#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व410292791129492927553230624255
नेपाल1391297654175596609
फाइल फोटो
काठमाडौं । काठमाडौं महानगरपालिका-२६ गोंगबु शिवमन्दिर नजिकबाट लागूऔषध २५ एम्पुल डाईजेपाम, २६ एम्पुल फेनारेगन र २६ एम्पुल नुर्फिनसहित काठमाडौं सामाखुसी बस्ने तनहुँ खैरनीटार नगरपालिका-७ घर भएका ३२ वर्षीय मनोज गुरुङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । गुरुङले लागूऔषध सेवन तथा बेचबिखनको लागि साथमा बोकी हिँडिरहेको अवस्थामा उनलाई उक्त लागूऔषधसहित  पक्राउ गरेको हो ।त्यस्तै पोखरा महानगरपालिका-९ शान्ती बनबाटिका डेरा गरी चितवन भरतपुर महानगरपालिका-९ घर भएका २८ वर्षीय दिनेश गुरुङलाई करिब ८ सय ५५ ग्राम अवैध लागूऔषध गाँजा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको स्थानीय प्रहरीले उनको कोठाबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।यता सप्तरीकाे बोदेबर्साईन नगरपालिका-९ स्थित सिमराहा बोर्डरबाट नियन्त्रित लागूऔषध २९६ पिस डाइलेक्स डिसी शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी देउरीबाट गस्तीमा खटिएको प्रहरीले खेतको आलीमा उक्त लागूऔषध फेला पारी बरामद गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-६ गुम्राह चोकबाट करिब ५ किलो अवैध लागूऔषध अफिमसहित २ जनालाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रोल्पा साबिक थवाङ गाबिस-५ बस्ने ४६ वर्षीय कर्म कुमार बुढा र उनकै श्रीमती ४६ वर्षीया राजकुमारी रोका रहेका छन् ।

लागूऔषधसहित पक्राउ

फाइल फोटो

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ गोंगबु शिवमन्दिर नजिकबाट लागूऔषध २५ एम्पुल डाईजेपाम, २६ एम्पुल फेनारेगन र २६ एम्पुल नुर्फिनसहित काठमाडौं सामाखुसी बस्ने तनहुँ खैरनीटार नगरपालिका-७ घर भएका ३२ वर्षीय मनोज गुरुङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । गुरुङले लागूऔषध सेवन तथा बेचबिखनको लागि साथमा बोकी हिँडिरहेको अवस्थामा उनलाई उक्त लागूऔषधसहित  पक्राउ गरेको हो ।

त्यस्तै पोखरा महानगरपालिका-९ शान्ती बनबाटिका डेरा गरी चितवन भरतपुर महानगरपालिका-९ घर भएका २८ वर्षीय दिनेश गुरुङलाई करिब ८ सय ५५ ग्राम अवैध लागूऔषध गाँजा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको स्थानीय प्रहरीले उनको कोठाबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यता सप्तरीकाे बोदेबर्साईन नगरपालिका-९ स्थित सिमराहा बोर्डरबाट नियन्त्रित लागूऔषध २९६ पिस डाइलेक्स डिसी शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी देउरीबाट गस्तीमा खटिएको प्रहरीले खेतको आलीमा उक्त लागूऔषध फेला पारी बरामद गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-६ गुम्राह चोकबाट करिब ५ किलो अवैध लागूऔषध अफिमसहित २ जनालाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रोल्पा साबिक थवाङ गाबिस-५ बस्ने ४६ वर्षीय कर्म कुमार बुढा र उनकै श्रीमती ४६ वर्षीया राजकुमारी रोका रहेका छन् ।

सम्बन्धित समाचारहरु