमसँग स्म्झौता गरी विद्यार्थीको घरघरमै इन्टरनेटको व्यवस्था गरि पठनपाठनलाई थप प्रभावकारी बनाएको छ ।

शत प्रतिशत नतिजा हासिल गर्न सफल : नेपाल काष्ठमण्डप कलेज (भिडियो)

काठमाडौं ।

नेपालको शैक्षिक जगतमा विगत २० वर्षदेखि अनवरत सेवा प्रदान गरिरहेको शैक्षिक संस्था हो नेपाल काष्ठमण्डप कलेज । यस कलेजले प्लस टु र स्नातक तहमा निरन्तररुपमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको कुरा सर्वविदितै छ ।

सर्टिफिकेटको नतिजा त्यतिबेला अर्थपूर्ण हुन्छ जब कुनै व्यक्तिले प्रभावकारी ढंगले आफ्नो व्यवहारिक जीवन निर्वाह गर्न सक्छ । हो, यही मान्यतालाई आत्मसाथ गर्दै संचालनमा छ नेपाल काष्ठमण्डप कलेज ।

सफल र सक्षम नागरिक उत्पादन गर्ने मुख्य उद्धेश्य बोकेर संचालनमा रहेको यस कलेजले थुप्रै डाक्टर, इञ्जिनियर तथा व्यवस्थापकहरु उत्पादन गरिसकेको छ । यस कलेजमा प्लस टु अन्तर्गत विज्ञान, व्यवस्थापन, कानून, शिक्षा, मानविकी संकायको पठनपाठन भइरहेको छ । यस्तै स्नातक तहमा बीबीए, बिसिए र बिबिएस कार्यक्रम संचालनमा छन् भने मास्टर्स लेभवमा एमबीएस प्रोग्राम संचालनमा छन् ।

देशभरका विद्यार्थीहरुको रोजाइको गन्तब्य बन्न सफल यस कलेजमा अहिले मात्रै १५ सय विद्यार्थी अध्ययनरत छन् । उत्कृष्ट नतिजा मात्रै होईन विद्यार्थीहरुमा असल व्यवहारको विकास गराउन पनि उत्तिकै दत्तचित्त छ, यो कलेज । यहाँ अध्ययन गरेका विद्यार्थीहरुले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्टिय विश्व विद्यालयहरुमा उत्कृष्ट अंकका साथ सफलता हासिल गरेको थुप्रै उदाहरणहरु छन् ।

अत्याधुनिक भौतिक संरचनाले भरिपूर्ण यस कलेजले पठनपाठनका आधुनिक पद्धतीहरु अवलम्वन गर्दै प्रयोगात्मक क्रियाकलापहरुलाई पनि उत्तिकै जोड दिँदै आएको छ । कलेजमा शिक्षामैत्री भौतिक संरचनाका साथै होटल म्यानेज्मेन्ट, साइन्स र कम्प्युटर ल्यावहरुको उच्चतम सुविधा रहेको छ ।

विद्यार्थीहरुको भविष्यलाई ध्यानमा राखि यस कलेजले चीन र अमेरिकाका विभिन्न कलेजहरुसँग समेत समन्वय गरिरहेको छ । समयको मागलाई ख्याल गर्दै यस कलेजले खेलकुद, यातायात, होस्टेल, क्यान्टिन लगायतको सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । यहाँ अध्ययनरत विद्यार्थीहरु पनि कलेजको सेवा र सुविधाबाट सन्तुष्ट देखिन्छन् ।

कोरोना भाइरस महामारीलाई अवसरकारुपमा बदल्दै यस कलेजले विद्यार्थीहरुलाई नियमितरुपमा अनलाइन क्लासको व्यवस्था गर्दै आएको छ । यस कलेजले नेपाल टेलिकमसँग स्म्झौता गरी विद्यार्थीको घरघरमै इन्टरनेटको व्यवस्था गरि पठनपाठनलाई थप प्रभावकारी बनाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार