#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
सांकेतिक तस्बिर
जिल्ला प्रहरी कार्यालय सप्तरीले ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सप्तकोशी नगरपालिका–१ का २२ वर्षीय शंकर साहलाई पक्राउ गरेको छ ।पीडित बालिकाकी माइजुले दिएको उजुरीका आधारमा दासलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बालिकालाई बलात्कार गरेको मौखिक उजुरी पछि प्रहरी चौकी फत्तेपुरले आरोपितलाई पक्राउ गरी कारवाहीका लागि इलाका प्रहरी कार्यालय कञ्चनरुपको जिम्मा लगाएको हो ।यता रौतहटमा पनि बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटहरिया नगरपालिका १ भसेढ्वा प्रसौनी टोलका ३५ वर्षीय इन्दल दास रहेका इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।सोमबार राति सोही टोलकी १५ वर्षीया बालिका बलात्कार भएकाे भन्दै पीडित बालिकाको बाबुले दिएको जाहेरीका आधारमा दासलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

बालिका बलात्कार गर्ने २ जना पक्राउ

सांकेतिक तस्बिर

जिल्ला प्रहरी कार्यालय सप्तरीले ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सप्तकोशी नगरपालिका–१ का २२ वर्षीय शंकर साहलाई पक्राउ गरेको छ ।

पीडित बालिकाकी माइजुले दिएको उजुरीका आधारमा दासलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बालिकालाई बलात्कार गरेको मौखिक उजुरी पछि प्रहरी चौकी फत्तेपुरले आरोपितलाई पक्राउ गरी कारवाहीका लागि इलाका प्रहरी कार्यालय कञ्चनरुपको जिम्मा लगाएको हो ।

यता रौतहटमा पनि बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटहरिया नगरपालिका १ भसेढ्वा प्रसौनी टोलका ३५ वर्षीय इन्दल दास रहेका इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

सोमबार राति सोही टोलकी १५ वर्षीया बालिका बलात्कार भएकाे भन्दै पीडित बालिकाको बाबुले दिएको जाहेरीका आधारमा दासलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार