#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व410292791129492927553230624255
नेपाल1391297654175596609
सांकेतिक तस्बिर
नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले सम्झना विकको हत्यारालाई कारबाही गर्न माग गरेको छ ।नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ती जारी गरी बझाङको मष्टा गाउँपालिकामा १२ वर्षीया बालिका सम्झनाको बलात्कारपछि हत्याका अपराधीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारवाही गर्नुपर्ने बताए ।“लोकतान्त्रिक शासन व्यवस्था भएको देशमा आम नागरिकको सुरक्षा गर्न नसक्नु दुःखद कुरा हो, सरकारले बलात्कारीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्नुपर्छ”, अध्यक्ष ढुङ्गानाले भने । सरकारले आपराधिक घटनाका पीडितलाई न्याय दिनुको साटो अपराधीलाई बचाउन खोजेको उनको दाबी छ ।नेवि सङ्घका महामन्त्री दीपक भट्टराईले केही महिना पहिले नवराज विकलगायतका युवाको रुकुममा भएको घट्ना र हाल सम्झना विकको बलात्कारपछि हत्या हुनुले दलित समुदायमाथि आक्रमणको घटना बढ्न थालेको बताए । महामन्त्री भट्टराईले दलित समुदायमाथि हुने गरेका विभिन्न प्रकारका प्रताडन रोक्न सरकारलाई विशेष र कडा कानून बनाउन आग्रह गरे ।

१२ वर्षीया सम्झना विकको हत्यारालाई कारबाही गर्न माग

सांकेतिक तस्बिर

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले सम्झना विकको हत्यारालाई कारबाही गर्न माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ती जारी गरी बझाङको मष्टा गाउँपालिकामा १२ वर्षीया बालिका सम्झनाको बलात्कारपछि हत्याका अपराधीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारवाही गर्नुपर्ने बताए ।

“लोकतान्त्रिक शासन व्यवस्था भएको देशमा आम नागरिकको सुरक्षा गर्न नसक्नु दुःखद कुरा हो, सरकारले बलात्कारीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्नुपर्छ”, अध्यक्ष ढुङ्गानाले भने । सरकारले आपराधिक घटनाका पीडितलाई न्याय दिनुको साटो अपराधीलाई बचाउन खोजेको उनको दाबी छ ।

नेवि सङ्घका महामन्त्री दीपक भट्टराईले केही महिना पहिले नवराज विकलगायतका युवाको रुकुममा भएको घट्ना र हाल सम्झना विकको बलात्कारपछि हत्या हुनुले दलित समुदायमाथि आक्रमणको घटना बढ्न थालेको बताए । महामन्त्री भट्टराईले दलित समुदायमाथि हुने गरेका विभिन्न प्रकारका प्रताडन रोक्न सरकारलाई विशेष र कडा कानून बनाउन आग्रह गरे ।

सम्बन्धित समाचारहरु