सप्तरीमा १८८ जनाको आरडिटी परीक्षण

सप्तरीमा १८८ जनाको आरडिटी परीक्षण


सप्तरी ।

सप्तरीमा राजविराजसहित विभिन्न स्थानीय तहमा १८८ जनाको आरडिटी किटबाट द्रुत परीक्षण गरिएको छ ।

राजविराज, कञ्चनरूप, हनुमाननगर कंकालिनी, बोदे बर्साइन, डाक्नेश्वरी र खडक नगरपालिका तथा तिलाठी कोइलाडी, छिन्नमस्ता, राजगढ, अग्नीसाइर कृष्णसवरण, महादेवा, बलान बिहुल गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १६ महिला र १७२ पुरुषको परीक्षण गरिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको हो ।

परीक्षण गरिएका १८८ मध्ये १८६ को रिपोर्ट नेगेटिभ आएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दुई जनाको रिपोर्ट पोजिटिभ आएकामा उनीहरूको समेत पिसीआर प्रविधिबाट स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताए। गजेन्द्रनारायण सिंह अस्पतालले हालसम्म १८ वटा स्वाब परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।रासस

Logo