#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
कास्की ।यो वर्ष मनसुन शुरु भए यता बाढी, पहिरो र चट्याङले गण्डकी प्रदेशलाई नराम्ररी प्रभावित बनाएको छ ।नेपालमा गत जेठ २७ गतेदेखि मनसुन शुरु भएको छ । त्यसयता असोज ९ गतेसम्म बाढी, पहिरो र चट्याङ लगायत प्राकृतिक विपदमा परेर यो प्रदेशमा १२६ जनाले ज्यान गुमाएका छन् भने २३ बेपत्ता छन् । विपदमा परेर ८९ जना घाइते भएका छन् ।गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार प्राकृतिक विपदमा परेर मृत्यु हुने मध्ये पुरुष ४४, महिला ४०, बालिका २३ र बालक १९ रहेका छन् । त्यस्तै बेपत्ता मध्ये नौ जना बालबालिका छन् भने घाइते मध्ये पुरुष ४३, महिला २९, बालिका सात र बालक १० रहेका छन् । मनसुन शुरु भए यता प्रदेशको मनाङ बाहेकका सबै जिल्लामा बाढी, पहिरो लगायत प्राकृतिक विपद्जन्य घटनामा परी ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी बाग्लुङमा ३६ जनाको मृत्यु भएको छ । ती मध्ये १५ महिला, १२ पुरुष, तीन बालिका तथा छ बालक रहेका छन् ।त्यस्तै प्राकृतिक विपदमा परेर म्याग्दीमा सात महिला, नौ पुरुष, नौ बालिका र छ बालक गरी कूल ३१ जनाले ज्यान गुमाएका छन् । स्याङ्जामा पाँच महिला, नौ पुरुष र एक बालक गरी कूल १५ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रबावु रेग्मीले जानकारी दिए ।त्यसैगरी सो अवधिमा प्राकृतिक विपदमा परेर तनहुँमा पाँच महिला, पाँच पुरुष र तीन बालिका गरी कूल १३ जना, कास्कीमा तीन महिला, दुई पुरुष, तीन बालिका तथा तीन बालक गरी कूल ११, पर्वतमा दुई महिला, एक पुरुष, पाँच बालिका र एक बालक गरी कूल १० जनाको मृत्यु भएको छ ।लमजुङमा एक महिला, दुई पुरुष र एक बालक गरी कूल चार, गोर्खामा एक महिला तथा दुई पुरुष गरी कूल चार, नवलपरासीमा एक महिला तथा एक पुरुष गरी कूल दुई जना र मुस्ताङमा एक पुरुषको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।बाढी, पहिरो लगायत विपदमा परी हालसम्म २३ जना बेपत्ता रहेको मध्ये बाग्लुङका १६, म्याग्दीका पाँच, स्याङ्जा र गोरखाका एक÷एक जना छन् । नौ महिला र पाँच पुरुष बेपत्ता छन् । प्राकृतिक विपदमा परेर प्रदेशका १० वटै जिल्लामा गरी हालसम्म एक हजार ६१५ परिवारका छ हजार ७७३ जना विस्थापित भएका छन् भने ९७० घर जोखिममा रहेको बताइएको छ । म्याग्दीमा सबैभन्दा बढी ७१७ घरका तीन हजार १२५ जना विस्थापित भएका छन् ।

मनसुन शुरु भए यता प्राकृतिक विपत्ति परि गण्डकीमा १२६ जनाको मृत्यु

कास्की ।

यो वर्ष मनसुन शुरु भए यता बाढी, पहिरो र चट्याङले गण्डकी प्रदेशलाई नराम्ररी प्रभावित बनाएको छ ।

नेपालमा गत जेठ २७ गतेदेखि मनसुन शुरु भएको छ । त्यसयता असोज ९ गतेसम्म बाढी, पहिरो र चट्याङ लगायत प्राकृतिक विपदमा परेर यो प्रदेशमा १२६ जनाले ज्यान गुमाएका छन् भने २३ बेपत्ता छन् । विपदमा परेर ८९ जना घाइते भएका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार प्राकृतिक विपदमा परेर मृत्यु हुने मध्ये पुरुष ४४, महिला ४०, बालिका २३ र बालक १९ रहेका छन् । त्यस्तै बेपत्ता मध्ये नौ जना बालबालिका छन् भने घाइते मध्ये पुरुष ४३, महिला २९, बालिका सात र बालक १० रहेका छन् । मनसुन शुरु भए यता प्रदेशको मनाङ बाहेकका सबै जिल्लामा बाढी, पहिरो लगायत प्राकृतिक विपद्जन्य घटनामा परी ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी बाग्लुङमा ३६ जनाको मृत्यु भएको छ । ती मध्ये १५ महिला, १२ पुरुष, तीन बालिका तथा छ बालक रहेका छन् ।

त्यस्तै प्राकृतिक विपदमा परेर म्याग्दीमा सात महिला, नौ पुरुष, नौ बालिका र छ बालक गरी कूल ३१ जनाले ज्यान गुमाएका छन् । स्याङ्जामा पाँच महिला, नौ पुरुष र एक बालक गरी कूल १५ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रबावु रेग्मीले जानकारी दिए ।

त्यसैगरी सो अवधिमा प्राकृतिक विपदमा परेर तनहुँमा पाँच महिला, पाँच पुरुष र तीन बालिका गरी कूल १३ जना, कास्कीमा तीन महिला, दुई पुरुष, तीन बालिका तथा तीन बालक गरी कूल ११, पर्वतमा दुई महिला, एक पुरुष, पाँच बालिका र एक बालक गरी कूल १० जनाको मृत्यु भएको छ ।

लमजुङमा एक महिला, दुई पुरुष र एक बालक गरी कूल चार, गोर्खामा एक महिला तथा दुई पुरुष गरी कूल चार, नवलपरासीमा एक महिला तथा एक पुरुष गरी कूल दुई जना र मुस्ताङमा एक पुरुषको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बाढी, पहिरो लगायत विपदमा परी हालसम्म २३ जना बेपत्ता रहेको मध्ये बाग्लुङका १६, म्याग्दीका पाँच, स्याङ्जा र गोरखाका एक÷एक जना छन् । नौ महिला र पाँच पुरुष बेपत्ता छन् । प्राकृतिक विपदमा परेर प्रदेशका १० वटै जिल्लामा गरी हालसम्म एक हजार ६१५ परिवारका छ हजार ७७३ जना विस्थापित भएका छन् भने ९७० घर जोखिममा रहेको बताइएको छ । म्याग्दीमा सबैभन्दा बढी ७१७ घरका तीन हजार १२५ जना विस्थापित भएका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार