#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व410292791129492927553230624255
नेपाल1391297654175596609
बागलुङ । बागलुङमा साढे सात हजारभन्दा बढीले कोरोना बीमा गरेका छन् ।कोरोना भाइरस संक्रमण बढेसँगै बागलुङमा हालसम्म सात हजार ८८६ जनाले बीमा गरेका हुन् । तीमध्ये तीन जनाले मात्रै बीमा रकम दाबी गरेका छन् । बीमा रकम दाबी गरेकामध्ये दुई जनाले बीमा कम्पनीबाट भुक्तानी लिइसकेका छन् भने एक जना लिने प्रक्रियामा रहेको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोबिन्द आचार्यले जानकारी दिए ।उनका अनुसार बागलुङमा हालसम्म ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीमा गरेका दुई जनाले आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबाट बीमाबापत एक लाख रकम भुक्तानी लिनुभएको छ भने बागलुङ काठेखोलाको क्वारेन्टाइन व्यवस्थापन र सुरक्षामा खटिएका सुरक्षाकर्मीले पनि बीमाबापतको रकम भुक्तानीका लागि प्रक्रिया अगाडि बढाएको उनले बताए ।बीमा समितिले निर्जीवन बीमा कम्पनी र नेपाल पुर्नबीमा कम्पनीसँग समन्वय गर्दै २० वटा निर्जीवन बीमा कम्पनीलाई कोरोना बीमा गर्ने अनुमति प्रदान गरेको थियो । तीमध्ये बागलुङमा १३ वटा निर्जीवन बीमा कम्पनीले कोरोना बीमाको काम गरिरहेका छन् । निर्जीवन बीमा कम्पनीहरूले बिक्री गरिरहेको बीमा पोलिसी बागलुङमा एक लाख र ५० हजारको छुट्टाछुट्टै रकमको बीमा तोकेका छन् । एक लाखको बीमाका लागि प्रतिव्यक्तिले रु एक हजार प्रिमियम (बीमा शुल्क) तिर्नुपर्छ । सामूहिक रुपमा घर परिवार वा कार्यालयका कर्मचारीको बीमागर्दा प्रतिव्यक्ति ६०० तिरे पुग्छ । त्यस्तै ५० हजार बीमांकको बीमांलेखका लागि प्रतिव्यक्ति ५०० र सामूहिक रुपमा प्रतिव्यक्ति ३०० मा बीमा गर्न सकिन्छ । यी दुवै बीमालेख गर्दा सरकारले ५० प्रतिशत अनुदान दिन्छ ।बीमा दाबीको लागि बीमालेख खरिद गरेको १५ दिनपछि पीसिआर परीक्षणबाट कोरोना भाइरस संक्रमण भएको पुष्टि भएमा बीमालेख बमोजिमका कम्पनीहरूले दावी भुक्तानी गर्ने छन् ।

बागलुङमा ७ हजार ८ सयले गरे कोरोना बीमा

बागलुङ । बागलुङमा साढे सात हजारभन्दा बढीले कोरोना बीमा गरेका छन् ।

कोरोना भाइरस संक्रमण बढेसँगै बागलुङमा हालसम्म सात हजार ८८६ जनाले बीमा गरेका हुन् । तीमध्ये तीन जनाले मात्रै बीमा रकम दाबी गरेका छन् । बीमा रकम दाबी गरेकामध्ये दुई जनाले बीमा कम्पनीबाट भुक्तानी लिइसकेका छन् भने एक जना लिने प्रक्रियामा रहेको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोबिन्द आचार्यले जानकारी दिए ।

उनका अनुसार बागलुङमा हालसम्म ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीमा गरेका दुई जनाले आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबाट बीमाबापत एक लाख रकम भुक्तानी लिनुभएको छ भने बागलुङ काठेखोलाको क्वारेन्टाइन व्यवस्थापन र सुरक्षामा खटिएका सुरक्षाकर्मीले पनि बीमाबापतको रकम भुक्तानीका लागि प्रक्रिया अगाडि बढाएको उनले बताए ।

बीमा समितिले निर्जीवन बीमा कम्पनी र नेपाल पुर्नबीमा कम्पनीसँग समन्वय गर्दै २० वटा निर्जीवन बीमा कम्पनीलाई कोरोना बीमा गर्ने अनुमति प्रदान गरेको थियो । तीमध्ये बागलुङमा १३ वटा निर्जीवन बीमा कम्पनीले कोरोना बीमाको काम गरिरहेका छन् । निर्जीवन बीमा कम्पनीहरूले बिक्री गरिरहेको बीमा पोलिसी बागलुङमा एक लाख र ५० हजारको छुट्टाछुट्टै रकमको बीमा तोकेका छन् । एक लाखको बीमाका लागि प्रतिव्यक्तिले रु एक हजार प्रिमियम (बीमा शुल्क) तिर्नुपर्छ । सामूहिक रुपमा घर परिवार वा कार्यालयका कर्मचारीको बीमागर्दा प्रतिव्यक्ति ६०० तिरे पुग्छ । त्यस्तै ५० हजार बीमांकको बीमांलेखका लागि प्रतिव्यक्ति ५०० र सामूहिक रुपमा प्रतिव्यक्ति ३०० मा बीमा गर्न सकिन्छ । यी दुवै बीमालेख गर्दा सरकारले ५० प्रतिशत अनुदान दिन्छ ।

बीमा दाबीको लागि बीमालेख खरिद गरेको १५ दिनपछि पीसिआर परीक्षणबाट कोरोना भाइरस संक्रमण भएको पुष्टि भएमा बीमालेख बमोजिमका कम्पनीहरूले दावी भुक्तानी गर्ने छन् ।

सम्बन्धित समाचारहरु