#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व8785739118954272265518963306775
नेपाल26360519035058256644
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण देखा पर्नु अघि अर्थात् विगत ८ महिनादेखि बन्द रहेको नेपाल चीन व्यापार प्रमुख नाका रसुवागढी गत बुधबारदेखि उच्च स्वास्थ्य सुरक्षासहित प्रवेश गर्न अनुमति दिइएको छ । तर यसरी अनुमति दिए पनि चिनियाँ पक्षले ५ वटा कन्टेनर मात्र पास गर्न सकिने अनुमति दिएको छ ।विगत ८ महिनादेखि कोरोनाको प्रभाव तथा अन्य विभिन्न अवरोधका कारण नेपाली व्यवसायीको अर्बौं रुपैयाँको सामान नाकामै रोकिएको छ । यसरी नाकामा रोकिएका १२ सयभन्दा बढी कन्टेनर नेपाल भित्रिन पाएका थिएनन् । तर, अहिले नाका प्रवेश गर्न अनुमति दिए पनि ती सबै कन्टेनर नेपालमा भित्रिन करिव दुई महिना भन्दा बढी लाग्ने देखिन्छ ।८ महिना अघिदेखि नाकामा आएर बसेका सामान यस अगाडि कोरोनाको प्रभाव तथा यसको जोखिम देखाउँदै चिनियाँ पक्षले केरुङ नाकाको मितेरीपुलसम्म सामान ल्याएर झारिदिने र नेपालबाट गएको कन्टेनरले मितेरीपुलबाट लोड गरेर नेपाल ल्याउने व्यवस्था गरिएको थियो । तर यसरी चीनबाट आएको कन्टेनरबाट अर्को कन्टेनरमा सामान लोड गर्दा दिनमा सरदर ५ वटा ट्रक मात्रै पास हुने भएकाले रसुवागढी नाकामा कन्टेनरको चाप रहेको थियो ।अब यसरी महिनौंदेखि नाकामा थन्किएर बसेका १२ सय कन्टेनरको सामानमा दैनिक ५ वटा कन्टेनर मात्रै आयात गर्न दिने हो भने दशैं भन्दा पछीसम्म पनि चीनमा भएका कन्टेनरहरु आयात गर्न नसकिने देखिएको छ ।रसुवागढी केरुङ भन्सार कार्यालयका प्रमुख पुण्यबिक्रम खड्काका अनुसार दैनिक ५ वटा मात्रै कन्टेनर भित्रिन पाउने हुँदा सबै कन्टेनर नेपाल प्रवेश गर्न महिनाैँ लाग्ने भएकाले ५ वटा भन्दा बढी कन्टेनर आयात गर्नका लागि चिनीयाँ पक्षसँग पहल भइरहेको बताएका छन् । चिनियाँ पक्षले नेपालमा कोरोना संक्रमण दर बढ्दै गएको भन्दै स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । तर स्वास्थ्य मापदण्डलाई सहज बनाएर आयात खुलाउने प्रयास गरिरहेको खड्काको भनाइ छ ।बन्द रहेको नाका खुल्ला गर्नका लागि रसुवाका सिडिओ तथा भन्सार प्रमुखदेखि केन्द्रमा वाणिज्य सचिव र परराष्ट्र सचिवले समेत बन्द रहेको रसुवागढी नाका खोलेर नाकामा अड्किएका सामान छुटाउन चीनसँग आग्रह गरेका थिए ।यता, कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन र निषेधाज्ञाको मारमा परेका व्यवसायीहरु करोडौं लगानी गरेर नेपाल ल्याउन लागिएको सामान नाकामा महिनौं रोकिंदा लगानी गुम्ने भन्दै चिन्तामा रहेका थिए । तर नाका खोल्ने भएपछि दशैं नजिकिँदै गर्दा पनि सामान ल्याउन नपाएका व्यवसायीहरु अब दशैंमा नयाँ सामान आउने भएको भन्दै खुसी हुन थालेका छन् ।नेपाली व्यवसायीले गत वर्ष नै मगाएका लत्ताकपडा, जुत्ता, मेसिनरी, विद्युतीय सामग्री, कच्चा पदार्थ, फलफूल तथा खाद्यान्न लगायत सामग्रीका कन्टेनर नाकामा आएर अड्किँदा व्यवसायीहरुले ठूलो आर्थिक क्षति गुमाएका छन् भने अर्कातर्फ दशैं नजिकिदै गर्दा पनि बजारमा पुराना सामान नै देखिएका छन् भने बजारमा यी वस्तुको अभाव पनि हुन थालेको छ ।सडक मार्गको नाका महिनौं देखि बन्द रहेकाले कतिपय व्यवसायीहरुले दशैं नजिकिँदै गर्दा दशैंका लागि चाहिने सामानहरु जहाज चार्टर गरेर ल्याएका छन् । यसरी जहाज चार्टर गरेर सामान आयात गरेपछि बजारमा सामानको मूल्य पनि महँगो पर्ने देखिएको छ । तर नाकाबाट नै सामान आउने भएपछि त्यति धेरै मूल्यबृद्धी नहुने भएको छ ।बन्द रहेको नाका खुलेपछि व्यवसायीहरु खुशी भएको तर पहिलो प्राथमिकतामा भन्सारले मेडिकल तथा विद्युतिय सामाग्रीलाई मात्रै राखेपछि दशैंका लागि चाहिने सामाग्री आउन ढिला हुने हो कि भन्ने चिन्ता रहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए ।उनका अनुसार महासंघले लत्ताकपडा, जुत्ता, विद्युतीय सामग्री, कच्चा पदार्थ, फलफूल तथा खाद्यान्नलाई पनि प्राथमिकता दिन सबैतिर पहल भइरहेको छ । उनले भने, ‘कोरोनाले थला परेका व्यवसायीलाई दशैंमा पुराना समान नै बिक्रि गर्नु पर्ने हुन्छ कि ? यो दशैंमा सामान ल्याउन पाइन्न कि भन्ने तथा सामानको अभाव पनि हुन्छ कि भन्ने अनुमान गरेका थिए, अब त्यो समस्या हट्ने दिएको छ ।’ अब सम्बन्धित निकायसँग समन्वय गरेर नाकामा अड्किएका सबै सामान नेपाल ल्याउने वातावरण बनाउने उनको भनाइ छ ।पहिलो प्राथमिकतामा मेडिकल सामग्रीहरुनाकामा रोकिएका १२ सय कन्टेनर मध्ये सबैभन्दा पहिला मेडिकल सामग्रीहरुलाई पहिलो प्राथमिकताका साथ भन्सार गरेर नेपाल पठाउन थालिएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए । उनका अनुसार अहिले मेडिकल सामग्रीहरु माक्स, सेनिटाइजर, औषधी तथा मेसिन र विद्युतका सामग्रीहरु आउन थालेको तर लत्ताकपडा, जुत्ता जस्ता सामग्रंीहरुको भने भन्सार भएको छैन ।यसरी पहिला अन्य सामग्रीलाई प्रवेश दिएकाले दशैंका लागि नयाँ कपडा बेच्न पाउने भएर खुसी भएका व्यवसायीहरुका लागि ढिला हुने देखिएको छ । कोरोना प्रभावले नेपाली बजार विगत ६ महिनादेखि बन्द रहेकाले पुरानै सामान बेच्न बाध्य रहेका छन् । कतिपय सामान बजार खुल्ला भएसँगै अभाव हुन थालेको छ ।बजारमा सामानको अभाव हुँदा व्यवसायीका गुनासै गुनासोकोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लामो समय लकडाउन र निषेधाज्ञा गर्दा ठप्प रहेका व्यापार, व्यवसाय पछिल्लो एक महिनादेखि सञ्चालनमा रहेका छन् । तर बजार खुल्ला भए पनि पर्याप्त सामग्रीहरु नहुँदा व्यापार शुन्य रहेको व्यवसायीहरुले गुनासो गर्न थालेका छन् । ८ महिनादेखि चीनतर्फको केरुङ नाका बन्द भएको तथा अर्डरका सामान पनि नाकामा आएर रोकिएकाले मालवस्तु ल्याउन नपाउँदा सामग्रीको अभाव भएको व्यवसायीहरुले बताएका छन् ।चाडपर्व नजिकिंदै छ, व्यापारको मूख्य सिजन पनि चाडपर्व नै हो । दशैं तिहार जस्ता ठूला चाडपर्वका समयमा किनमेल गर्ने प्रचलन नेपाली समाजमा रहँदै आएको छ । त्यसैले यो समयमा लत्ताकपडा, खाद्यवस्तु, घरायसी सामग्री लगायतका वस्तुहरुको आयात पनि धेरै हुन्छ । तर यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण चीनतर्फका केरुङ नाकाबाट कुनै पनि सामग्री भित्रिन सकेको छैन । यसरी सामान नाकामै रोकिंदा भएको पुरानै स्टक सामग्री मात्रै बिक्री गर्नु परेको पनि व्यवसायीहरुको गुनासो रहेको छ । बजारमा पर्याप्त सामग्री नहुँदा बजार मूल्य पनि महँगो हुने भएकाले व्यापार कम हुने चिन्तामा व्यवसायीहरु रहेका छन् ।काठमाडौंको न्यूरोड, असन, भोटेबहाल लगायतका क्षेत्रमा अहिले लत्ताकपडा बिक्रीका लागि मूख्य सिजन भएपनि आवश्यक सामग्री नहुँदा व्यापार कम भएको व्यवसायी जीवन चौलागाईले बताए । चीनतर्फको नाका बन्द हुँदा आयात रोकिएकाले यस वर्ष चिसो मौसमका कपडाहरुको समेत अभाव हुन सक्ने उनको भनाइ छ ।दैनिक ५ कन्टेनरले धान्छ त यो वर्षको दशैं बजार ?कोरोनाको प्रभावले चीनतर्फका सबै नाका विगत ८ महिनादेखि बन्द भएका थिए । बुधबारबाट दैनिक ५ वटा मात्रै कन्टेनर प्रवेश पाउने गरि खुल्ला भएको छ । तर अहिले ६ महिनादेखि बन्द भएको बजारमा भएका पुरानो स्टक सामान पनि सकिएर अभाव हुन थालेको छ । नाका खुलेपछि सामान आउने र बजारमा अभाव भएका सामान सहज हुने भने पनि ५ वटा मात्रै कन्टेनर भित्रिने भएकाले बजार धान्नै समस्या हुने देखिएको छ ।

रसुवागढी नाकाबाट दैनिक ५ वटा कन्टेनर नेपाल प्रवेश गर्दै, पहिलो प्राथमिकतामा मेडिकल सामग्री

काठमाडौं ।
नेपालमा कोरोना भाइरस संक्रमण देखा पर्नु अघि अर्थात् विगत ८ महिनादेखि बन्द रहेको नेपाल चीन व्यापार प्रमुख नाका रसुवागढी गत बुधबारदेखि उच्च स्वास्थ्य सुरक्षासहित प्रवेश गर्न अनुमति दिइएको छ । तर यसरी अनुमति दिए पनि चिनियाँ पक्षले ५ वटा कन्टेनर मात्र पास गर्न सकिने अनुमति दिएको छ ।

विगत ८ महिनादेखि कोरोनाको प्रभाव तथा अन्य विभिन्न अवरोधका कारण नेपाली व्यवसायीको अर्बौं रुपैयाँको सामान नाकामै रोकिएको छ । यसरी नाकामा रोकिएका १२ सयभन्दा बढी कन्टेनर नेपाल भित्रिन पाएका थिएनन् । तर, अहिले नाका प्रवेश गर्न अनुमति दिए पनि ती सबै कन्टेनर नेपालमा भित्रिन करिव दुई महिना भन्दा बढी लाग्ने देखिन्छ ।

८ महिना अघिदेखि नाकामा आएर बसेका सामान यस अगाडि कोरोनाको प्रभाव तथा यसको जोखिम देखाउँदै चिनियाँ पक्षले केरुङ नाकाको मितेरीपुलसम्म सामान ल्याएर झारिदिने र नेपालबाट गएको कन्टेनरले मितेरीपुलबाट लोड गरेर नेपाल ल्याउने व्यवस्था गरिएको थियो । तर यसरी चीनबाट आएको कन्टेनरबाट अर्को कन्टेनरमा सामान लोड गर्दा दिनमा सरदर ५ वटा ट्रक मात्रै पास हुने भएकाले रसुवागढी नाकामा कन्टेनरको चाप रहेको थियो ।

अब यसरी महिनौंदेखि नाकामा थन्किएर बसेका १२ सय कन्टेनरको सामानमा दैनिक ५ वटा कन्टेनर मात्रै आयात गर्न दिने हो भने दशैं भन्दा पछीसम्म पनि चीनमा भएका कन्टेनरहरु आयात गर्न नसकिने देखिएको छ ।

रसुवागढी केरुङ भन्सार कार्यालयका प्रमुख पुण्यबिक्रम खड्काका अनुसार दैनिक ५ वटा मात्रै कन्टेनर भित्रिन पाउने हुँदा सबै कन्टेनर नेपाल प्रवेश गर्न महिनाैँ लाग्ने भएकाले ५ वटा भन्दा बढी कन्टेनर आयात गर्नका लागि चिनीयाँ पक्षसँग पहल भइरहेको बताएका छन् । चिनियाँ पक्षले नेपालमा कोरोना संक्रमण दर बढ्दै गएको भन्दै स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । तर स्वास्थ्य मापदण्डलाई सहज बनाएर आयात खुलाउने प्रयास गरिरहेको खड्काको भनाइ छ ।

बन्द रहेको नाका खुल्ला गर्नका लागि रसुवाका सिडिओ तथा भन्सार प्रमुखदेखि केन्द्रमा वाणिज्य सचिव र परराष्ट्र सचिवले समेत बन्द रहेको रसुवागढी नाका खोलेर नाकामा अड्किएका सामान छुटाउन चीनसँग आग्रह गरेका थिए ।

यता, कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन र निषेधाज्ञाको मारमा परेका व्यवसायीहरु करोडौं लगानी गरेर नेपाल ल्याउन लागिएको सामान नाकामा महिनौं रोकिंदा लगानी गुम्ने भन्दै चिन्तामा रहेका थिए । तर नाका खोल्ने भएपछि दशैं नजिकिँदै गर्दा पनि सामान ल्याउन नपाएका व्यवसायीहरु अब दशैंमा नयाँ सामान आउने भएको भन्दै खुसी हुन थालेका छन् ।

नेपाली व्यवसायीले गत वर्ष नै मगाएका लत्ताकपडा, जुत्ता, मेसिनरी, विद्युतीय सामग्री, कच्चा पदार्थ, फलफूल तथा खाद्यान्न लगायत सामग्रीका कन्टेनर नाकामा आएर अड्किँदा व्यवसायीहरुले ठूलो आर्थिक क्षति गुमाएका छन् भने अर्कातर्फ दशैं नजिकिदै गर्दा पनि बजारमा पुराना सामान नै देखिएका छन् भने बजारमा यी वस्तुको अभाव पनि हुन थालेको छ ।

सडक मार्गको नाका महिनौं देखि बन्द रहेकाले कतिपय व्यवसायीहरुले दशैं नजिकिँदै गर्दा दशैंका लागि चाहिने सामानहरु जहाज चार्टर गरेर ल्याएका छन् । यसरी जहाज चार्टर गरेर सामान आयात गरेपछि बजारमा सामानको मूल्य पनि महँगो पर्ने देखिएको छ । तर नाकाबाट नै सामान आउने भएपछि त्यति धेरै मूल्यबृद्धी नहुने भएको छ ।

बन्द रहेको नाका खुलेपछि व्यवसायीहरु खुशी भएको तर पहिलो प्राथमिकतामा भन्सारले मेडिकल तथा विद्युतिय सामाग्रीलाई मात्रै राखेपछि दशैंका लागि चाहिने सामाग्री आउन ढिला हुने हो कि भन्ने चिन्ता रहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए ।

उनका अनुसार महासंघले लत्ताकपडा, जुत्ता, विद्युतीय सामग्री, कच्चा पदार्थ, फलफूल तथा खाद्यान्नलाई पनि प्राथमिकता दिन सबैतिर पहल भइरहेको छ । उनले भने, ‘कोरोनाले थला परेका व्यवसायीलाई दशैंमा पुराना समान नै बिक्रि गर्नु पर्ने हुन्छ कि ? यो दशैंमा सामान ल्याउन पाइन्न कि भन्ने तथा सामानको अभाव पनि हुन्छ कि भन्ने अनुमान गरेका थिए, अब त्यो समस्या हट्ने दिएको छ ।’ अब सम्बन्धित निकायसँग समन्वय गरेर नाकामा अड्किएका सबै सामान नेपाल ल्याउने वातावरण बनाउने उनको भनाइ छ ।

पहिलो प्राथमिकतामा मेडिकल सामग्रीहरु

नाकामा रोकिएका १२ सय कन्टेनर मध्ये सबैभन्दा पहिला मेडिकल सामग्रीहरुलाई पहिलो प्राथमिकताका साथ भन्सार गरेर नेपाल पठाउन थालिएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए । उनका अनुसार अहिले मेडिकल सामग्रीहरु माक्स, सेनिटाइजर, औषधी तथा मेसिन र विद्युतका सामग्रीहरु आउन थालेको तर लत्ताकपडा, जुत्ता जस्ता सामग्रंीहरुको भने भन्सार भएको छैन ।

यसरी पहिला अन्य सामग्रीलाई प्रवेश दिएकाले दशैंका लागि नयाँ कपडा बेच्न पाउने भएर खुसी भएका व्यवसायीहरुका लागि ढिला हुने देखिएको छ । कोरोना प्रभावले नेपाली बजार विगत ६ महिनादेखि बन्द रहेकाले पुरानै सामान बेच्न बाध्य रहेका छन् । कतिपय सामान बजार खुल्ला भएसँगै अभाव हुन थालेको छ ।

बजारमा सामानको अभाव हुँदा व्यवसायीका गुनासै गुनासो

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लामो समय लकडाउन र निषेधाज्ञा गर्दा ठप्प रहेका व्यापार, व्यवसाय पछिल्लो एक महिनादेखि सञ्चालनमा रहेका छन् । तर बजार खुल्ला भए पनि पर्याप्त सामग्रीहरु नहुँदा व्यापार शुन्य रहेको व्यवसायीहरुले गुनासो गर्न थालेका छन् । ८ महिनादेखि चीनतर्फको केरुङ नाका बन्द भएको तथा अर्डरका सामान पनि नाकामा आएर रोकिएकाले मालवस्तु ल्याउन नपाउँदा सामग्रीको अभाव भएको व्यवसायीहरुले बताएका छन् ।

चाडपर्व नजिकिंदै छ, व्यापारको मूख्य सिजन पनि चाडपर्व नै हो । दशैं तिहार जस्ता ठूला चाडपर्वका समयमा किनमेल गर्ने प्रचलन नेपाली समाजमा रहँदै आएको छ । त्यसैले यो समयमा लत्ताकपडा, खाद्यवस्तु, घरायसी सामग्री लगायतका वस्तुहरुको आयात पनि धेरै हुन्छ । तर यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण चीनतर्फका केरुङ नाकाबाट कुनै पनि सामग्री भित्रिन सकेको छैन । यसरी सामान नाकामै रोकिंदा भएको पुरानै स्टक सामग्री मात्रै बिक्री गर्नु परेको पनि व्यवसायीहरुको गुनासो रहेको छ । बजारमा पर्याप्त सामग्री नहुँदा बजार मूल्य पनि महँगो हुने भएकाले व्यापार कम हुने चिन्तामा व्यवसायीहरु रहेका छन् ।

काठमाडौंको न्यूरोड, असन, भोटेबहाल लगायतका क्षेत्रमा अहिले लत्ताकपडा बिक्रीका लागि मूख्य सिजन भएपनि आवश्यक सामग्री नहुँदा व्यापार कम भएको व्यवसायी जीवन चौलागाईले बताए । चीनतर्फको नाका बन्द हुँदा आयात रोकिएकाले यस वर्ष चिसो मौसमका कपडाहरुको समेत अभाव हुन सक्ने उनको भनाइ छ ।

दैनिक ५ कन्टेनरले धान्छ त यो वर्षको दशैं बजार ?

कोरोनाको प्रभावले चीनतर्फका सबै नाका विगत ८ महिनादेखि बन्द भएका थिए । बुधबारबाट दैनिक ५ वटा मात्रै कन्टेनर प्रवेश पाउने गरि खुल्ला भएको छ । तर अहिले ६ महिनादेखि बन्द भएको बजारमा भएका पुरानो स्टक सामान पनि सकिएर अभाव हुन थालेको छ । नाका खुलेपछि सामान आउने र बजारमा अभाव भएका सामान सहज हुने भने पनि ५ वटा मात्रै कन्टेनर भित्रिने भएकाले बजार धान्नै समस्या हुने देखिएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार