फेरी बढ्यो डलर, नेपाली रुपैयाँ हालसम्मकै कमजोर

फेरी बढ्यो डलर, नेपाली रुपैयाँ हालसम्मकै कमजोर


काठमाडौं ।
अमेरिकी डलरको भाउ फेरी बढेको छ । बिहिबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहिबार अमेरिकी डलरको भाउ २७ पैसाले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

आज अमेरिकी डलरको खरिद मूल्य १२२ रुपैयाँ १ पैसा कायम भएको छ भने बिक्री मूल्य १२२ रुपैयाँ ६१ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ । बुधबार १ डलर बराबर खरिद मुल्य १२१ रुपैयाँ ७४ पैसा र बिक्री मूल्य १२२ रुपैयाँ ३४ पैसा रहेको थियो ।

कोरोना भाइरस संक्रमणका कारण विश्व अर्थतन्त्र कमजोर बन्दै गइरहेका बेला अमेरिकी डलर बलियो बन्दै गएको हो । नेपाल आयातमा भर पर्ने मुलुक हो । नेपालले दैनिक उपभोग्यदेखि औद्योगिक तथा मेशिनरी सामान विदेशबाटै आयात गर्दै आएको छ । डलरको भाउमा उतारचढाब हुने बित्तिकै त्यसको असर प्रत्यक्ष रुपमा नेपाली बजारमा पर्छ । डलरको मूल्य बढ्ने बित्तिकै काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आयमा वृद्धि हुन्छ ।

हाम्रो मुलुकको अर्थतन्त्र रेमिट्यान्समा टिकेको छ । त्यसैले हरेक पटक डलर बढ्दा नेपाल भित्रिने रेमिट्यान्समा वृद्धि हुन्छ । नेपाली निर्यातकर्तालाई फाइदा हुन्छ । उनीहरुले सामान निर्यात गरेर बढी डलर कमाउन सक्छन् । तर त्यसबाहेकका अघिकांश कुरामा नेपाललाई घाटा नै हुन्छ । नेपाल आयातमूखी भएकोले भुक्तानी गर्नुपर्दा डलरमै गर्नुपर्ने हुन्छ । डलर बढ्दा नेपालले बढी भुक्तानी गर्नुपर्ने हुन्छ । जसले व्यापार घाटालाई अझै बढाउँछ ।

डलरको मूल्य बढ्दा नेपाललाई जति फाइदा छ त्यो भन्दा बढी घाटा वेहोर्नुपर्ने हुन्छ । त्यस्तै, दैनिक उपभोग्यका सामानहरु र भारत तथा तेस्रो मुलुकबाट आयात गरिने मोबाइल, मोटर, लत्ता कपडा तथा इलेक्ट्रोनिक्सका सामानहरु महँगो पर्न जान्छन् ।

Logo