कोरोना प्रभाव : ‘जुम’ का प्रयोगकर्ता बढ्दा तीन महिनामा ४ खर्ब आम्दानी

कोरोना प्रभाव : ‘जुम’ का प्रयोगकर्ता बढ्दा तीन महिनामा ४ खर्ब आम्दानी


काठमाडौं ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रभावसँगै विश्वमा जुमका प्रयोग कर्ता बढेका छन् ।

यसको असरले अहिले विश्व नै लकडाउनमा रहेको छ। यसरी लकडाउन हुँदा विश्वका ठूला व्यापारी तथा विभिन्न क्षेत्रका मानिसहरुले आफ्ना निकट तथा व्यवसायको विषयमा घरमा नै बसेर छलफल गर्न मिल्ने भएकाले अहिले जुमको प्रयोगकर्ता बढेका छन् ।

भनिन्छ, कुनै पनि समस्याको समाधान हुन्छ । जहाँ समस्या आउँछ त्यहाँ समाधान पनि मिल्छ भन्ने कुरालाई यसले पनि केही सहजिकरण गर्न सहयोग गरेको छ। तर, यसको लागि समाधान के होला भनेर खोज्न र जान्न भने सक्नुपर्छ ।

अहिले विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण लकडाउन छ । कार्यालयहरु बन्द छन् भने बाहिर हिँड्न पनि पाइएको छैन । मानिसहरु महिनौंदेखि घरभित्र बस्न बाध्य भएका छन् । यही अवसरलाई सदुपयोग गरेको छ ‘जुम’ ले ।

यो एक सफ्टवेयर एप्लिकेशन हो । जसको मुख्य उद्देश्य भिडियो कल हो । कार्यालयका मिटिङ, कन्फरेन्सका लागि, कुराकानी गर्नका लागि पछिल्लो समय सबैभन्दा उपयोगी माध्यम बनेको छ । यसअघि सामान्य रुपमा प्रचलनमा आए पनि कोरोना भाइरसको संक्रमणले सबै मानिसहरुलाई घरमै बसाइदिएपछि कार्यालयका मिटिङका लागि यो निकै उपयोगी एप बन्न पुगेको छ।

फोन कन्फरेन्स, च्याट गर्नका लागि सजिलो छ । यो एप चलाउन एक त सजिलो छ भने अर्को तिर मोबाइल, ल्यापटप, डेस्कटप जहाँ पनि चलाउन सकिन्छ । एकैपटक १ हजार जनासम्म पनि एकैसाथ बैठक गर्न सकिन्छ ।

सन् २०११ मा शुरुवात भएको यो एप अहिले विश्वव्यापी रुपमा चर्चा पाइरहेको छ । लकडाउनका कारण विश्वविद्यालयको अध्यापन ठप्प भएको छ, कार्यालयहरु चलेका छैनन् । यस्तोमा सोसल डिस्टेन्सिङ कायम राख्नका लागि यो एपको प्रयोग अनिवार्य जस्तै बनेको छ ।

लकडाउनका कारण विश्वव्यापी रुपमा लकडाउन हुँदा विश्वका धनीहरुको सम्पत्ति खर्बौं रुपैयाँले कमी आएको छ । एसियाका सबैभन्दा धनी मानिने मुकेश अम्बानीको सम्पत्तिमा २० बिलियन अमेरिकी डलरले कमी आउँदा एउटा मोबाइल एप ‘जुम’को सम्पत्ति भने पछिल्लो ३ महिनामा ४ बिलियन अमेरिकी डलर थपिएको छ ।

प्रयोगकर्ताको कुरा गर्दा गत १ वर्षमा जुमका प्रयोगकर्ता १.९९ मिलियन थिए भने कोरोना भाइरस शुरु भइसकेपछि गत ३ महिनामा मात्रै २.२२ मिलियन प्रयोगकर्ता बढेका छन् । गत वर्षसम्म एक दिनमा जुमले १० लाख मानिसलाई कनेक्ट गर्न सक्थ्यो भने अहिले २ सय मिलियनलाई एक दिनमा कनेक्ट गर्न सक्ने भएको छ । यसको अहिलेको बजार पूँजी ३५ बिलियन अमेरिकी डलर छ ।

समस्याको समाधानका लागि यस्ता स्थापना भएर पनि पछाडि परेका माध्यमले समस्यामा काम दिने गरेको तथा विपतपछि मात्र नयाँ नयाँ कुराको खोजी हुने गरेको छ । यो अहिलेको परिस्थितिले निम्त्याएको हो ।

यो भन्दा पहिला सन् २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा नोटबन्दीको घोषणा गर्दा पैसाको अभावमा ठूलो समस्या सिर्जना भएको थियो । एटीएमका लाइनमा पैसा निकाल्नेको लामो लाइन हुन थाल्यो । पैसाको अभावमा कयौं काम रोकिए ।

सम्पूर्ण देश पैसाको अभावमा जुधिरहेका बेलामा हातहातमा पैसा पुर्याउने एउटा प्रविधि लोकप्रिय बनेको थियो । क्यासलेस सोसाइटीको बाटोमा हिँडेको ‘पेटीएम’ले त्यो अवसरलाई सदुपयोग गरी अर्बौं रुपैयाँ कमाउन सफल भएको थियो । तर त्यो भारतमा मात्रै सीमित थियो ।

जुम एप्प पनि दुई दम्पतीबीच कुराकानी गर्नको लागि स्थापना गरिएको थियो । तर अहिले विश्वका करोडौं मानिसले प्रयोगमा ल्याएका छन् ।

Skip This
Logo