#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व414943891136462944108430916843
नेपाल1448727914447699605
फाइल फोटो
सप्तरी ।सप्तरीमा चार वर्षपछि बलात्कार प्रयासका तीन अभियुक्त पक्राउ परेका छन् । एक्काइस वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरीको डाकनेश्वरी नगरपालिका–३ भुतहीका ३२ वर्षीय पवन पण्डित कुम्हार, ५८ वर्षीय खुशीलाल यादव र डाक्नेश्वरी नगरपालिका–५ पातोका ७३ वर्षीय बिन्देश्वर शर्मालाई सप्तरी प्रहरीले आज सप्तरी जिल्ला अदालतमा बुझाएको छ ।सप्तरी जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले ०७३ भदौ २७ गते आरोपितहरुलाई जनही १० दिनको कैद र रु ५०० जरिवानाको फैसला गरेका थिए । फैसलापछि अभियुक्तहरु फरार थिए ।आरोपितहरुले ०७३ साल वैशाख १८ गते घेरा हाली बलात्कार प्रयास गरेको भन्दै पीडितले प्रहरी चौकी पातोमा उजुरी दिएकी थिइन् । प्रहरीले कारबाही अगाडि नबढाएपछि पीडितले जिल्ला अदालतमा वैशाख २८ गते आशय करणीको मुद्दा दर्ता गराएका थिए।रासस

बलात्कार प्रयासका फरार तीन अभियुक्त ४ वर्षपछि पक्राउ

फाइल फोटो

सप्तरी ।

सप्तरीमा चार वर्षपछि बलात्कार प्रयासका तीन अभियुक्त पक्राउ परेका छन् । एक्काइस वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरीको डाकनेश्वरी नगरपालिका–३ भुतहीका ३२ वर्षीय पवन पण्डित कुम्हार, ५८ वर्षीय खुशीलाल यादव र डाक्नेश्वरी नगरपालिका–५ पातोका ७३ वर्षीय बिन्देश्वर शर्मालाई सप्तरी प्रहरीले आज सप्तरी जिल्ला अदालतमा बुझाएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले ०७३ भदौ २७ गते आरोपितहरुलाई जनही १० दिनको कैद र रु ५०० जरिवानाको फैसला गरेका थिए । फैसलापछि अभियुक्तहरु फरार थिए ।

आरोपितहरुले ०७३ साल वैशाख १८ गते घेरा हाली बलात्कार प्रयास गरेको भन्दै पीडितले प्रहरी चौकी पातोमा उजुरी दिएकी थिइन् । प्रहरीले कारबाही अगाडि नबढाएपछि पीडितले जिल्ला अदालतमा वैशाख २८ गते आशय करणीको मुद्दा दर्ता गराएका थिए।रासस

सम्बन्धित समाचारहरु