#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
फाइल फोटो
काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष बीच हुने भनिएको बैठक तत्कालका लागि स्थगित भएको छ । बुधबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हुने भनिएको भेटवार्ता तत्कालका लागि स्थगित भएको हो ।बालुवाटार निकट स्रोतका अनुसार आज नेकपाका उपाध्यक्ष वामदेव गौतमको सर्वोच्च अदालतमा बहस हुने भएकाले बैठक स्थगित भएको हो । उपाध्यक्ष गौतम विरूद्ध परेको मुद्दामाथि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित ५ न्यायाधीशको संवैधानिक इजलासमा बहस हुँदैछ । गत असोज ७ गते सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजालसले गौतमको मुद्दालाई संवैधानिक इजालसमा पठाएको थियो ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतम विरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । दुई अध्यक्ष बीच तय भएको बैठक एकाएक स्थगित भएसँगै मन्त्रिमण्डल पुनर्गठनको काम अन्योलमा परेको छ ।

नेकपाका दुई अध्यक्ष बीच हुने भनिएको बैठक स्थगित

फाइल फोटो

काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष बीच हुने भनिएको बैठक तत्कालका लागि स्थगित भएको छ । बुधबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हुने भनिएको भेटवार्ता तत्कालका लागि स्थगित भएको हो ।

बालुवाटार निकट स्रोतका अनुसार आज नेकपाका उपाध्यक्ष वामदेव गौतमको सर्वोच्च अदालतमा बहस हुने भएकाले बैठक स्थगित भएको हो । उपाध्यक्ष गौतम विरूद्ध परेको मुद्दामाथि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित ५ न्यायाधीशको संवैधानिक इजलासमा बहस हुँदैछ । गत असोज ७ गते सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजालसले गौतमको मुद्दालाई संवैधानिक इजालसमा पठाएको थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतम विरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । दुई अध्यक्ष बीच तय भएको बैठक एकाएक स्थगित भएसँगै मन्त्रिमण्डल पुनर्गठनको काम अन्योलमा परेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार